एकचोटि आएकाहरू फेरि मेरै सैलुनमा

अफ द विट विशलसंग

अमिर गौतम, नायक

             चलचित्र चपली हाइटको चर्चा र सफलतासगै नायक अमिर गौतमको चलचित्रयात्रा पनि निकै फराकिलोहुँदै गएको छ । यसअघि ‘मिसन पैसा’मा अभिनय गरेर चर्चा बटुलेका उनले चलचित्रमा खासै पछाडि फर्केर हेर्नुपनि परेको छैन ।

             अभिनयमा नलागेको भए यी नायक के बन्थे होलान् रु उनले उत्तर दिए– ‘पक्कै पनि व्यापारी बन्थे ।’ कथंकदाचित् व्यापारी नभएर ‘हजाम’ पेसा अपनाउनुपरेको भए उनका अनुभूति कस्ता हुदा हुन् त रु उनले सुनाए– ‘अरूको कपाल काट्ने ‘हजाम’ पेसा पनि राम्रै हो नि, अहिले नेपालमा यो पेसा निकै फस्टाएको छ ।’
हजामहरू मान्छे हेरेर रेट तोक्दै ग्राहक ठग्छन् भन्ने सुनिन्छ, तपाईंचाहि के गर्नुहुन्थ्यो रु ‘कहा ठग्ने कुरा गर्नुभएको रु म त ग्राहकलाई यति राम्रो सर्भिस दिन्थे कि एकचोटि आएकाहरू फेरि पनि मेरै सैलुनमा आउँथे ।’ अनि हजामलाई ठग्ने मामिलामा ग्राहक पनि कम्ती त कहा हुन्छन् र ।  अमिर के गर्दा हुन् रु ‘ठग मान्छे पनि दुई किसिमको हुन्छ । एकथरी पैसा नभएरै ठग हुन्छ भने अर्काचाहिँ वास्तविक ठग । वास्तविक ठग सहरका मुन्द्रे केटाहरू हुन्छन् । तिनीहरूलाई सम्झाउन त अलि गाह्रो हुन्छ । तैपनि परेपछि सम्झाइहालिन्थ्यो नै ।’ मानौ, अमिरले कपाल काटिदिँदै गर्दा कैँचीले ग्राहकको कान काटिदिएछन्, ग्राहक रिसाएर मुर्मुरिन थाल्छ । त्यति बेला के गर्ने नि रु अमिरले समाधान पनि निकालिहाले– ‘त्यो भनेको एउटा दुर्घटना हो । यस्तो अवस्थामा माफीको शब्द काफी छ ।’ माफी नदिई झन् हातपातमै उत्रिए भने नि रु ‘त्यस्तो हुदैन, उहाले कराउँदा म पनि सगसगै झोक्किए भने मात्र त्यसो हुन सक्छ । मैले त माफी मागिसकेको हुन्छु, त्योभन्दा ठूलो सजाय कुन होला र रु
हजाम पेसाका काल्पनिक क्रियाकलापमा डुबेका अमिरले त्यसबाट बाहिर निस्किनासाथ सरकारलाई सुझाब दिन पनि भ्याए– ‘सरकारले पनि यो पेसालाई निगरानी राख्नुपर्‍यो, जताततै खुला रूपमा कपाल काट्न दिनु भएन । अहिले धेरै सैलुन छन्, तिनैलाई व्यवस्थित गरेर यसलाई थप परिमार्जन गर्न सक्यो भने देशमा बेरोजगार पनि कम हुन्थे ।’