एमालेले बहशको अन्तर्व

दयालबहादुर शाही
केही समय यता जवजमाथि चलाइएको बहशमा आएका पाय: सबै मुद्दाहरु एमालेको पााचौ माहाधिवेशनले खारेज गरेका विषयहरु परेका छन् । २०४९मा ती मुद्दाहरुलाई सीपी मैनालीले तत्कालिन अल्पमत पक्षको दस्तावेज परिमार्जित नौलो जनवादमा समेटेका थिए । इमानदारिता नै उत्तम नीति हो । घनश्याम भुसालहरुले जबजभन्दा त परिमार्जित नौलो जनवाद पो समयक्रममा सही पुष्टि भयो, तसर्थ जबज खारेज गरौं र परिमार्जित नौलो जनवाद अवलम्बन गरौं भन्ने इमान र हिम्मत देखाउन सक्न् पर्दथ्यो । यसो गर्दा अल्पमतमा परिने र अवसरबाट बन्चित हुने जोखिम बढ्ने हुनाले अर्कै बाटो रोजिएको छ । जबजको प्रगतिशील व्याख्याको सुन्दर आवरणमा जवजको जडसूत्रवादी एवं विसर्जनवादी संशोधन गर्न खोजिएकाले समस्या खडा भएको छ । नयाा वोतलमा पुरानो रक्सी बेच्ने यो काइदा कार्यकर्ताको अदालत र जनताको चेतनास्तर माथिको अविश्वास, अनादर र वेइमानी हो । जबज बुझाइमा रहेका पछिल्ला भ्रम, गलत व्याख्याका प्रयास र हमलाहरुको परिमार्जित नौलो जनवादसाग निम्न प्रकारको समानता भटिएको छ :
(१) परिवर्तनलाई बढाइचढाइ गर्नमा समानता
परिवमार्जित नौलो जनवादको चिरफार गर्ने क्रममा मदन भण्डारी परिवर्तनलाई बढाइचढाइ गर्ने भ्रान्तमाथि प्रकाश पार्दै लेख्छन् “देशमा अहिले एकखाले पुाजीवादी प्रजातन्त्र स्थापना भैसकेको सावित गर्न अल्पमतले अरु केही ठोस प्रमाणहरु पनि पेश गरेको छ ।” (मदन भण्डारी संकलित रचनाहरु पेज २०६) २१ वर्षपछि परिमार्जित नौलो जनवादको चिहान उघिनेर घनश्याम भुसाल लेख्छन् “क्रान्तिलाई संस्थागत गर्न सकियो कि सकिेएन भन्ने अलग कुरा हो भने क्रान्ति सम्पन्न भयो कि भएन भन्ने कुरा अलग हो । यस परिभाषा र सन्दर्भमा नेपाली क्रान्तिलाई हेर्दा २००७ सालमा जहाानियाा राणा शासनविरुद्ध क्रान्ति भयो र प्रजातन्त्र आयो । २०१७ सालमा प्रतिक्रान्ति भयो र २०४६ मा फेरि क्रान्ति भयो, २०५९/६१ मा प्रतिक्रान्ति भयो र फेरि २०६२/६३ मा क्रान्ति भयो । त्यसको अर्थ हो नेपाली जनवादी राजनीतिक क्रान्ति आधारभूत रुपले पूरा भएको छ ।” (२६ साउन २०७० कान्तिपुर)
    सायद मदन भण्डारीलाई सीपी मैनाली र झलनाथ खनालहरु थाके पनि घनश्याम भुसालहरु जबजमाथि धावा बोल्ने छन् र योगेश भट्टराईहरु अवसरको पछाडि दौडेर आफु उभिएको धरातल छोड्ने छन् भन्ने थाह थियो । भण्डारी लेख्छन्– “हामीलाई यो थाहा छ कि क्रान्ति भनेको एउटा वर्गको हातबाट राज्य रक्षा अर्को वर्गको हातमा जानु हो । अल्पमतको नजरमा सामन्त वर्गको हातबाट राज्यसत्ता दलाल नोकरशाही पूाजीपति वर्गको हातमा सरेको छ । त्यसैकारण उस्ले यसलाई क्रान्ति ठानेको छ र यसै अर्थमा अहिले देशमा एक खाले पूाजीवादी प्रजातन्त्रको स्थापना भएको निष्कर्ष निकालेको छ । हामीले विगत लामो समयदेखि नेपाली समाजको उत्पादन पद्धति अर्धसामन्ती र अर्ध उपनिवेशी भएको, राज्यसत्ता सामन्त वर्ग र दलाल नोकरशाही पूाजीपति वर्गको संयुक्त भएको विश्लेषण गर्दै आएका छौ । अहिले पनि त्यो ुस्थितिमा परिवर्तन आएको छैन । उत्पादनका साधनहरु माथिको स्वामित्व प्रणाली र उत्पादनको वितरण प्रणालीमा कुनै अन्तर आएको छैन । केवल राजनीतिक अधिकारहरुको पक्षलाई हेरेर र तिनिहरुलाई पूाजीवादी नाम दिएर अहिले पूाजीवादी प्रजातन्त्र स्थापित भै सक्यो र बस्तुलाई हेर्ने र विश्लेषण गर्ने अल्पमतको पद्धति माक्र्सवादी होइन, अधिभूतवादी, यान्त्रिकतावादी रहेको छ । हामीले यस्तो दृष्टीकोणलाई त्याग्नु र सच्याउनु सक्नु पर्दछ ।” (मदन भण्डारीका संकलित रचनाहरु २०६।२०८)
खााटी बहुदलीय जनवादीहरु पद पाप्त गर्न कागको चेष्टा र वकुल्लाको ध्यानको फ्युजन गरी विभाजित हुनुको लाभ परिमार्जित नौलो जनवादीवालाले उठाउदै छन् । त्यसैले धमिलो वातावरणको फाइदा उठाउदै भुसाल लेख्छन्–“हाम्रो आन्दोलनमा रहेको वौद्धिक हरिविजोग कस्तो छ भने अहिले पनि हामी नेपाली समाजमा सामन्तवादलाई प्रभावकारी नै देख्छौ । अर्थात् हाम्रो कम्युनिष्ट आन्दोलनको अर्थराजनीतिक तथा समाजशास्त्रीय चेतनाकोस्तर २००६ साल भन्दा अगाडि बढेको छैन ।”
(२)वैधानिक विपक्ष नराख्नेमा समानता
जवजमा वहुमतको सरकार र अल्पमतको प्रतिपक्ष राख्नु हुदैन भन्ने मत अध्यक्ष खनालको छ । यो जवजलाई एक दलिय तानाशाही वनाउन प्रयत्न हो । अध्यक्ष खनाल एमालेको मुखपत्र नवयुगको गत असारको अंकमा लेख्छन् “कमरेड मदन भण्डारीसाग २०५० साल वैशाखको पहिलो हप्तातिर मेरो अन्तिम भेट भएको थियो । त्यस वेला जवजको वारेमा नै हाम्रो बीचमा लामो छलफल भएको थियो । मैले उहाालाई वहुमतको सरकार र अल्पमतको प्रतिपक्ष भन्ने आधारभुत विशेषता वेलायती मोडेलको हो भने । अमेरिकामा यस्तो विशेषता विद्यमान छैन । सवै चिजलाई अध्ययन गरिकन जवजलाई अझै परिस्कृत गर्नुपर्छ । वहुदलियता यसको महत्वपूर्ण कुरा हो तर वहुमतको सरकार र अल्पमतको प्रतिपक्ष भन्ने चाहि आधारभुत विशेषता होइन, यो संसदीय व्यवस्थाको मात्रै विशेषता हो । संसदीय व्यवस्थाको परिस्कृत रुप जवज हुनु हुदैन । ति कुरालाई वहााले गम्भिरतापुर्वक सुन्नु भएको थियो ।”
अध्यक्ष खनालले वेलामौकामा ‘यो झलनाथ खनाल जवजमाथि वहश गर्न तयार छ’ भन्ने गरेकाले भण्डारीसागको उक्त कुराकानीलाई फेहरिस्त मात्र मान्न सकिने अवस्था छैन । जवजको प्रगतिशील व्याख्याको पक्षधर भएको दावी गर्ने भुषाल जवज माथिको यस प्रकारको हमलालाई आाखा चिम्लिएर मौन सम्मति लक्षणम्को मुद्रामा छन् । जवकि मदन भण्डारीमा आफ्ना मान्यतावारे कुनै द्घिविधा थिएन । भण्डारी तत्कालिन अल्पमत पक्षलाई मुहतोड जवाफ दिदै लेख्छन् “राजनीतिक प्रणालीमा जे जति परिमार्जन गरे हुन्छ तर पक्ष र विपक्ष हुने प्रणाली चाहीा हुनुहुदैन भन्ने दृढ अडान अल्पमतका नेताहरुबाट बारम्बार दोहरिएको छ । त्यसकारण अहिले कथित परिमार्जन नौलो जनवाद कि जनताको वहुदलीय जनवाद भन्ने विचार वीचको एउटा महत्वपूर्ण मतभेद यसैमा निहीत छ ।”
(३)    क्रान्तिको सिद्धान्त र कार्यक्रमबारे भ्रममा समानता
    भण्डारी लेख्छन् – “अल्पमतको नेता सीपी मैनाली आफ्नो एउटा अन्र्तवार्तामा भन्नु हुन्छ ”नौलो जनवाद भनेको पूाजीवाद र समाजवाद बीचको एक संक्रमणकालीन व्यवस्था हो । माओत्सेतुङ्गले व्याख्या गरेको र हाम्रो पार्टीले आजसम्म मान्दै आएको नौलो जनवाद त्यस्तो थिएन । त्यो त अर्ध सामन्ती, अर्ध औपनिवेशी समाज र समाजवाद वीचको संक्रमणकालिन व्यवस्था थियो । यसरी अल्पमतले सिद्धान्तमा परिमार्जन शुरु गरेको छ । एक खालको पूाजीवादी जनवादी क्रान्ति भैसकेको मान्यता बनाएपछि उसको निम्ति यो बाध्यता पनि थियो कि या त क्रान्तिको कुरा नै छोडिदिने या समाजवादी क्रान्ति कुरा गर्ने अथवा बीचको क्रान्तिको अर्को कुनै नयाा सिद्धान्त अविष्कार गर्ने ।”
यता भुसाल लेन्छन– “नयाा जनवादी सिद्धान्त र जनताको बहुदलीय जनवादी कार्यक्रम लामो समय सागसागै जानै सक्दैनथे । किनकी नयाा जनवादी सिद्धान्त भनेको सर्वहारा वर्गको नेतृत्वमा गरिने सशस्त्र कृषि क्रान्तिको सिद्धान्त हो । हामीले कार्यक्रममा बहुदलीयता थपेको हुादा नयाा जनवादी सिद्धान्त र जनताको बहुदलीय जनवादी कार्यक्रम अन्तर्विरोधपूर्ण हुनु स्वभाविक थियो ।” जवकी भण्डारीले केवल बहुदलीय जनवादी कार्यक्रम मात्र पााचौ महादिवेशनमा प्रस्तुत नगरी यसका साथसाथै जडसूत्रवाद र विसर्जनवादको विरोध गरौा, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरांै भन्ने शीर्षकको राजनीतिक प्रतिवेदनमा बहुदलीय प्रतिष्पर्धा भएको जनवाद, जनवादी सिद्धान्त र कार्यक्रमबारे पर्याप्त व्याख्या गरेका छन्् । भण्डारी लेख्छन– “वहुदलीय प्रतिष्पर्धा भएको जनताको जनवादी व्यवस्थालाई अरु जे भने पनि हुन्छ तर बहुदलीय जनवाद भन्न चाहि मिल्दैन, अथवा त्यसलाई एउटा राजनीतिक पद्धतिको रुपमा उल्लेखित गरेपनि एउटा आर्थिक सामाजिक अन्तरवस्तु सहितको व्यवस्थाको रुपमा उल्लेख गर्नु हुदैन भन्ने भनाई केवल भ्रान्तिमा आधारित छ । जनताको जनवाद, नयाा जनवाद वा लोक जनवाद जस्ता कुनै पनि नाम दिदा ठीकै हुन्छ तर वहुदलीय जनवाद, भन्नु चाहिा ठीक हुदैन भन्ने सोचाई केही अस्पस्टता र भ्रमबाट जन्मिएको छ ।” अहिले पनि जवज प्रतिको उनीहरुको हेराईमा अन्तर आएको छैन । भुसाल गोलमोटोल भाषामा लेख्छन्–“हामीले जनताको बहुदलीय जनवाद सिद्धान्त नै होइन भनेका छैनौ बरु अहिले नेपाली समाजको चरित्र, वर्ग, अन्तरविरोध हाम्रो आफ्नै र विभिन्न मुलुकका क्रान्तिकारी संघर्षलाई माक्र्सवादी सिद्धान्तहरुको नजरमा केलाउदा लोकतान्त्रिक विधिद्वारा समाजको प्रगतिशील(श्रमजीवि वर्गीय) रुपान्तरणको बाटो जनताको बहुदलीय जनवादी सिद्धान्त हो भन्ने हाम्रो निष्कर्ष हो ।”उनको जोडबल रहेको छ कि मदन भण्डारीले नौलो जनवादी सिद्धान्त र बहुदलीय जनवादी कार्यक्रमको व्याख्या गर्दा क्रान्तिका नयाा सृंखला तयार पारेनन्, त्यसलाई श्रमजीवि जनताको व्यववहारमा कसी लगाएनन्, जवजका कारण समाज, राजनीति र क्रान्तिका अनेकन प्रश्नलाई माक्र्सवादी आधारमा बुझन, त्यसका आधारमा क्रान्तिकारी पार्टी निर्माण गर्न र क्रान्तिलाई अगाडि बढाउन झन् ठूलो अवरोध खडा भयो ।
(४) सामन्ती भूस्वामित्वको अन्त्य नगर्नेमा समानता
भण्डारी लेख्छन् “अल्पमतको कृषि कार्यक्रममा कहिा पनि जमिनमाथि सामन्ती भूस्वामित्व र कृषि क्षेत्रमा समान्ती अर्धसामन्ती शोषणको चर्चा छैन । यो कुनै हतारमा भएको भुलचूक होइन । अल्पमतको मान्यता नै यो छ कि अहिले नेपालमा सामन्तवाद छैन, त्यसका केही अवशेष मात्र छन् । सामन्तवाद भनेको मूल रुपमा जमीनमाथि भुस्वामित्वको सवाल हो । यदि सामन्ती भुस्वामित्व र कृषिमा अर्ध सामन्ती शोषणको कुरा स्वीकार गर्ने हो भने अल्पमत क्रान्तिको सिद्धान्तमा परिवर्तन गर्न सक्दैन अर्थात् पूाजीवादी प्रजातन्त्र आएको सावित गर्न सक्दैन र त्यो सावित नभए क्रान्तिको सिद्धान्तमा परिमार्जन आउन सक्दैन ।” तर भुसाल जवजलाई परिमार्जित नौलो जनवाद बनाउने प्रयास गर्दै लेख्छन– “सर्व प्रथम त जनताको वहुदलीय जनवादले  यी तथ्यहरुलाई आगीकार गर्नुपर्दछ । त्यसको निष्कर्ष के हुन्छ भने नेपाली समाज पूाजीवादी समाज हो तर दलाल तथा अनुत्पादन पूाजीको बाहुल्य भएको हुादा हाम्रो मुख्य कार्यभार पूाजीको त्यस चरित्रलाई राष्ट्रिय अर्थात् उधमशील पूाजीमा रुपान्तरित गर्नु हो ।”
 दलाल नोकरशाही पुाजीवादमाथि मात्र खतरा देखाएर सामन्तहरुको हित रक्षा गर्ने कसरतलाई कटाक्ष गर्दै मदन भण्डारी लेख्छन् “आश्चर्य केमा छ भने अल्पमत जमिनमा सामन्ती भुस्वामित्व र किसानहरुमाथि अर्धसामन्ती शोषण रहेको कुरा स्वीकार गर्दैन । जनवादी भुमिसुधार भन्ने वित्तिकै सामन्ती भुस्वामित्व र शोषणलाई उन्मुलन गर्ने कुरा वुझिदैन । क्रान्तिका शत्रु शक्तिहरुको किटान गर्दा समेत (अल्पमत पक्षले) देशमा सामन्तवाद होइन, त्यसका अवशेषहरु मात्र वााकी रहेको देख्नु र समग्रताका हिसावले दलाल नोकरशाही पुजीवादलाई मात्र शत्रुको रुपमा उल्लेख गर्नु कुनै भुलचुक र संयोग मात्रको कुरा होइन परिमार्थित नौलो जनवादको सिद्धान्त निर्माण गर्ने सुनियोजित आविष्कार हो ।”
(५)मदनमाथिको हमलामा समानता
जवज सागको प्रतिष्पर्धाका क्रममा परिमार्जित नौलो जनवादलाई श्रेष्ठ सावित गर्न नसक्दाको कुण्ठा मदनमाथि प्रत्यक्ष वा परोक्ष प्रहारमा प्रकट हुने गरेको छ । उनीहरु मदन भण्डारीमाथि जिउदो छदा माड नदिने मरेपछि खााड दिने नीति अख्तियार गरिरहेका छन् । हिजो गद्दार, वर्नस्टिन, गोर्वाचोभ,, दक्ष प्रजापतिको संज्ञा दिएर सिधै गरिन्थ्यो त अहिले मदन भण्डारीसागै जवज पनि समाप्त भैसकेको दलील गरी परोक्षढंगले प्रहार गर्दैछन् । भुसाल लेख्छन्–“चीनको नयाा जनवादी क्रान्तिको गहिरो प्रभाव रहेको नेपालको कम्युनिष्ट आन्दोलनमा जवजलाई पार्टीमा स्थापित गर्न सजिलो थिएन जुन काम लोकप्रिय नेताका रुपमा स्थापित भइसकेका मदन भण्डारीले गरे । कम्युनिष्ट आन्दोलन खासगरी नेकपा मालेले जगाएको मुलुकको युवा पंत्तीलाई ०४६ पछि आफ्नो जुझारु भाषा बोल्ने नायक चाहिएको थियो । समयको त्यही भागले जन्माएको नेताका रुपमा मदन भण्डारीको लोकप्रियता संभव भएको थियो । अनेक प्रश्नहरु बााकी थिए तापनि जबज २०४६ को क्रान्तिले जन्माएका सैद्धान्तिक अन्योलताबाट कम्युनिष्ट आन्दोलनलाई बाहिर निकाल्ने अवसर बन्यो । ठीक त्यसै बेला रहस्यमय द्र्घटनामा कमरेड मदन भण्डारीको निधन भयो ।” मदन भण्डारी कम्युनिष्ट पार्टीका नेताहरु र कार्यकर्ता जनताको परीक्षणको विषय हुुनुपर्छ भन्थे । भुसालले गरेको भण्डारीको महिमा मण्डनको अर्थ हुन्छ जवजको प्रतिपादन र श्रेष्ठता संभव हुनुको कारण माक्र्सवादी पद्धतिमा आधारित भएर समाजको विश्लेषण गर्ने क्षमता नभई उनको लोकप्रियता थियो । अर्थात् जवज ठोस परिस्थितिको ठोस विश्लेषणमा आधारित सिद्धान्त थिएन, आन्दोलनबाट खारिएर आएका नेता र कार्यकर्ताको उत्कृष्ट रोजाइ नभई हुलमुलमा हाटहुटको भरमा पारित भएको थियो । मानौ मदन भण्डारी एक जादुगर थिए र उनका सहकर्मी, कार्यकर्तापंत्ति र जनता जनार्दन रमिले मात्र थिए । जादुगर घर हिाडे पछिका रमितेहरुझै उनीको अस्तित्व, उपस्थिति र भुमिका निरर्थक छ, मदनको निधनसागै सव कुरा सकियो र उनको विचार, योगदान र आदर्श रहेनन् भनेर निर्मम प्रचार युद्ध्र छेडिदै छ ।
(६)पार्टीको छविभञ्जनमा समानता
परिमार्जित नौलो जनवादमा जस्तै अहिलेको वहशमा प्रतिकूलता र विसंगत पक्षको भयावहपूर्ण चित्रण छ । सबल पक्ष, उपलपब्धि र उज्जल संभावनाबारे गर्व गर्नुको सााटो पार्टीको विकल्प खोजिदै छ । कम्युनिष्ट पार्टीको विकल्पमा संयुक्त मोर्चाको अवधारणा अघि सार्दै परिमार्जित नौलो जनवादमा उल्लेख गरिएको छ “प्राप्त प्रजातन्त्र तथा राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्दै समाजको आमुल जनवादी रुपान्तरण गर्नको निम्ति माक्र्सवादको सीमाभित्र आफूलाई जति सुधार गरेपनि कम्युनिष्ट पार्टी एक्लैले काम गरेर संभव नहुने स्थिति उत्पन्न भएको छ त्यसैले एक स्वतन्त्र मोर्चाको खााचो छ ।”  भुसाल पनि बिकल्पबारे लेख्छन् “त्यो सिद्धान्तलाई हामीले व्यवहारमा लागु गर्ने संगठित शक्ति चाहिन्छ, राजनीतिक पार्टी चाहिन्छ ।” अर्थात् अहिले त्यस्तो पार्टी छैन, एमालेबाट पार लाग्दैन । सायद त्यसैले उनी भन्छन् “त्यसले राजनीतिक पाटी र त्यसका नेतालाई दलाल पूाजीको गोटी जनाउाछ, पाटीमा अपारदर्शी आम्दानीमा बााच्ने खर्चिला नेताहरु शक्तिशाली वा प्रभृावशाली बन्दै जान्छन्, राजनीतिमा अपराधी र गुन्डाहरुको मूल्य बढ्छ । यस्तै छ अहिलेको नेपाल ।”
जवकी मदनको दिएको दीक्षा अर्थात् एमाले र जवज रक्षाको आाट र अठोट यस्तो छ– “हाम्रो पार्टीमा कुनै कमजोरी नै छैनन् भन्ने कुरा होइन । अहिले कतिपय कमजोरीहरु छन् र केही त गम्भीर चिन्तन गर्नु पर्ने स्थितिसम्म पुगेका छन्  । तर यो पार्टी न समस्याहरु देखेर अत्तालिन्छ न गल्ती कमजोरी देखेर निरास हु्रन्छ । हाम्रो पार्टी रुढीवादलाई कााध हालेर हिड्ने पार्टी होइन र विज्ञानका वारेमा पनि अन्धविश्वास राखेर चल्ने पार्टी होइन । शास्त्र र सूत्रहरुको निम्ति जीवनको वलिदान दिने होइन जीवनको निम्ति सूत्र र शास्त्रहरुको रचना गर्ने पार्टी हो । गल्ती हुन्छ कि भनेर कामै नथाल्ने वा गल्ती नहोस् भनेर शास्त्रमा भने जस्तो मात्र गर्ने र गल्ती भएपछि त्यसैको जिम्मा लगाएर आफु पन्छिने पार्टी होइन । काम गर्न आाट गर्नु पर्छ, रचनात्मक ढंगले काम गर्ने शैली अपनाउनु पर्छ र गल्ती भए सच्चाउने तत्परता र साहस गर्नुपर्छ ।”
निष्कर्ष
संविधानसाग बाझिएको हदसम्म कानून अमान्य भएझै मदनको चट्टानी दृढता र तर्कसाग बाझिएको हदसम्म मौसमी लहड, सदावहार कुण्ठा र गजेडी गफ खारेजीमा पर्नु पर्छ । जबजलाई आफ्नै मेरुदण्डमा उभिन दिनु पर्छ । जडसूत्रवाद र विसर्जनवादबादको बिरोध तथा माक्र्सवादको सृवनात्मक प्रयोग र विकासको यो भन्दा सुसंगत विचार समकालीन नेपालमा अर्को छैन । यसैले एमालेको समस्या विचारमा होइन व्यवहारमा छ, नीतिमा होइन नेतृत्वमा छ । समाधान पनि त्यहीबाट खोजिनु पर्छ ।