औंठी र ल्यापटप उपहार पाएँ

फ्यान संवाद
–सुनिता दुलाल, गायिका
सांगीतिक क्षेत्रमा म प्रवेस गरेको करिब ११ वर्ष भयो । यो अवधिमा मैले लाखौँ ºयान पाएको छु । सांगीतिक क्षेत्रको उपलब्धि भनेको मेरो यही हो । यस क्षेत्रबाट मैले पाएका फ्यान प्राय : सकारात्मक सोचकै बढी छन् ।

सागीतिक क्षेत्रमा अहिले म जुन स्थानमा आइपुगेको छु, यो फ्यानहरकै मायाको उपलब्धि हो । पछिल्लो समय मेरा फ्यानसँग कुरागर्ने दरिलो माध्यम सामाजिक सञ्जाल फेसबुक बनेको छ । फ्यानसँग भेट्ने र कुरा गर्नै माध्यम आफ्नै वेबसाइट र फेसबुक हो । यसबाहेक विभिन्न कार्यक्रम र कन्सर्टले पनि फ्यानसँग मिल्ने अवसर दिएको छ ।

प्राय : विदेशमै कन्सर्ट गरेकी मलाई नेपालबाट रोजगार, अध्ययनलगायत आफ्नो विभिन्न काममा बिदेसिएका स्वदेशी दाजुभाइ तथा दिदीबहिनीलाई गीत सुनाउन पाउँदा साच्चिकै रमाइलो महसुस हुन्छ । अमेरिका, कुवेत, साउदी अरब, जापान, हङकङ, सिंगापुर, भारतलगायत झन्डै दर्जनभन्दा बढी देशमा मैले कार्यक्रम गर्ने अवसर पाएकी छु । कार्यक्रमकै क्रममा जाँदा मेरो सांगीतिक क्षेत्रका लागि सकारात्मक ºयानहर पाएकी छु । विदेशका कार्यक्रमको सिलसिलामा फरक–फरक किसिमका फ्यान पनि भेटिएका छन् । साउदी अरबका एक ºयानले त मेरा ५० भन्दा बढी भिसिडी किनेर सहयोग गरे । यतिमात्र कहाँ हो र एक ºयानले कार्यक्रमकै सिलसिलामा केही गिफ्ट लगाइदिने बताए । यसो सोचेँ, हाम्रो परम्परा याद आयो । लगाउने भनेको विवाहमा मात्र पो हो । त्यसैले सो प्रस्ताव अस्विकार गरँे । तर, कार्यक्रम सकिएपछि मलाई सो गिफ्ट लिन उनले आग्रह गरे । नेपाल फर्केर हेर्दा थाहा भयो त्यो साहिँली औँलामा ठीक हुने सुनको औँठी रहेछ । सो औँठी अहिले पनि सम्हालेर राखेको छ, अहिलेसम्म लगाएकी छैन । त्यस्तै, अमेरिका जाँदा ºयानबाट ल्यापटप गिफ्ट पाएँ । सो गिफ्ट ल्यापटप भन्ने थाहा पाएको भए सायद लिँदैनथेँ होला । कार्यक्रमको बीचमा नै एक फ्यानले आफ्नो तर्फबाट गिफ्ट भनेर दिएका थिए । खोलेर हेर्ने कुरो पनि भएन । कार्यक्रमपछि हेर्दा पो सो गिफ्ट ल्यापटप रहेछ ।
फ्यानका विशेष दिन म्यासेज आउँछ । कतिले त मलाई थाहा नै नदिई मेरा नाममा केक बनाएर घरमा पनि ल्याइदिन्छन् । प्रेमप्रस्ताव र विवाहका प्रस्ताव त सामान्य हो । कतिपय फ्यानले फोनै गरेर हैरान पार्छन् । यसकारण पनि राति ८ बजेपछि मेरो फोन स्विचअफ हुन्छ । यसो गर्न म बाध्य पनि हुन्छु ।
मैले वेबसाइट आफ्नो खर्चले बनाएको होइन । फेसबुक र फ्यान पेज पनि त्यस्तै । ती सबै फ्यानले बनाइदिएका हुन् । मेरो वेबसाइट हङकङमा बस्नुहुने हुम गुरुङको डिजाइन हो । उहाँ मेरो निकै ठूलो फ्यान हुनुहँुदो रहेछ त्यसैले मेरा नामबाट वेबसाइट नै बनाइदिनु भयो । आजभन्दा करिब तीनवर्ष पहिला उहाँले म्यासेज गरेर यो कुराको जानकारी गराउनुभयो । सुरुमा मलाई विश्वासै लागेको थिएन, उहाँ राम्रो मान्छे हो भन्नेमा । तर, उहाँ त मेरा फ्यान मध्येकै महान् हुनुहँुदोरहेछ । मैले केही सर्त राखेर सो वेबसाइट चलाउन अनुमति दिएँ । चाहेको समयमा बन्द गर्न सक्ने मेरो सर्त थियो । अहिले सो वेबसाइट आपैँm चलाउँछु । केहीपरे उहाँले नै अपडेट गर्नुहुन्छ ।
उता कविन्द्र क्षेत्रीले मेरो नामका फ्यान पेज र १० हजारभन्दा बढी फ्यान बनाएर म्यासेज दिनुभएको थियो । उहाँले त मेरो फेसबुक पेजमा पुराना न्युजका कटिङ राखिदिएर फ्यान पेजको पासवर्ड मलाई दिनुभएको थियो । यो फेसबुक पेज पनि मैले हङकङका हुम गुरुङलाई नै चलाउन दिएको थिएँ पहिले । अहिलेचाहिँ आपैँm नै चलाइरहेको छु । यसकारण मलाई मेरो अहिलेसम्मका महत्त्वपूर्ण फ्यानचाहिँ हुम गुरुङ लाग्छ । किनकि, मैले यस वेबसाइटका माध्यमबाट करिब नौ वटाभन्दा बढी विदेशका कार्यक्रम गरेकी छु ।
 म ºयानहरकै कारण यस स्थानमा पुगेकोले उहाँहरलाई मध्यनजर गरेर दिनमा दुई घन्टाजति फेसबुकमा बस्ने गरेको छु । मेरा फ्यानले मलाई विशेष गरेर साडी चोलीमा नै हेर्न रुचाउने भएकाले म सोही ड्रेस नै लगाउने गरेकी छु ।
प्रस्तुति  : विशाल राई