जोखिममा नेपाली सभ्यता

प्रा.डा. दुर्गा दत्त पौडेल

ब्रेकर : नेपालको अवस्था माया र मेसोपोटामिया सभ्यताको भन्दा गम्भिर छ । तराईमा धमाधम वस्ती निर्माण हुादैछ भने पहाडको भिरालो जमिनमा खेती गरिादैछ । त्यसमाथि जलवायु परिवर्तन र जनसंख्या वृद्धिको दोहोरो मार हामीलाई थपिएकाले नेपाल आसन्न संकटको साघारमा छ ।

र्यावरण असन्तुलनको दुष्परीणामको असर विश्वभरी देखिन थालेको छ । पाकिस्तानमा हालै आएको बाढिबाट एक महिनाभित्रमा ५३ लाख मानिस विस्थापित भए । बाढिले गराएको क्षतीको लेखाजोखा भइसकेको छैन । थाइल्याण्काड करिब दुई तिहाइ भाग अहिले बाढिको चपेटामा परेको छ । यसले तीन खर्ब अमेरिकी डलर बराबरको सम्पती क्षती गराएको अनुमान गरिएको छ । गत वर्ष रुसमा खडेरीका कारण आगलागी हुादा तीन खर्ब अमेरिकी डलर बराबरको सम्पती नष्ट भएको थियो । भारतका कतिपय भूभाग अहिले पनि बाढिको असर भोगीरहेका छन् । सन् २००१ म अफगानिस्तानको हेल्मण्ड ताल खडेरीका कारण सुकेको थियो । यसबाहेक हिाउ पर्ने विश्वका कपितय चिसा ठाउामा हिाउ पर्न छोडेको छ । भुटानदेखी अफगानिस्तानसम्म फैलिएको हिन्दुकोष हिमालय क्षेत्रका उच्च हिमाल र हिमनदिहरू विश्वतापमानमा भइरहेको निरन्तर वृद्धिका कारण पग्लिादा बाढि, पहिरोले जनजीवन अस्तव्यस्त बनाउन थालेको छ । पाकिस्तानमा अहिले आएको विनाशकारी बाढि हिमाल र हिमनदी पग्लीाएकै परिणाम हो ।
नेपाल पनि हिन्दुकुस हिमाली क्षेत्रमा पर्ने भएकाले पर्यावरण असन्तुलनको असरबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालको कोसी नदिमा तीन वर्ष अघि बााध फुट्दा ठूलो धनधनको क्षती भएको थियो । यद्यपी, क्षतीको वास्तवीक तथ्यांक सार्वजानिक भएको छैन । नेपालमा पाइने जिवजन्तुले जलवायु परिवर्तनसाग वासस्थान परिवर्तन गर्न थालेका छन् । विश्व तापमानमा वृद्धि हुादा अर्नाहरू विस्तारै उच्च भेगतर्फ बसाइ सर्न थालेका छन् । लामखुट्टे नलाग्ने ठाउामा झुल लगाएर सुत्नुपर्ने भएको छ । जेठ/असारतिर नेपालका पहाडी भेगमा पानीको मुल फुट्ने गथ्र्यो । त्यस्ता पानीका मुलहरू अहिले सुकीसकेका छन् । रहेका मुलहरू पनि ढिलो फुट्न थालेका छन् । हिमाली भेगका ताल, तलैया तथा कुवा सुकिरहेका छन् । हिमालको दक्षिणी भेग सुखा हुन थालेको छ । बालीनाली र पशु चौपायामा विभिन्न खाले रोगब्याधी लाग्न थालेको छ । जमिनको गुणस्तर र उत्पादकत्व घटेको छ । यी तथ्यहरू पर्यावरणीय सन्तुलन विग्रिएका कारण उत्पन्न दुष्परीणामका केहि उदाहरण मात्र हुन् ।
यस्तो अवस्था आउनुको मुख्य कारण वातावरणको जथाभावी प्रयोग हो । जारी वनविनाश, भूक्षय, खेतीयोग्य जमिनको विनाश लगायतका कारणले यस्ता समस्याहरूलाई थप सघन बनाइरहेको छ । विद्यमान अवस्थामा सुधार नहुने हो भने नेपालले निकट भविष्यमै ठूलो संकट भोग्नुपर्ने अवश्यमभावी छ ।
यसका लागि  हामीले इराकको मेसोपोटामिया सभ्यता र मेक्सीकोको माया सभ्यता पतन भएको घटनाबाट हामीले पाठ सिक्न सक्छौं र नेपाली सभ्यताको रक्षा गर्ने दिशामा अग्रसर हुन सक्छौं । अहिलेकै शैलीमा अघि बढ्ने हो भने आसन्न संकटबाट हामीलाई कसैले बचाउन सक्दैन ।
केहि सय वर्ष अघिसम्म अस्तीत्वमा रहेको माया सभ्यताको पतन पर्यावरण असन्तुलनकै उपज थियो । मेक्सीकोको समथल फााटमा विकास भएको माया सभ्यता ज्यादै हराभरा थियो । कृषि उत्पादन राम्रो थियो, मानिस खुसी थिए । तर, जनसंख्या वृद्धिसागै वस्ती विस्तार गर्नुपर्ने भएकाले समथल फााटका खेतीयोग्य जमिन मासियो । खेती हुने ठाउामा सहर स्थापना भए । खाद्यान्न आपुर्ती सुनिश्चित गर्न भिरालो जमिनमा खेती गर्न थालियो ।
त्यहााका मानिसबीच गजबको एकता थियो । भिरालो जमिनमा उत्पादकत्व बढाउन उनीहरूले एकैपटक फर्सि, मकै र बोडी फलाउने प्रविधिको विकास गरे । तर, खाद्यान्नका लागि भिरालो जमिनमा लामो समयसम्म निर्भर रहन सकिादैनथ्यो । फलस्वरुप भुक्षय सुरु भयो, खडेरी पर्न थाल्यो जसकारण मकै उत्पादन हुन सकेन । यसले भोकमारी र विभिन्न खाले रोगब्याधीका समस्या उत्पन्न गरायो । र अन्तत: यसैले गौरवशाली माया सभ्यतालाई समाप्त गरायो ।
इराकको इफ्रेटस र टाइग्रिस नदिको बीचमा विकसीत भएको मेसोपोटामिया सभ्यताको अन्त्य पनि यसै गरी भएको थियो । जनसंख्या वृद्धिसागै थप दरबार र घर बनाउनुपर्ने भयो । यसका लागि नजिकैको उच्च भेगमा रहेका रुखहरू काठका लागि धमाधम काटिए । कहालीलाग्दो तरिकाले वन विनाश भयो । अन्तत: यसको दुष्परीणाम पनि देखिएरै छाड्यो । वर्षाको समयमा भुक्षय भयो । त्यहााको पहाडी क्षेत्रमा नुनका कण थिए । पानीले माटोसागै त्यस्ता कणलाई पनि बगाएर समथल जमिनमा थुपार्‍यो । पुरै सहर पुरीयो । नहर पुरीए । जमिनमा नुन सञ्चय बढ्न थाल्यो जसकारण कृषि उत्पादन हुन सकेन । र अन्तत: माया सभ्यताझै मेसोपोटामिया सभ्यता पनि भोकमारी र अनेक रोकव्याधीको शिकार हुन पुग्यो ।
अहिले नेपालको अवस्था माया र मेसोपोटामिया सभ्यताको भन्दा गम्भिर छ । हामी तराईका फााटमा धमाधम वस्ती निर्माण गर्दैछौं र भिरालो माटोमा खेती गर्दैछौं । भुक्षय जारी छ । त्यसमाथि विश्वभर देखा परेको जलवायु परिवर्तन र तिब्र जनसंख्या वृद्धिको दोहोरो मार नेपाललाई थपिएको छ । त्यसैले अवस्था झन गम्भिर हुन पुगेको छ । जलवायु परिवर्तनको सवाल अहिले मुख्य समस्याका रुपमा स्थापित भएको छ ।
नेपालमा ‘अष्ठ ज’ (जल, जमिन, जंगल, जडिबुटी, जनशक्ति, जनावर, जराजुरी र जलवायु) को उचित जगेर्ना र सदुपयोग हुन सकेको छैन । ‘अष्ठ ज’ मध्ये जलवायु अहिले केन्द्रमा छ । यसले अन्य सात वटा ‘ज’ लाई नियन्त्रण गरिरहेको छ । जलवायु परिवर्तनको दुष्परीणामबाट अन्य ‘ज’ हरू जोखिममा परेका छन् । यसले नेपाली सभ्यतासामु ठूलो संकट उत्पन्न गराएको छ ।
नेपालको अन्न भण्डारका रुपमा चिनिने तराईको झापा जिल्लामा गत वर्ष करिब ३५ हजार हेक्टर जमिनमा प्लटिङ गरिएको थियो । पुरै नेपालभरी यस्तै अवस्था छ । अझ तराईका समथल भूभागमा वस्ती विस्तारका लागि जग्गा प्लटिङ गर्ने क्रम अन्य ठाउामा भन्दा तिब्र छ । पहाडी भेगमा पनि भुक्षयका कारण खेतीयोग्य जमिनको मात्रा घटिरहेको छ । तराई र पहाड दुबै भेगका खेतीयोग्य जमिनमा भइरहेको विनाश रोक्न नसके नेपाल निकट भविष्यमै अनिकालको समस्याबाट ग्रष्त हुनेछ ।
आसन्न संकटलाई पुरै टार्न नसकिएपनि यसको प्रभावलाई न्युनिकरण गर्न सकिन्छ । यसतर्फ पाइला चाल्नैपर्ने भएको छ । नत्र पछुताउने समय पनि हाम्रोसाग बााकी रहने छैन ।
यसका लागि हामीले मुलत: सात वटा काम गर्नुपर्छ । पहिलो, कृषि, सहर विस्तार र उद्योग स्थापनाका लागि क्षेत्र छुट्याउनुपर्छ । बेसी र समथल फााटका खेतीयोग्य जमिनलाई वस्ती, उद्योग निर्माण र विकास निर्माण गतिबिधिका नाममा नष्ट गर्ने काम बन्द गर्नुपर्छ । दोस्रो, जलस्रोतको संरक्षण गर्नुपर्छ । ताल, तलैया, कुवा, जस्ता पानीका स्रोतको उचित सम्भार गर्नुपर्छ । तेस्रो, भुक्षय रोक्न र  माटोको उवर्राशक्ति बढाउन कार्यक्रम ल्याउनुपर्छ । यसका लागि भिरालो जमिनमा खेती गर्ने क्रम बन्द गर्नुपर्छ र माटोमा जैवीक मलको मात्रा बढाउादै लैजानुपर्छ । चौथो, पशुचौपायाले मल, खाद्यान्न र आवश्यक पोषक पदार्थ उपलब्ध गराउने भएकाले नेपाली जनजीवनमा यसको ठूलो महत्व छ । तसर्थ, पशुपालनको विकास र जनवारमा राग्ने रोगव्याधी निर्मुल गर्न अग्रसर हुनुपर्छ । पाचौं, नेपालको अनुपम जैविक विविधतालाई नष्ट हुन नदिइ संरक्षण गर्नुपर्छ । छैटौं, अहिलेको जटिल पर्यावरणीय अवस्थामा हुर्किन सक्ने वालीनालीको विकास गर्नुपर्छ । नेपालको कृषि आकाशे पानीमा निर्भर रहने भएकाले अतिवृटि र खडेरी दुबै सहन सक्ने खालको बालीनालीको नश्ल विकासका लागि आवश्यका अनुसन्धान सुरु गर्नुपर्छ । सातौं, जारी तिब्र वन विनाशलाई रोकी वृक्षारोपण कार्यलाई व्यापक बनाउनुपर्छ । आठौं र ज्यादै महत्वपूर्ण कार्य दक्ष जनशक्तिको विकास हो । पर्यावरणले अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सबै क्षेत्रलाई प्रभावित गर्ने हुादा यसलाई समग्र प्रणालीका रुपमा बुझ्न सक्ने, तदनुरुपको नीति बनाउन सक्ने र यसको प्रभावकारी कार्यान्वयन गर्ने दक्ष जनशक्तिको विकास गर्नुपर्छ । सुजित मैनालिसंगको कुराकानीमा आधारीत)