दशैं परम्परा, वर्तमान र इतिहास

         –जितेन्द्र रसिक                          
एउटा शैली, संस्कार र संस्कृतिको उत्थान । हिन्दुहरुको महान चाद,पुर्वकालिन मनोरञ्जनको साधन त्यो भन्दा बढि पारिवारिक सम्बन्ध विस्तारको सुचक हो दशैं । असत्य माथि सत्यको जीतको लागि मनाइने उत्सव हो दशैं ।
परिभाषा गर्नेहरुले जे जसरी गरे पनि असत्यमाथी सत्यको जीतको रुपमा मनाउादा मनाउदै परम्परा बनेको जीतौरीहरुको उत्सव हो दशैं । तर हरेक युगको कालखण्ड चाहार्ने हो भने दशैंको रुपमा मनाउादै आएको यो चादलाई एक पटक विष्लेषण गर्ने हो कि रु  योआधुनिक युगको कालखण्डमा आएर पनि हामी बुझेर वा नवुझेर असत्यको माथीको जीतमा सत्यहरुको कुण्ठा पिडा विबसता र बाध्यता बोकेर अबोध बालक झैं परम्परा मनाई रहेका छौं । लक्ष्य र गन्तव्य विर्सेर पाखा लागेका हामी हारीहारीकन पनि असत्यहरुको उरन्ठेउलो प्रवृत्ति भित्र फेरी एउटा उत्सव मनाउन तयार हुादैछौं । सत्यको ढोंग फुकेर युगौं देखी मञ्चन गर्दे आएको दशैं नामक नाटक के का लागि भन्ने कुराहरुको अझैं पनि हामीलाई स्पस्ट भएको छैन ।
किम्वदन्ती अनुसार दुर्गाले तारकासुर र रामले रावणलाइ संहारमा यो पर्व मनाउादै आएको भनिएको छ । जस्लाई दैंत्य कहलाईएको थियो तिनिहरुको चरित्रलाई त्यसरी नै व्याख्या गरेको पाइन्छ । जस्ले आफुलाई पुजा र जयजयकार मनाउन लगाएर यो प्रथा चलाए । त्यो कालका असत्य भनि बध गरिएका मानबहरु त्यो समयको हुकुमी शक्तिवालहरुको अनौपचारिक शाषण बाट असन्तुष्टि भै  विद्रोह गरेको इतिहाास पढेर अनुमान गर्न सकिन्छ । त्यो कालमा अनौपचारिक शाषकहरुले राक्षस मानिएका मानबहरु कालान्तरमा विद्रोहि र  परिवर्तनकामीको रुपमा देखिएका छन् । आज समयको परिवर्तन सागै परिवर्तन को लागि विद्रोह गर्नेहरुको जीत हुने गरेको छ । किनकी मानब बिकासले त्यो काल देखी यो काल सम्म आईपुग्दा धेरै लामो फड्को मारिसकेको छ । इतिहास सधैं जित्नेहरुकै लेखिन्छ । बस्, दशैं जित्नेहरुले उनीहरुको जयजयकार मनाउनकै निम्ति बसालिएको हिन्दु परम्परा भन्दा बढि केहि पनि हैन । हिन्दु राष्ट्रहरुमा दशैं मनाइए जस्तै विभिन्न धर्मका मानिसहरुले पनि आ–आफ्नै शैलीका चादहरु मनाउने गर्दछन् । त्यसको इतिहास पनि तिनै पुराना कालमा बाठा मानिसहरुले रचेका प्रपोगान्धा भन्दा बढि केहि पनि होइन । अहिले इतिहासमा कैद हुन्छ भने त्यति खेर घटेका घटनाहरु परम्पराको  रुपमा विकास हुन्थ्यो बस हामीले बुझ्न जरुर छ । 
युगको कुरा
एउटा जमाना थियो । हामी त्यो युगलाई ढुङ्गेयुग भन्छौं । मानब विकाशोन्मुखको त्यो चरणमा न त पृथ्वी टुक्रा टुक्रा पारि भागवन्डा नै लगाइएको थियो  न वैधानिक शाषण प्रणालीको विकास नै भएको थियो । भर्खर भर्खर गाासबास कपासको पुर्वाधार तयार गर्न सिक्दै गर्दाको अवस्था अर्थात मानव विकासको प्राथमिक चरण थियो । नियम कानुन संविधान राज्य र शाषण पछिल्लो चरण पृथ्वीमा भएको परिवर्तन मात्रै हो । यो सबै हुनु अघि विश्व नै ढुङ्गे युगमा थियो ।  कुनै राष्ट्र चाादै विकसित भए त कुनै ढिलो । ढुङ्गे युगको शााषण दर्दानाक रह्यो । आधुनिक युगमा आएर पनि कयौं राज्यका जनताहरु अभै चेतनसिल भएको आभाष सम्म गर्न सकिने अवस्था छैन । भने त्यो युगको अव्यवस्थित र मौखिक शाषणमा युद्ध बाहेक समस्याको समाधानको विकल्प नै थिएन । युद्ध नै त्यो युगको न्यायालय, ऐन, कानुन, विधान जे माने पनि हुन्थ्यो ।  काटमार झै झगडा बाट नै सबै कुराको छिनोफानो हुने त्यो युगमा जित्नेहरुको इतिहाासलाई सुरक्षित राख्नकै लागि दशैं पर्व परम्पराको रुपमा विकास गर्ने गरिएको पाइन्छ । ति परम्पराहरुको राम्रोसाग अध्ययन गर्ने हो भने ति युगमा दैंत्य र राक्षस कहलिएका मानवहरुको प्रवृति नै कालान्तरमा विद्रोहि र आन्दोलनकारीको रुपमा विकास भएको मान्न सकिन्छ ।
जसरी जिते पनि इतिहास जित्ने कै
छलकपट गरेर जितेपनि वा सहि ढंगले जिते पनि इतिहाास जित्नेहरुकै मात्र लेखिादा नेपालकोमात्र हैन विश्वको इतिहास पुर्ण छैन भन्ने विबाद नउठेको हैन । जितेकाहरुको इतिहास मात्र लेखिने परम्पराले  हार्नेहरु कसरी हारे रु हार्नेहरुले उठाइएका मुद्दा सहि थिए वा गलत रु त्यस्को सहि मापन गर्ने निकाय नै नहुादा इतिहास केवल अट्टहास को रुपमा वुझ्न थालिएको छ । 
कुनै मापन विनै आज असत्य माथी सत्यको विजयउत्सव भनी दशैं मनाईरहादा कतै असत्य भनिएकाहरु माथी अन्याय त भएको छैन रु  विगतमा नेपालमा भएको रक्तपात पुर्ण जनविद्रोह अझै एमाओबादीकै भाषामा भन्नु पर्दा जनयुद्ध जस्लाई त्यति खेरको युग हो भने अहिलेको जस्तो वार्ता र समझदारमा आएर सत्ता साझेदार कहाा हुन पाउाथे र १ त्यो युगले त तिनलाई राक्षस कहलाइन्थे र अर्को पर्व मनाउन जनतालाई तयार पार्दथे । त्यसैले इतिहास दोष पुर्ण छ । जहा जसरी जिते पनि इतिहासमा जित्ने हरुकै हलीमुहाली छ । इतिहासको धन्दामा  सत् भन्दा असत् मान्छे हरुको घटना परिघटनाहरु सुचिकृत हुादै गएका छन् ।  सत्य ओकालत गर्नेहरु कालान्तरमा असत्य सावित हुादै गैरहेको परिवेश छ । दुर्गा र तारकासुर राम र रावणले लडेको जस्तो युद्ध त धेरथोर हिन्दु समाजका अधिकास मानवजातीले पनि लडिसकेका छन् । त्यति मात्रै हैन नेपालीहरुले पनि लडिसकेका छन् । तर जितेर पनि हारिरहेछ नेपालीहरु किनकी नेपाली समाजमा अझै पनि असत्हरकै हलिमुहाली छ । जहा आज सम्म सत्य मानिसहरु पर्दा पछाडिबाटै लोप हुादै गएका छन् । यहा हुनुपर्ने एउटा तर भैदिन्छ अर्कै ।
दशैं सत्यको पक्षमा हो भने पसुवलि किन ?
मानव भन्दा बढि सत् पशु छन् । हामी त्यहि निर्दोष पसुलाई दुर्गा र रामको नाम मा किन वलि चढाएर उन्मुक्त हुन्छौं हा १ पशु पनि पृथ्वीको एउटा जीव हो  । जो मानव निर्देशन अनुसार चल्न सक्दछ । तर हामी नरभक्षी बनेर मरिसकेका इतिहासको निर्जिव पाउमा जिउादाहरुलाई वलि चढाउाछौं । अझ इतिहासमा कतिपय ठाउामा त मानव बलि नै दिने प्रथा नभएको होइन ।  तर आज त्यो परम्परा भने धन्न हटेको छ । जस्को सिकार निर्दोष पशुहरु बन्ने गरेको छ । ढुङ्गा र धातुका सालिकहरुलाई पशुवलि चढाएर वरदान माग्ने प्रथाले नेपाली समाजलाई कालान्तरमा त्यहि बाटो दोहोर्‍याइरहेछ ।  यहाा जस्को शक्ति उस्कै भक्तिको रुपमा परम्परा  र पर्वहरु विकसित हुादै गएको छ । जस्लाई मानवजाती परिस्कार गर्न अत्यावश्यक छ ।
के हो भगवाण ?
सास्कृतभाषाको  एउटा शाष्त्रमा लेखिएको छ । ‘भग’ भनेको स्त्री जनेन्द्रिय र वाण भनेको ‘भग’मा प्रहार हुने पूरुष जनेन्द्रिय हो ।  जस्को समायोजनमा मानिसको उत्पति हुन्छ । त्यसैले भगवाण पुज्नु छ भने पुराना युगका वाठा मानिसहरुका सालिक हैन आफ्नै जन्मदाता अर्थात पिता माता हो भनि स्पष्ट पारिएको छ । इश्वर धर्म पाप स्वर्ग नर्क भन्ने परम्परा विश्वभरी कानुनी संरचना निर्माण नहुादैको समय मानव समाज व्यवस्थापनको लागि बनाइएको अघोषित अनौपचारिक कानुनको रुपमा व्याख्या गर्न सकिन्छ । पुर्व समयमा जुन अघोषित कानुनले मानिसलाई डोहोर्‍याउने काम गरेका थिए त्यसैको प्रभाव परम्परित हिसावले  समाज र मानिसहरुमा परेको मान्न सकिन्छ ।
दशैंलाई दसा नबनाऔं, औकात हेरेर मनाऔं 
आजभोली दशैंलाई परम्परित भन्दा बढि भोगविलास का साधनहरुको प्रर्दशन र प्रयोगको होडमा दशैं मनाउने परम्परा चल्दै आएको छ । आ–आफ्नो तह र तप्का बाट मनाइनुपर्ने दशैंसागै विकृतिहरु को व्यापकीकरण भैरहेको छ । मदिरा,मासु  र जुवा तासलाई दशैंको प्रमुख आकर्षण बनाउादै लगेका युवा जमातहरुले दशैंलाई हिन्दुहरुको एउटा सास्कृतिको रुपमा विकास गर्ने हिसावले मात्रै दशैं मनाउने शैलीको विकास गर्न सके दशैं दशैं जस्तो हुने थियो ।  नेपालका शहरी क्षेत्र होस वा ग्रमिण क्षेत्र आर्थिक अवस्था कमजोर भएका नेपालीहरुले त ऋण काढेर पनि  दशै मनाउने चलन छ । त्यसो गर्नु राम्रो होइन । आफ्नो हैसियत जहा सम्म छ त्यहिं सम्मको दशैं मनाउादा दशैंले ल्याउन सक्ने सम्स्या जटिल नहोला कि १ त्यसैले कसैको देखासिकी र लहैलहैमा हैन दशैंलाई आ–आफ्नो औकात अनुसार सपरिवार बसेर रमाइलोका साथ मनाउनु सत्यको विजयको कामना गर्दै मनाउनु मेरो पनि शूभकामना ।