दिपेन्द्र खुसीको मात्र होइन, मेरोपनि ड्रिम ब्वाई

 EXCLUSIVE Janaki-Panth-Novel-Artical   
जानकी पन्थ
………….‘एउटा कुरा सोधौ खुशी ?’ मलाई बिचमै रोक्दै भन्नु भयो दिज्यूले. ‘सोध्नु–सोध्नु मज्जाले सोध्नु ,एउटा मात्र किन र ? दुइ–चार ओटा नै सोध्नु न..हा हा हा ।’ ‘अहिलेलाई एउटा मात्र सोध्छु–बाँकी पछी कुनै दिन…‘ओके के कुरा हो ल छिटो सोध्नु त’ ..‘नढाँटि भन त के तिमी बिशेष लाई अहिले पनि प्रेम गछर्यौ ? के त्यो बाल्यकाल को फिलिंग्स अहिले पनि जीवित नै छ ?’ ‘नो–नो दिज्यू,खास भन्ने हो भने मैले त्यतिबेला पनि उसलाई फ्लर्ट गरिरहेकी थिए सायद ।’ ‘फ्लर्ट गरिरहेकी थिए रे तर कसरी ?’ ‘सबैको अगाडी म बिशेषलाइ ब्वायफ्रेन्ड भनेर उसको हात समाएर हिड्थे तर दीपेन्द्रसंग बिहेको सपना देख्थे ।’ ‘ओह गड † यो दीपेन्द्र चाँही को हो फेरी ?’ ‘अरे तपाइँ दीपेन्द्रलाई चिन्नुहुन्न ? स्वर्गीय राजा दीपेन्द्र, स्वर्गीय राजा बिरेन्द्रको छोरा, अब त चिन्नुभयो ?’ ‘हरे शिब † अनी यो कुरा तिम्रो बाबा–मामुलाई थाहा थियो त ?’ ‘किन नहुनु नी ? उहाँहरु सँगै त म सधैँ जिद्दी गर्थे नी, म ठुली भए पछी दीपेन्द्र संग बिहे गर्ने भनेर । मरी–मरी हाँस्नु हुन्थ्यो उहाहरु त, तर के गर्नु म ठुली हुनै नपाउदै उनि संसार छोडेर गए ।
‘शायद तिमी ९–१० वर्षकी मात्र थियौ होला त्यतिबेला… एम आइ राइट ? कस्तो लागेको थियो त्यतिबेला,जतिबेला तिमीले उनको स्वर्गारोहणको खबर सुनेकी थियौ ? ‘म एकदमै भावुक भएकी थिए , अब मैले को संग बिहे गर्ने भनेर धेरै रोएकी थिए ।’ त्यति मात्र कहाँ हो र .. त्यो घटना घट्नु भन्दा एक वर्ष अगाडी हाम्रो घर नजिकै को अंकल को मृत्यु भएको बेला आँटि ले नुन नखाई किरिया बसेको देखेकी थिए । अनी मैले पनि पुरै ३ दिन सम्म नुन खान मानेकी थिइन । मेरो त्यो अनौठो अनी असाधारण ब्यबहारले बाबा–मामु हैरान हुनुभएको थियो । अहिले सम्झिदा म आफैलाई समेत अजिब लाग्छ । हरेक वर्ष याद आउछ त्यो कुरा अनी आफ्नो त्यो मासुम अनी अनौठो स्वभाब सम्झेर आफै हाँस्छु । एउटा कुरा भन त, यदि तिम्रो दीपेन्द्र संग बिहे गर्ने सपना थियो भने बिशेष संग बिहे गर्न भनेर मन्दिर सम्म किन पुगेकी ?
‘खै थाहा भएन, उसको मन राखिदिन होला सायद.. अहिले सम्झिदा त्यस्तै लाग्छ’……………………………………… ………………..

      खुशीको सिमा नै थिएन आज मेरो सुन्दर भविष्यका अनेकौ सपनाहरु मेरो मनमा तरंगित भैरहेका थिए । ति सपनाहरुलाई साकार पार्न धेरै मिहिनेत गर्नुपर्छ अब मैले । ‘हैन ओ मेम † यो कल्कलाउदो उमेरमै माथि पुग्ने बिचार छ की क्या हो ?’ त्यस्तै नै रहर हो भने अर धेरै तरिका छन् , मेरै गाडीको मुनि आउनु पर्छ र ?’ ‘अचानक झस्किए, ओह गड † कल्पनामा यति हराएछु की रोड क्रस गर्दा दायाँ–बायाँ हेर्न समेत भुलेछु, हर्न बजेको पनि सुनिनछु । म न्यु प्लाजाको बिच सडकमा ठिंग उभिएको उभिएकै भए । मेरो राइट साइडमा अन्दाजी २०–२१ वर्षको ठिटो आफ्नो गाडीको ड्राइभिङ सिटको शिशा खोलेर बडो शानका साथ मलाई हप्काउदै थियो । ‘के हो मेम  † यहाँले कान सुन्नुहुन्न भन्ने कुरा त अघि नै चाल पाइसके मैले । आँखा पनि कम्जोर छ र ?’ के हेरेको त्यसरी ट्वाल्ल खाउला झैँ गरी ? बाटो छोड्नु बाटो, पछाडी पुरै जाम भैसक्यो, अहिले ट्राफिक आउला फेरी ।’ त्यसो त गल्ति मेरै थियो, तर आजसम्म मलाई कहिले पनि आफ्नो गल्ति स्विकार्ने बानी नै परेको थिएन । ‘म जे गर्थे त्यहि नै मलाई सहि लाग्थ्यो । त्यसैले एक त एउटा अपरिचित व्यक्तिको अगाडी म झुक्ने कुरै आउदैनथ्यो । अर्को कुरा उसको बोल्ने शैली देखि नै मलाई झनक्क रिस उठिसकेको थियो । किनकि आज सम्म म सँग यो शैलीमा कसैले पनि कुरा गरेको थिएन ।’ उसकै शैलीमा जवाफ दिए मैले पनि–‘ ओह मिस्टर अलि मुख सम्हालेर कुरा गर्नु, हेर्दा त सरिफ खान्दानकै देखिनुहुन्छ, तर लाग्छ हजुरको बाउ–आमाले बोल्ने तरिका र संस्कार सिकाएका छैनन् । गाडी चढेर हिड्दैमा ठुलो मान्छे भइदैन, ठुलो मान्छे बन्न त सबै भन्दा पहिले संस्कार चाहिन्छ । बजारमा दुई रुपैयाँमा पाइन्छ, किनेर ल्याउनु ।’ उसलाई पनि म सँग झगडा गर्ने मुड नै चलेछ क्यारे, गाडी साइड लगाउँदै भन्यो–‘एक्सक्युज मि मिस † संस्कारको आवस्यकता मलाई हैन तपाइलाई नै छ जस्तो लाग्यो । अनी मुख पनि तपाइँ नै सम्हाल्नुस् । यहाँ अचानक बाउ–आमाको कुरा कहाँबाट आयो ? एउटा कुरा थाहा पाई राख्नोस्, मेरो मम–ड्याड संसारकै बेस्ट मम–ड्याड हो । म उहाँहरुको बारेमा नेगेटिभ एक शब्द पनि सुन्न सक्दिन । जो चोर उसकै ठुलो स्वर, केटि भएर मात्र, नत्र मैले जानेको थिएँ । एक त जहाँ पायो त्यहि बाट रोड क्रस गरेर रुल्स तोड्ने अझै उसकै शान ठुलो ? थाहा छैन भने यहाको जानकारीको लागी भन्दी हालौ रोड क्रस गर्ने ऊ त्यो जेब्रा क्रसिंग बाट हो, यहाँ बाट हैन ।’ आगामी दिनमा ख्याल राख्नु, सबै मान्छे म जस्ता हुँदैनन् । सिधै माथि पुर्याई देलान फेरी । ‘यतिन्जेल त म चुपचाप उसको कुरा सुनिरहेकी थिएँ । तर अब भने पारो तात्यो । अझै उसले केटि भएर मात्र भनेको त झनै सहन सकिन । अलि आक्रमक शैलीमा जवाफ दिएँ–‘ओह हेल्लो मिस्टर † यहाँ केटा र केटीको कुरा चाहिँ कहाँ बाट आयो ? के गर्नुहुन्थ्यो हजुरले केटा भएको भए चाहिँ हँ ?’ मलाई अरु आम केटि जस्तो नसम्झिनु, जो केटाहरुको सानो तिनो धम्कीमा डराएर लुसुक्क परेर हिड्छन । म सँग तँ उल्टो केटाहरु नै डराउछन् । अनी अर्को कुरा म कुनै दुध पिउँदै गरेको बच्चा हैन । मलाई राम्रो सँग थाहा छ के गर्न हुन्छ र हुन्न भन्ने । बाइ द वे मिस्टर † यहाँको पनि जानकारीको लागी भन्दी हालौ, की मेरो बिचारमा रुल्स वास्तबमा तोड्नकै लागी बनाइन्छ र मलाई रुल्स यानिकी नियम तोड्न पाउँदा बडो आनन्द आउँछ । हजुर लक्की हुनुहुँदो रहेछ, आज मुड ठिक थियो । त्यसैले सस्तैमा उम्किनुभयो । बाइ द वे यहाँ फुर्सदमा हुनुहुन्छ होला, तर मसँग चाहिँ हजुरसँग बाझेर बस्ने टाइम छैन । अब देखि ड्राइभिङ गर्दा ध्यान दिनु, सबै मान्छे म जस्ता हुँदैनन् । सिधै मामाघर पुर्याई देलान फेरी, गुड बाई । यति भनेर मैले रोड क्रस गरें । रोड क्रस गर्दै गर्दा ऊ भुत्भुतायो–‘अजिब केटि रैछे बा † भलाइको त जमानै छैन, फस्र्ट टाइम भेटे यस्ती केटि त ।’ ‘रोड पारि बाट चिच्याउदै भने मैले पनि– र कहिले भेट्नु पनि हुन्न, किनकि भगवानले एउटै स्पेशल पिस बनाएका थिएँ । जुन म हुँ , बुझ्नुभयो त ?’ रिसले कर्के आँखाले हेर्दै केहि नबोली गाडी हाँक्यो उसले र म पनि आफ्नो बाटो लागे । ……………………………………
         
           मलाई बारम्बार हर्ट गर्ने यो असफल प्रयास जुन तिमीले गरिरहेका छौ, त्यो बन्द गर्दा राम्रो । किनकि हर्ट त्यसलाई गरिछ, जसलाई केहि महसुस हुन्छ । मलाई त अब केहि महसुस हुनै छोडिसक्यो । न कुनै पिडा, न कुनै दर्द, न कुनै खुशी न कुनै दु:ख । सायद म सँग अब मुटु नै छैन । अनी एउटा कुरा चाहिँ तिमीले सहि गर्यौ । हाम्रो भौगिलिक दुरी एकदम नजिक छ । हाम्रो बिचमा केवल ६ इन्चको भित्तो मात्र छ । तर सायद यो कुरा तिमीले अझै बुझ्न सकेनौ । जबसम्म कसैलाई माया गरिन्छ, तबसम्म कोशौ टाढा भएर पनि मनभित्र हुन्छ त्यो मान्छे हरेक नसा–नसामा सल्बलाइरहेको हुन्छ । तर ‘जब कसैलाई घृणा गरिन्छ, त्यतिबेला यो ६ इन्चको भित्तो त के १ सेन्टिमिटर दुरी पनि त्यति टाढा हुन्छ । जुन पार गर्न यो जन्म त के सात जन्म पनि कम हुन्छ ।’ कुनै बेला म आफै सोच्थे, की म तिमीलाई जिन्दगीमा घृणा भन्ने कुरा कहिले पनि गर्न सक्दिन होला । तर आज म तिमीलाई यति धेरै घृणा गर्छु की । त्यो भित्तो पछाडी कुनै सजिव जन्तु छ, या कुनै शालिक, केहि फरक पर्दैन । आज यस्तो लाग्छ, सायद अब तिमी जीवन र मृत्युको दोसाधमा छटपटाई रहेको अवस्थामा पनि तिमी प्रति माया माया त के दया सम्म पनि पलाउदैन होला । यति धेरै घृणा गर्छु म तिमीलाई बुझ्यौ ?’ त्यसैले तिम्रा यी निच हर्कतहरु बन्द गर ।

(नोट : गीतकार तथा संगीतकार जानकी पन्थको प्रकाशोन्मुख उपन्यासबाट साभार गरिएको । अहिले नाम सर्वजनिक नगरिएको उपन्यास यहि नयाँ वर्षमा यम्बुरी बुक्सबाट प्रकाशन हुने भएको छ )