नानीबाबुले खेलाउने नानाचाचा होइन टिकट, महोदय !

तिलकप्रसाद तिवारी

पत्रिका निस्कयो ,बजारमा गयो । कसैको संवाद निरन्तरतामा क्रमभगंता भएछ क्यारे । प्रतिक्रियाहरु व्यापक प्राप्त भए । यसले मिडिया सेन्सको राम्रैसंग विकास भएछ भन्ने लाग्यो । फोटो नराखेको अनि नाम समेत नलिदिएकोमा कसैका कुण्ठापूर्ण अभिव्यक्ति आए त कतिले मिलाएर लेख्न आग्रह गरे । केहिले चुनाव हुने नहुने निधो छैन , के लेख्या होला भने । लाग्यो उनी डयास माओवादीको लाइनमा पुगेछन । त्यत्रो नेता चुनाव हुने आशंकमा छ भने जनता फेरी कन्फ्युज्ड हुने कुरा स्वभाविक नै भयो । आधा लडाई प्रचार युद्वले जितिन्छ भन्ने सुनेको थिए तर यहां कतिलाई मिडियासंग कसरी डिल गर्ने भन्ने सामान्य ज्ञान समेत छैन । आफ्ना कुराहरु अव विभिन्न माध्यमवाट राख्न सकिने भएको छ प्रविधिको आधुनिक विकासले । यहां कोहिलाई जवरजस्ती टिकट माग्न लागाईएको छ त कतिले आफ्नो टिकट इन्द्रका बाउ चन्द्र आए पनि रोक्न नसक्ने अति आत्मविश्वास पालेर हिडेका छन । जेहोस प्रयत्नहरु स्वभाविक मानिनुपर्छ,जीवनभर राजनीति भनेर हिडेकाले टिकटको आशक्ति राख्नुलाई अस्वभाविक पनि किन्न मान्ने । सवैलाई शुभकामना हाम्रोतर्फवाट ।
 अर्को कटुसत्य के हो भने सभासदको टिकट केटाकेटीले खेलाउने नानाचाचा होइन ।  टिकट पाउनलाई दम चाहिन्छ दम । पहिला दम भन्ने शब्दले भ्रम सिर्जना गर्ला । त्यो भनेको साहस,आट , मुकाविला अनि डटने कुरा हो । कम प्रयोगमा आउने  शब्द हो यो । रुन्चे स्वरले राजनीति हुदैन । राजनीति रिस्की पेशा पनि हो ।  जोखिम मोल्नेहरुको संसार हो यो । त्यो जुन सुकै क्षेत्रमा लागु हुन्छ । राजनीति गर्न साम दाम दण्ड भेद चाहिन्छ ,यो कमरेडलाई थाहा नहोला भनेर भन्न नमिल्ला । बाउ पुस्ताका तपाइहरुलाई हामीले राजनीति सिकाउन नमिल्ला । राजनीति गर्दादेखि नै गाउंवाटै तपाई प्रतिपक्षीसंग भिडदै आउनुभए होला । धेरै चीज ठोक्किदै जादा जान्ने कुरा हुन । राजनीतिमा तपाई रुनुभो भने त्यो त्यो पनि स्वभाविक हुदैन । राजनीत क्रुर पनि हुन्छ । विलौनाले राजनीतिमा काम नर्गन पनि सक्छ ।
  कमरेड सांसदको टिकट वाडमा टिकट पाएजस्तो होइन । त्यहां जितेजस्तो पनि होइन । नेतृत्व विकासको पनि कुरा छ । केन्द्रमा बुढाहरुले ओगटदा नेतृत्व जाम भएको छ यसको मतलव युवाका नाममा भर्खरका ठेटनालाई टिकट दिने भन्ने पनि होइन । हार्ने चुनाव बरु नलडदा नै रामे भन्ने कुरा हो । तपाईले के गर्नुभो जनताले समीक्षा गरिरहेकै छन । आज जनता आफ्नै आगनमा काकाकुल बनिरहेको छ,घर मुन्तिरकाले विश्वास गरेको छैन ,एक गौडा माथिकाले हुदैन भनिरहेको छ । एउटा मान्छेलाई कहिनेर सेट गर्ने दम छैन । प्रयोग गरेको छ भेटदा लयालु बोलीले कार्यकर्ताको पेट भरिएको छैन । कहिले राजधानी त कहिले गांउ ठोक्किरहेका यस्ता कार्यकर्ताहरु कति छन कति । तपाई सांझ व्यजन खाइरहदा कार्यकर्ता बेलुका के खाउं मा तडपिरहेको छ । न तपाईसंग स्रोत छ न भिजन न जनताको काम गर्ने संस्कार । अनि कसरी हुन्छ राजनीति । जनताको कामवाट कसरी फुत्कने भन्ने दाउं बाहेक अरु के छ तपाइहरुसंग । गन्नुस आफ्ना वेरोजगार शुभचिन्तकहरु कति छन , तिनका चाहानाहरु कति छन ,कति वाञ्चित छन कति अवाञ्चित छन ,छुट्याउनुस पहिला अनि लाग्नुस समाधानतर्फ ।
  फरक मत कतै देख्नुभो भने सातो गइहाल्छ । निर्विकल्प ठान्नुहुन्छ आफुलाई । इश्वरको विकल्प त हुन्छ भन्छन अनि तपाईहरुमा किन फरक मतको सम्मान गर्ने सस्कार बसेन । तपाईले भनेजस्तै त कहां हुन्छ र । प्रतिपक्षीसंग सैद्वान्तिक रुपमा बहस गर्ने न हिम्मत गर्नुभयो तपाइले न व्यवहारिक रुपमा जनताका समस्या समाधान गर्न उनीहरु भन्दा एककदम अगाडी नै सर्नुभो तपाइहरु । तपाईलाई अझै पनि लागीरहेकै छ कार्यकर्ताले भोकै सलाम ठोकिरहोस,हनुमान बनिरहोस । अहिलेको पुस्ता बेरोजगार होला तर अचेतन छैन त्यहांसम्मकी तपाईलाई मुल्याकंन नै गर्न नसक्ने गरि । कमरेड त्यसकारण बनाउनुस पुल,खन्नुस बाटो,लगाउनुस जागिर योग्यता पुगेकालाई ,जुटाईदिनुहोस लगानी उधम गर्न खोजेकालाई,भेटनुस विरामी,किनिदिनुस ओखती,बोलिदिनुस मिठो,सोधिदिनुस  खानुभाछ छैन,भोकै पो हुनुहुन्छकी अनि पाइन्छ टिकट बनिन्छ नेता, रित्तो टोपी लाएर अनि दाह्री पालेर नेता हुने भए के दुख हुन्थ्यो र  । आज पनि जनता तपाईकै नाकै आगाडि पानीका लागि डोको बोकेर घण्टा धाउदैछ, हिजो युद्वमा प्रतिपक्षीसंग भिडदा टाउंको फोरेको युवा पटी बाधेर विदेश गयो,युद्वकालमा फरक आस्था राखेकै कार्ण मारिएकाका परिवारको विचल्ली भयो ,न तिनको आवाज बल्खुले सुन्यो,न सानेपाले न पेरिसडाडाले । अनि कसरी कुन नैतिकताले तपाई नेता भएको दम्भ लिएर हिड्नुभएको छ । गुट राम्ररी चलाउन सक्नुभएको छैन तपाई अनि कसरी जनताका पीरमर्कामा ध्यान जान सक्छ । दलभित्रैको फरक मत राख्नेले राम्रो काम गरेमा त्यो कामलाई सहि भन्ने हिम्मत छैन तपाईमा । महोदय त्यसकारण तपाई एकचोटि शिरदेखि पाउंसम्म हेर्नुहोस कतै तपाई जनताका नजरमा बामपुड्के अनि कुरुप त देखिनुभएको छैन । तपाई नेता हो होइन भन्ने कुरा तपाईले गरेका समाजसेवाका यी फेहरिस्तले बताउछन । तपाई माथिका चिजहरुको कसीमा राखेर एकचोटी आफैलाई जांचनुस अनि पत्ता लाग्छ तपाईको योग्यता । मलाई लाग्छ तपाईहरु यसमा थर्ड डिभिजनमा पास हुनुभएको छ । संसार डिटिस्नसनवालाहरुको हो । राजनीति ऐकेडेमिक क्षेत्रमा असफलहरुको पेशा भनिदै गर्दा तपाईहरु यी माथी उल्लेखित चिजहरुमा खरो उत्रिनुभएको छ भने त्यो भनाई स्वत खारेज हुनेछ भन्ने मेरो भनाई हो । अनर्थ नलागोस तपाईहरुको भलो होस ।
लेखक सरोकार टुडेका प्रधान सम्पादक हुनुहुन्छ