नेपाली फिल्म किन हेरिन्न ?

Why-watching-the-nepali-film-?
सइन्द्र राई – saindra-rai
नेपाली फिल्मको संस्मरण र टिप्पणी गर्न धेरै टाढा नजाऔं । आफ्नै परिवेशमा समेटिऔं । त्यहीबाट बुताले भ्याएसम्म समीक्षा गरौं । जसले भइरहेको नेपाली फिल्मको विकासलाई टेवा दिन सक्छ । जुन सुधारले फिल्मको रंगलाई सीमितताबाट मुक्त गरी खुल्ला जीवनजस्तै इन्द्रधनुषी बनाउन मद्दत मिल्छ । यो विकुल्लै यो मेरो अनुभूति र बुझाई हो ।
अन्य क्षेत्रजस्तै फिल्म पनि राजनीतिबाट निरपेक्ष रहन सक्दैन । ‘राजनीतिक जीवनको महत्वपूर्ण तत्व समाज’ मानेर जाने हो भने फिल्म राजनीतिको पनि ऐना हो । फिल्मको विकास राजनीतिसागै समानान्तर रहन्छ । यसर्थ, ५० को दशकलाई नै नेपाली फिल्मको विकास उत्कर्षको यात्रा मान्नुपर्ने हुन्छ । जुन कालखण्डमा राजनीतिले रुप बदलेको थियो । निजीकरण र बहुलतालाई संविधानमै स्पष्ट उल्लेख गरिएको थियो । त्यही समयबाट मेरो जीवन शुरू भएको थियो । जुन समयबाट नेपाली फिल्मको पनि उचाईको यात्रा प्रारम्भ भएको थियो । 
संस्मरण : अहिलेजस्तो मोबाइलमा जडीत ताररहित इन्टरनेटको माध्यमबाट फिल्म हेर्ने कुरो कल्पना बाहिर थियो । फिल्महल देख्न शहर नै पुग्नुपर्ने पहाडी गाउाको सम्झना आज पनि ताजै छ । जुन वर्तमानसागको तुलनात्मक अध्ययन गर्दा झन् ताजा बनेर आइदिन्छ । रुवाउने, हासाउने र सिकाउने त्यो फिल्मी आकर्षण सम्झदा चकित हुन्छु ।

‘आलु फलाउन किसानले त्यति धेरै मेहनत गर्नुपर्छ भने रहर र लहड हुादैमा फिल्म  बन्न सक्छ ?’
घरबाट हिउादे गोठ पर्खन भनी रातारात तीन गाउा पर फिल्म हेर्न जान्थौं । साथीसागीको लहैलहैमा विभिन्न हतकण्डा अपनाएर फिल्म हेर्ने पैसाको जोहो गर्नु चानुचुने कुरो थिएन । कति पटक कापीकलम किन्ने पैसाले फिल्म हेरिएको थियो । घरबाट ढाटेर गएको परिवारका अन्य सदस्यसागै फिल्म हेर्ने अवस्था पर्दा मर्नु हुन्थ्यो । त्यसबेला हेरिएको फिल्मका नाम मात्रै होइन, त्यहााका पात्र र कथावस्तु मनमस्तिष्कको अर्काे फिल्म बनेर रेकर्ड भयो, भइरह्यो ।
आज : शहरको कुरो अर्कै छ, आधुनिक हल, प्रविधि र वुझाईको विकास गाउासाग तुलना गर्दा अन्याय हुन्छ । तर हामीले मोफसल भनिएका ठाउाहरुमा गोठाला जाादा एउटा फिल्म हेर्नु सामान्य भइसक्यो । र पनि नेपाली फिल्ममा आर्कषण देखिएन, बरू काठमाडौंकै हलहरूबाट करोडौं अशुलिएको बलिउड फिल्महरूको चर्चा दुरदराजसम्म पुग्यो । अव प्रश्न उठ्छ, हिजोका ती आकर्षण कहाा हराए ? 
हिन्दुस्तानी फिल्महरू पहिले पनि हेरिन्थ्यो । नेपाली फिल्मको आधारविन्दु नै हिन्दुस्तान भएकाले हिन्दी फिल्म हेर्नु अनौठो थिएन । र पनि नेपाली फिल्म रोजाईामै पथ्र्याे । यसर्थ भन्न सकिन्छ, नेपाली फिल्मको आकर्षण घट्नुमा अन्य कारणहरू छन् । त्यसैले आजका पुस्ताले नेपाली फिल्म हेर्दैनन् । म पनि अपवाद बाहेक हेर्दिन । हेरेका फिल्महरू सीमित छन्, जसले मलाई ‘जेनेरलाइज’ गर्न जबर्जस्त मद्दत पुर्‍याइरहेको छ । अरुले किन नेपाली फिल्म हेर्दैनन्, त्यो उनीहरुकै विषय रह्यो । तर म किन हेर्दिन भन्ने आधार मसाग छ । किनभने नेपाली फिल्ममा म मेरो जीवन भेट्दिन । आफ्नो जीवन नभएको फिल्मले मलाई आकर्षित गर्दैन । ठीकै छ, अरुकै जीवन समेटिएको भएपनि फरक पर्दैनथ्यो । तर कम्तिमा अरुको जीवन समेटिएकाबाट कम्तिमा केही सिक्न त पाइयोस् । त्यो पनि छैन । 
मलाई लाग्छ, फिल्मको निर्माणमा दर्शकको अवमूल्यण हुन्छ । जुन जबर्जस्त देखाउन खोजिन्छ । स्वतन्त्र दर्शकले त्यो दबावको वास्ता गर्दैनन् । र विकल्पको खोजीमा लाग्छन् । जसको परिणाम हो, बलिउड र हलिउडको प्रतिक्षा र रोजाई । अर्काे प्रमाण भनेको पछिल्ला केही फिल्मको सफलता हो, जसलाई अधिक रोजाईामा परे । 
निष्कर्ष : समय बााकी छ । राजनीति र समाजजस्तै फिल्म पनि संक्रमणमै छ । परीक्षा र सिकाईाकै चरणमा छ । संसारको इतिहास र वर्तमानबाट सिक्दै ‘जीवन्त’ फिल्म निर्माण गरिएमा मेरो आकर्षण पुन: फर्कनेछ । महान् वैज्ञानिकहरुले सिक्दासिक्दै विज्ञानको विकास गरे । फिल्म निर्माताहरुले सिक्ने चरणमा छैनौं भन्नु गलत हो । फिल्मको पनि जीवन हुन्छु, र सिकाई जीवन पर्यान्त कायम रहन्छ । आलु फलाउन किसानले त्यति धेरै मेहनत गर्छन्, भने सञ्चार र व्यावसाय संयोजित यस्तो संवेदनशील क्षेत्रमा किन मेहनत नगर्ने ? मेहनत गरौं, नेपाली फिल्म अवस्य राम्रो बन्नेछ । राम्रो बनेपछि हाम्रो हुनेछ । होइनभने अरुका लागि बनाइने फिल्म किमार्थ हाम्रो बन्ने छैन । (लेखक विशाल चौतारी डटकमका सम्पादक हुनुहुन्छ ।)