प्रदिपको चलचित्र ‘प्रेम गीत ३’को मोसन टिजर सार्वजनिक

PREM GEET 3 || Motion Teaser
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक २२ शुक्रवार ।
चैत २८ गते देखि प्रर्दशनमा आउने यो वर्षको बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को मोसन टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा नायक प्रदिप खड्कालाई योद्धा अवतारमा प्रस्तुत गरिएको छ ।

यो चलचित्र छायांकनमा जानुभन्दा अगाडीनै चलचित्रको मोसन टिजर सार्वजनिक गरिएको छ । छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गन चलचित्र २०० वर्ष पुरानो प्रेमकथा रहने बताइएको छ ।
निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्रमा प्रदिपको अपोजिट क्रिष्टिना गुरुङले डेब्यु गर्दै्छिन् । साथै यस चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायत कलाकारको अभिनय रहनेछ ।
आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको छ । राजेश श्रेष्ठले खिच्ने यस चलचित्रमा बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।