फोनबाट प्रपोज गर्दा फेस टु फेस प्रपोज गर्न नवोदितले भनिन्

विशालसंग लवस्टोरी संवाद्ध
निरज बराल (अभिनेता)

ब्रेकर : म कलाकार भएकाले पर्दामा अनेक दृश्य देखिन्छन् । कतै हिरोइनसँग नाच्नुपर्ने, कतै उचालेर घुमाउनुपर्ने । कतिपय अवस्थामा त किस पनि खानुपर्छ । ‘थ्री लभर्स’मा प्िरयंका कार्कीसँग लिप्सकिस गर्दा मलाई निकै अड लागेको थियो । तर, मेरी निवेदितालाई थाहा छ– यो अभिनय मात्रै हो, मेरो पेसा । उनी मलाई सपोर्ट नै गर्छिन्  अनि विश्वास पनि । तर, पनि उनलाई नरमाइलो लाग्ने हो कि भनेर झस्किइरहन्छु । तर, उनी समझदार छिन्, त्यसैले हाम्रो सम्बन्ध सुन्दर अनि कञ्चन छ । 

म जीवनमै पहिलोचोटि कुनै केटीसँग यति धेरै खुलिरहेको थिएँ । यसअघि पनि थुप्रै केटी नदेखेको होइन । तर, उनमा के जादु थियो कुन्नि, आफसे आफ तानिन थालेँ । सात वर्षअघिको त्यो दिन, उनीसँगको पहिलो भेट । झापास्थित पुख्र्यौली घर पुग्नै लाग्दा बिर्तामोडमा उनलाई देखेँ । म मेरी आमासँग थिएँ, उनी पनि उनकी आमासँग । बस कुरिरहेका थियौँ, दुवै परिवार । मलाई यति राम्री लागिन् कि नचिने पनि बोल्न–नजिकिन मन लाग्यो । कुरा सुरु गर्ने बहाना खोज्न थालें । गाडी प्रतीक्षाको विषय गफका लागि उपयुक्त बहाना बन्यो । त्यही बीचमा प्रसंग मिलाएर सोधिहालेँ – तपाईंको नाम के हो ? नामै मन पर्‍यो मलाई– निवेदिता । ललितपुरको सेन्ट जेभियर्समा ब्याचलरकी विद्यार्थी । उनी पनि आफ्नो घर शनिश्चरे जाँदै रहिछन् । म २२ वर्षको थिएँ, उनी २० वर्षकी ।
यो छोटो कुराकानीमा उनीबारे सकेसम्म धेरै बुझ्न उत्सुक थिएँ । मेरो मन उनलाई फेरि पनि देखूँ भनिरहेको थियो । इमेल आइडी मागेँ, उनले दिइन् । दंग परेँ– अनलाइनको जमाना छ, कसो भेट नहोला  ?  चौतारीमा सुस्ताउने क्रममा भेटिएको कुनै अन्जान यात्रुझैँ एकैछिनमा अलप भइहालिन् उनी । घर पुग्नासाथ मेरो पहिलो काम, ल्यापटप खोलेर उनलाई ‘एड’ गर्न हतारिएँ । तर, एड भएन । सोचेँ– हतारमा गलत आइडी पो टाइप गरेँ कि  ?  उनले दिएका एकएक अक्षर निकै ध्यान पुर्‍याएर हानेँ, सयचोटिभन्दा बढी । अहँ अझै एड भएन । लाग्यो– उनी मप्रति इन्ट्रेस्टेड रहिनछिन्, त्यसैले रङ आइडी दिइछन् । पहिलोचोटि मनले खाएकी केटी, आफूलाई त अलिअलि दु :खै पो लाग्यो त  ?

काठमाडौं फकिर्एर नियमित दैनिकीमा लागेँ । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा बिबिएमा पढ्थेँ । ब्रेकमा साथीहरसँग बसेर चिया खाँदै थिएँ । संयोगले उनलाई फेरि देखेँ । उनी बस चढ्ने हतारोमा थिइन् । बस गुड्न थाल्यो । बाहिरैबाट उनलाई बोलाएँ । चिनिहालिन् । भनेँ– भोलि म तिम्रो कलेजमा आउँछु है  ?
जाडोको मौसम । बिहानै उनको कलेजतिर दौडिएँ । बाहिरको सिरेटो चिसो भए पनि उनलाई भेट्न पाउने कुराले मन न्यानो भइरहेको थियो । उनी आइन् तर ‘कलेजको ढोका बन्द हुन लाग्यो’ भन्दै तुरुन्तै गई पो हालिन् । अबचाहिँ मलाई साह्रै रिस उठेर आयो । यस्तो बेवास्ता गर्ने केटीसँग अब त कसै गरे पनि सम्बन्ध अघि बढ्दैन, मुर्मुरिँदै हिँडँे म पनि । त्यसपछि लामै समय भेट भएन । यसबीच मैले मिस्टर झापा– २००२ को टाइटल जितेँ । एक–दुईवटा एड पनि खेलेको थिएँ ।
एक दिन न्युरोडमा सपिङ गर्दै थिएँ । उनलाई फेरि देखेँ, मामासँग आएकी रहिछन् । व्यवहार सम्झेर बोलिहालूँ लागेन । नदेखिउन्जेल थुमथुमिएको मन फेरि पग्लिहाल्यो । नम्बर मागेँ, उनले दिइन् । तर, विगत सम्झेर फोन गरिहाल्न मन लागेन । एक मनले गरौँ कि भन्दै थियो । फेरि अर्को मनले भन्यो– धत्, यो नम्बर पनि गलत हुन के बेर, पहिलेको इमेल आइडीजस्तै । त्यसपछि ट्राई नै गरिनँ ।
एक दिन मेरो मोबाइलमा नयाँ नम्बरबाट फोन आयो । उनको आवाज चिनिहालेँ । साह्रै रमाइलो लाग्यो । अनि अचम्म पनि– उनले मेरो नम्बरचाहिँ कताबाट पाइन् ? म बस्ने होस्टलकी बहिनीसँग रिक्वेस्ट गरेर मागिछन् । यति बेला उनी भनिरहेकी थिइन्– ‘मलाई किन फोन नगरेको ?’ अब मैले पनि घुक्र्याइहालेँ– ‘अड लागेर नि  ? ’ गुनासो अझै थिए तर भनिहालिनँ । हरेक साँझबिहान हामीबीच फोनमा कुरा हुन थाल्यो ।
केही महिनापछि उनले कतार एयरवेजमा ‘जब’ एप्लाई गरिन् । एयरहोस्टेज बन्न चाहन्थिन् । फोन गरेर दिनभरिका गतिविधि मलाई बताउँथिन् । आफ्ना हरेक कुरा आपसमा सेयर गथ्र्यौं । अब यसमा चाहिँ निश्चित थिएँं– ‘उनी मलाई साथी मात्रै मान्छिन् भने पनि एकदमै नजिकको साथीचाहिँ पक्कै हुँ । मबारे निकै सोच्न पनि थालेकी छन् ।’ सोध्थिन्– ‘कतार एयरवेजमा नाम निस्कियो भने जाऊँ कि नजाऊँ ।’ म भन्थेँ– यति राम्रो अवसर छोड्न हुँदैन । नभन्दै उनले नाम निकालिन्, मलाई पहिलोचोटि ‘ट्िरट’ दिइन् ।
उनी जाने बेला आयो । मलाई थाहा थियो– बिहान–बेलुकी फोन पनि बन्द हुन्छ । नरमाइलो लाग्यो । प्रपोज पो गरँ कि  ?  होइन, बाहिर गइसकेपछि मलाई बिर्सन के बेर  ?  फेरि ‘नो’ भनिन् भने  ?  भइगो, अब यसै पनि टाढा गइहाल्छिन् । छोटो अवधिका लागि के गर्नु प्रपोज  ?  त्यसै मन मारेँ । तर, मलाई भन्दा नियास्रो त उनलाई पो लागेछ । मलाई निकै ‘मिस’ गरिछन् । कतार पुगेको दुई दिनमै फोन गरिहालिन्, एक्लोपनले साह्रै सताएछ । फोनमै रोइन् । मलाई त झन् माया लागेर आयो । त्यसपछि याहुमा दिनको चार घन्टा हाम्रो कुराकानी हुन थाल्यो ।
एक दिन उनलाई उनकी बेस्टफ्रेन्डले सोधिछन्– तिमीहरको सम्बन्ध के हो हँ ? उनी केही नबोली बसिछन् । साथीले फेरि मलाई फोन गरेर सोधिन् । मैले भनिदिएँ– म उनलाई मन पराउँछु । त्यसपछिको फोन निवेदिताको आयो– तिमीले साथीसँग केही भनेका थियौ ? मलाई अड लाग्यो– ‘अहँ मैले केही भनेको छैन ।’ उनले फोन राखिदिइन् । मलाई एक्कासि जिन्दगीको महत्त्वपूर्ण कुरा हातबाट छुटिरहेको अनुभूति भयो । हत्तपत्त फोन गरिहालेँ– आई लभ यू, म तिमीलाई धेरै चाहन्छु । तर, उनी न ‘एस’ भन्छिन् न त ‘नो’ । बल्लबल्ल उनको बोली फुट्यो– ‘तिमीले मलाई फेस टु फेस प्रपोज गर्नुपर्छ अनि मात्र आफ्नो निर्णय सुनाउँछु ।’

ट्रेनिङ सकेर एक हप्तापछि नेपाल फकिईन् । मैले प्रपोज गरेँ, उनले ‘एस’ भनिन् । अब त के थियो । मन र वचनले उनी मेरी भइसकेकी थिइन् । सम्बन्ध झन्भन्दा झन् प्रगाढ भइरहेको थियो । महिनाको दुई–चोटि नेपाल आउँथिन् । बिहान आयो, बेलुकी गइहाल्नुपर्ने । त्यो पूरै समय एकअर्काका लागि खर्चन्थ्यौँ ।
मिस्टर युनिभसिर्टी नेपाल २००६ प्रतियोगिता जितेपछि मिस्टर युनिभसिर्टी इन्टरनेसनलमा सहभागी हुन फिलिपिन्स गएँ । २८ देशबीच प्रतिस्पर्धा रहेको प्रतियोगिताको शीर्ष उपाधि पनि मैले नै जितेँ । १४ अगस्टको त्यो दिन शक्तिशाली देशहरलाई पछि पारेर नेपालको शिर उँचो पार्न पाएकोमा मलाई असीम आनन्द लागिरहेको थियो । संयोगले भोलिपल्टै उनको फ्लाइट मनिलामै पर्‍यो । यो उनको पनि पहिलो फिलिपिन्स आगमन थियो । हामीले यो खुसी एकसाथ मनाउन पायौँ । म दोहोरो खुसी आत्मसात् गरिरहेको थिएँ । सँगै मनिलाका मनोरम ठाउँहर घुम्यौँ । जिन्दगीका यी मूल्यवान् पलहरका लागि हामीले भगवान्लाई धन्यवाद दियौँ । उनी निकै आस्तिक स्वभावकी छिन् ।
अब हामी बिहेको योजना बनाउन थाल्यौँ । म घरको कान्छो छोरो । परिवारलाई कौतूहल थियो– कस्ती केटी छान्यो होला  ?  मैले निवेदिताको फोटो बाबाआमालाई देखाएँ । मन पराउनुभयो । उनी बाहिरै थिइन्, फोनमा कुरा पनि गराएँ । अर्को सजिलो पक्ष । उनका काका र मेरा बाबा साथी हुनुहुँदो रहेछ । आफैँ गएर उनकी आमासँग हाम्रो सम्बन्धबारे बताएँ । उहाँ बुझकी हुनुहुन्छ, कुनै समस्या थिएन । यहीबीच म चलचित्रतिर पनि व्यस्त हुन थालेँ । हाम्रो भेट अझ दुर्लभ हुन थाल्यो । तर, दुवैको मनभित्र चोखो माया थियो, त्यसैले समयको अभाव सम्बन्धको बाधक बन्न पाएन । उनी नेपाल आउँदा ठमेलको गार्डन अ ड्रिम्समा बढी जान्थ्यौँ । नगरकोट, गोदावरीजस्ता ठाउँ पनि पुग्थ्यौँ । यसैबीच अध्ययनका लागि एक वर्ष अस्ट्रेलिया बसेँ म ।
मिस्टर युनिभसिर्टीको अन्तर्राष्ट्िरय टाइटल जितेबापत् ६ महिनापछि मलाई इजरायल घुम्ने अफर आयो । सुरुमा ओमान हुँदै जानुपर्ने सेड्युल तय भएकोमा पछि कतारबाट पो जानुपर्ने भयो । कतारमा एक रात बिताउनुपर्ने । उनी पनि नेपालबाट कतारै आइपुगेकी । कल गरेँ– म पनि कतारमै छु । उनी ‘सक’ भइन् । त्यो रात हामी सँगै रह्यौँ । संयोगैसंयोगका भेटहरले मायाप्रीतिसम्म पुगेका हामीलाई फेरि एकपटक अर्को संयोगले विदेशी भूमिमा एकसाथ गराइदियो ।
दुवै जना करियर निर्माणको दौडधुपमा रहेकाले समय निकाल्नै मुस्किल । निधो गर्‍यौँ– अबचाहिँ जसरी पनि समय निकालेर बिहे गर्ने । ०६८ साल मंसिर ६ गतेको साइतले हामीलाई विवाहबन्धनमा बाँधी पनि हाल्यो । रिल लाइफमा त थुप्रैचोटि नक्कली दुलहा बनिसकेको थिएँ । आज वास्तविक जीवनमा सक्कली दुलाहा बन्दाको आनन्द र रमाइलो चलचित्रभन्दा निकै फरक थिए । ‘कट’ अनि देखावटी तालीहरको कृत्रिमता यहाँ छैन । छ त दुई पवित्र आत्माहरको सम्मिलन अनि विशुद्ध प्राणयिक भावना । सिउँदोमा सिन्दूर भरिदिँदा उनीप्रतिको आफ्नोपन झन् बढेको अनुभूति हुँदै थियो । अन्माउने बेलामा उनी निकै रोइन् । सबै जनाका अगाडि नरोऊ भन्न पनि नमिल्ने, कस्तो आपत् भने  ?  गाडीमा बसिसकेपछि मात्रै सम्झाएँ, जोक्सहर सुनाएँ । घर पुग्ने बेलासम्ममा त ‘कुल’ भइसकेकी थिइन् । हाम्रा दिदीबहिनी नभएकाले भाउजूहर र उनी गएपछि घरै उज्यालो भएको छ । हाम्रा बुबाआमा सबै बुहारीलाई भन्नुहुन्छ– तिमीहर त हाम्रा छोरी पो हौ । फेरि ज्वाइँ बनेर ससुराली जाँदा पनि रमाइलो हुँदो रहेछ । विवाहपछिका दिन सुखद हुँदै छन् । हामीबीच अझ निकटता र सपोर्ट बढेको छ । उनीसँगका हरेक पल इन्जोय गरिरहेको छु ।
म कलाकार भएकाले पर्दामा अनेक दृश्य देखिन्छन् । कतै हिरोइनसँग नाच्नुपर्ने, कतै उचालेर घुमाउनुपर्ने । कतिपय अवस्थामा त किस पनि खानुपर्छ । ‘थ्री लभर्स’मा प्िरयंका कार्कीसँग लिप्सकिस गर्दा मलाई निकै अड लागेको थियो । तर, मेरी निवेदितालाई थाहा छ– यो अभिनय मात्रै हो, मेरो पेसा । उनी मलाई सपोर्ट नै गछिनर्् अनि विश्वास पनि । तर, पनि उनलाई नरमाइलो लाग्ने हो कि भनेर झस्किइरहन्छु । तर, उनी समझदार छिन्, त्यसैले हाम्रो सम्बन्ध सुन्दर अनि कञ्चन छ ।

अहिलेसम्मको सम्बन्धलाई विश्लेषण गर्नुपर्दा उनी जीवनमा आएपछि मेरो भाग्य खुलेको पाउँछु म । सफलता पनि हात लाग्दै गएको छ । सोचेभन्दा बढी माया दिन्छिन् । नेपालमा रहेका बेला मबिना एक्लै खाना खान्नन् कहिल्यै, जति ढिलो भए नि पर्खन्छिन् । यो पलमा उनलाई निकै मिस गरिरहेछु । भन्न मन लागिरहेछ – निवेदिता तिम्रो माया र विश्वासले मलाई निकै प्रभाव पारिरहेछ । तिमीलाई सोचेभन्दा धेरै माया गर्छु र गरिरहनेछु जीवनभर । आई लभ यू  ?
प्रस्तुति  : विशाल राई