बालमैत्री शिक्षणको लागि ‘बगर’ को ‘भाषा, सीप र सिर्जना’

जितेन्द्र रसिक 

ब्रेकर : ‘लेखक बगरकै बाक्य सापटि लिएर भन्नु पर्दा भाषा र वाङ्मय सृष्टि संचालन गर्ने साधनमात्र नभई जीवन सजाउने आभुषण पनि हो । उनको कृतिले बाल सर्जक बगर बालबालिकाहरु नै देशको भविष्य र मुल जग भएकाले उनीहरुलाई भाषा र वाङमय विकासको लागि सचेत पार्दै बाल मैत्री भाषा शिक्षण गर्ने र गराउनु पर्ने आवश्यक्ता देखाउछ । भाषा शिक्षणका सरल उपायहरु, भाषाको आवश्यक्ता, उच्चारण, हस्तलेखन : परिचय र महत्व, हिज्जे लेखन, श्रुति–लेखन परिचय र महत्व, पर्यायवाची शव्द, श्रुती समभिन्नार्थी शव्द, विरीतार्थी शव्द, द्धित्व शव्द, अनेकार्थी शव्द, प्रतिकात्मक शब्द, समस्त शब्द, अनुकरात्मक, सिङ्गो, परिभाषिक शब्द, उखान, गाउाखाने कथा, के कहा बस्छ (सामान्य जानकारी) शब्दको एक प्रयोग अनेक, मौलिक शैली, बोध र अभिव्यक्ती, सृजनासिलता परिचय र महत्व, चिठ्ठी परिचय र उडाहरण, दैनिकी लेखन, मनोवाद, संवाद, बादविबाद, निवन्ध, कथा, कविता, नाटक, प्रश्नोत्तर, परिक्षा हाउगुजी होइन लगायतका जानकारी मुलक शिक्षण सामाग्री समावेश छन् ।’

एकैछिन भाषा विनाको संसार कल्पना गरि हेरौं त, तपाइा कस्तो महसुस गर्दै हुनुहुन्छ ? यहि भाषाको विकास र सम्वद्र्धनको लागि विश्वका भाषाविद तथा सर्जक हरु लागि परेका छन्  । र पो आज हामी ‘मान्छे’ बनेका छौं । र विश्वलाई भाषाले जोड्न सफल भएको छ ।
यतिखेर मेरो हातमा परेको कृति र सर्जकको विषयमा प्रवेश गर्छु । लामो समयदेखि भाषा र साहित्यमा योगदान पुर्‍याउादै आएका सर्जक छायादत्त न्यौपाने ‘बगर’ आफ्नो तेस्रो संस्करण ‘भाषा– सिकाई, सीप र सिर्जना’ नामक  कृति लिएर फेरि आएका छन् । २०६२ सालमा बाल दिवस (सचित्र बालकथा) दुई दर्जन साहित्यिक कृति प्रकाशन गरेर बाल तथा नेपाली साहित्यमा योगदान पुर्‍याउदै आएका बगरको यो कृति देशभरिका विद्यालय तथा शिक्षक र विद्यार्थीहरुमाझ लोकप्रिय बनेपछि तेस्रो संस्करण बजारमा आएको हो ।  रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौमा प्राध्यापन गर्दै आएका स्रष्टा बगर बाल साहित्यिक विकासमा मात्र होइन नेपाली भाषाको विकासमा थप योगदान दिादै आएका छन् । उनको विद्यालय स्तरका विद्यार्थी र शिक्षकहरुको लागि उपयुक्त शिक्षण सिकाई विधिले भरिपुर्ण कृति ‘भाषा– सिकाई, सीप र सिर्जना’ पछिल्लो समय परिस्कृत हुादै नयापन र नया शैली कृतिको रुपमा चर्चामा छ ।
सभ्यताको उचाइबाट विश्व नियाल्न सर्वप्रथम भाषाकै आवश्यक पर्दछ । भाषा र वाङ्मय तथ्यस्त चिज हो । यसले मानविय संवेदनाका झुल्काहरु छुनु तर, नफुटाई राख्न सफल हुनु हो । लेखक बगरकै बाक्य सापटि लिएर भन्नु पर्दा भाषा र वाङ्मय सृष्टि संचालन गर्ने साधनमात्र नभई जीवन सजाउने आभुषण पनि हो । उनको कृतिले बाल सर्जक बगर बालबालिकाहरु नै देशको भविष्य र मुल जग भएकाले उनीहरुलाई भाषा र वाङमय विकासको लागि सचेत पार्दै बाल मैत्री भाषा शिक्षण गर्ने र गराउनु पर्ने आवश्यक्ता देखाउछ । भाषा शिक्षणका सरल उपायहरु, भाषाको आवश्यक्ता, उच्चारण, हस्तलेखन : परिचय र महत्व, हिज्जे लेखन, श्रुति–लेखन परिचय र महत्व, पर्यायवाची शव्द, श्रुती समभिन्नार्थी शव्द, विरीतार्थी शव्द, द्धित्व शव्द, अनेकार्थी शव्द, प्रतिकात्मक शब्द, समस्त शब्द, अनुकरात्मक, सिङ्गो, परिभाषिक शब्द, उखान, गाउाखाने कथा, के कहा बस्छ (सामान्य जानकारी) शब्दको एक प्रयोग अनेक, मौलिक शैली, बोध र अभिव्यक्ती, सृजनासिलता परिचय र महत्व, चिठ्ठी परिचय र उडाहरण, दैनिकी लेखन, मनोवाद, संवाद, बादविबाद, निवन्ध, कथा, कविता, नाटक, प्रश्नोत्तर, परिक्षा हाउगुजी होइन लगायतका जानकारी मुलक शिक्षण सामाग्री समावेश छन् । भाषा र साहित्यको विषयमा चिरफार गरेर विद्यार्थी तथा नव प्रव प्रवेसी साहित्यकारहरुले सजिलै बुझ्न सकिने गरि लेखिएको यो कृति साधाराण साहित्यिक लेखकहरुको लागि पनि अति उपयोगी छ ।
वास्तवमै बालबालिका भनेका काचो माटो हुन् । त्यसमा पनि पछिल्लो समय नेपाली भाषामा देखिएको विकृतीले नेपाली भाषलाई यति दुर्गन्धित बनाईसकेको छ कि कतिपय नया पुष्ताका युवा युवतीहरुले समेत नेपाली ठेट शव्दहरु प्रयोग गर्न विर्सिसकेका छन् । दक्षिण र पश्चिमेली मुलुकहरुबाट आयातित भाषालाई जिव्रोको टुप्पोमा राखेर नेपाली भाषा बोल्ने नेपाली युवा पिधीको अवस्स्था देखेर सर्जक चिन्तित देखिन्छ । उनले वर्तमान समयमा भाषा विकृतीले राष्ट्रिय समस्याको रुप लिइसकेको भन्दै औषधीको सेवन ठीक समयमा ठीकमात्रामा भए महामारीले पनि पुच्छर उचाल्छ र कुलेलम ठोक्छ भनेका छन् । नियमित रुपमा सिकाई प्रक्रियाबाट भाषिक कर्म गर्नु आजको अवश्यक्ता पनि हो । सयौं वर्ष अघिका संस्कृत साहित्यका आचार्यहरुबाट पनि ‘जीवनलाई स्वर्गिय आनान्दमा पुर्‍याएर अर्थपुर्ण बनाउनु छ भने साहित्यको गहिराईमा डुब’ जस्ता अभिव्यक्तिले पनि भाषा र साहित्यको गाम्भिर्यता कति छ भन्ने स्पष्ट पार्दछ । 
तर पछिल्लो पुष्टाका युवा पिंढीलाई हेर्ने हो भने साच्चै हाम्रो राष्ट्रिय भाषा लोप हुने अवस्थामा पुग्ने देखिन्छ । अहिले व्यवहारत: बोलिने भाषाहरुको अंगभंग भएको तपाइा हामीले दैनिक लोक व्यवहारमा पाउाछौं ।  रोगलाई संक्रमणको चरम सिमामा नपुग्दै उपचार गर्ने हो भने पक्कै पनि नेपाली भाषाले आउादा दिनहरुमा सुधारको मौका पाउने छ । तर यसको लागि लेखक बगरको एकल प्रयासले मात्र सम्भव छैन । अबका बालबालिकाहरुलाई आधुनिक तरिकाले विज्ञान सम्मत ढंगले भाषा र सीपको अध्यन अध्यापन गर्न र गराउन सके आउने केहि दशकमा नेपाली भाषाको स्तरोन्तर हुादै जानेछ । हैन भने अबको ५० दशकमा नेपाली भाषा ७५ प्रतिशत भन्दा बढी लोप हुनेछ  र नेपालीहरुमा पश्चिीमी र दक्षिणी प्रभाव पर्दै जानेछ । जसले भाषा र साहित्यलाई मात्र हैन राष्ट्र र राष्ट्रियता नै खत्तरामा पार्नेछ ।