संविधानसभामा बैद्यको बखडा

– जितेन्द्र  रसिक 

ब्रेकर :–नेपाली जनता देशलाई संसारकै सुन्दर र शान्त राष्ट्र बनाउने एउटा उपकरणको रुपमा पहिलो संविधान सभाको निर्वाचनमा उत्साहका साथ भाग लिएका जनतामा दोस्रो निर्वाचनमा पनि उतिकै उत्साहित पाउनु जनताको संविधान जनताले नै बनाउने शुभ संकेत हो यो ।
माओवादी विद्रोहको चङ्गुलबाट मुस्किलले उम्केर दलहरुसाग सहकार्य गरेर २०६२ /६३ सालको जनाआन्दोलनमा भाग लिए । जनताले परिवर्तन चाहेको समय जनआन्दोलन भाग २ सुरु भयो र जनता बलि चढेर जनआन्दोलनलाई लाई सफल पनि पारे ।   कालान्तरमा राजतन्त्र बढारिए । दलहरु जिते । तर जनता अझै हारेको हार्‍यै छ । 
नेपाली जनता देशलाई संसारकै सुन्दर र शान्त राष्ट्र बनाउने एउटा उपकरणको रुपमा पहिलो संविधान सभाको निर्वाचनमा उत्साहका साथ भाग लिएका जनतामा दोस्रो निर्वाचनमा पनि उतिकै उत्साहित पाउनु जनताको संविधान जनताले नै बनाउने शुभ संकेत हो यो । विगतमा दलहरुलाई विविध जातजातीले भरिपुर्ण देशमा अनेकतामा एकताको संविधान बनाउने म्यान्डेट दिएर पठाएका थिए जनाताले । तर विडम्वना पहिलो संविधानसभामा दलहरुको क्रियाकलाप हेर्ने हो भने दल र नेताहरु जनताको म्यान्डेट कुल्चेर सत्तालुाछाचुाडीमै व्यस्त भए । फलत: पटक पटक थपिएको संविधान सभा विघटन भयो । जेठ १४ गते बाबुराम भट्टराईको सरकारले गरेको पुन संविधानसभाको निर्वाचनको आह््वानले जनतामा संविधान सभाको झिनो आसा मात्रै  बााकी रह्यो । अन्तत: संविधान सभाको दास्रो निर्वाचन मंसिर ४ गते हुने सरकारको निर्णयले जनता पुन: उत्साहित त भए । तर संविधानसभाको माग गरेरै विद्रोह गरेर आएको एकिकृत नेकपा माओवादीको सालनाल  मोहन वैद्य पक्षधर भने एकिकृत माओवादीबाट फुटेर गएकै कारण  अहिले वैद्यपक्षधर संविधानसभाको आाखामा कसिंगर बनेर विझाउन थालेको छ । 
करिव डेढ सयको हाराहारीमा रहेको नेपालका सबै राजनैतिक दलहरुले वैद्यले जस्तै अड्को थाप्ने हो भने नेपालले संविधान पाउनु भन्दा पनि  देशको अस्तित्व नै धरापमा पर्ने देखिन्छ । त्यसो त आन्तरिक रुपमा सुन्दर नेपालको मनमोहक सौन्दर्यमा अन्तर्राष्ट्रिय गिद्दे नजर नपरेको पनि हैन । वैद्यको संविधान सभा वहिस्कारको यो वखेडाले राष्ट्र र जनतालाई भन्दा बढी फाइदा अराष्ट्रिय तत्वहरुलाई फाइदा पुग्ने देखिन्छ । नेपालीमा वैद्यजीलाई मिल्ने थुप्रै उखानहरु छन् । जो पुर्खाले युगौंदेखी बैद्यजीप्रवृतीका मानिसहरुलाई बनाएको मान्न सकिन्छ । ‘जो अगुवा उहि भगुवा’ त्यस्तै ‘बाादरको हातमा नरिवल’, ‘बाादरले आफ्नो घर बनाउादैन अरुको पनि बााकी राख्दैन’ जस्ता अनगिन्ती उदाहरणहरु छन् । अन्तत : वैद्यजी अप्ठेरोमा फलेको फर्सिजस्तै जनतालाई पुन दु:ख दिने संघारमा उभिएको छ । २१ औं शताव्दीमा बैचारिक बहसको बाटो खुल्ला हुादाहुादै पनि विगतको विद्रोहको ह्याङ्ले नछोडेको उनले जनता शान्तीमार्ग र संविधानबाट परिवर्तन चाहान्छन् भन्ने कुरा विर्सन नहुने थियो । रगत र बन्दुकमा विश्वास गर्ने बैद्य पक्षधर मानसिक रुपमा सिकिस्तै विरामी परेको देखिन्छ । 
जनताले युद्ध छोड र जनमुखी संविधान बनाउ भनेर पहिलोपटक जिताएर पठाएको वैद्य एकिकृत माओवादीबाट फुटेर गएपनि  जनताको म्यान्डेटलाई आ–आफ्नो स्वार्थमा प्रयोग गरेर  संविधान बनाउने बाटोबाटै पन्छिएर डराएर भाग्नु भने हुदैन थियो । अब जनता हिजोको जस्तो चेतनाशुन्य छैनन् भन्ने कुरा वैद्यपक्षधरले बुझ्न जरुर छ ।  केवल जनतालाई आफ्नो स्वार्थका लागि मात्रै प्रयोग गर्ने र राष्ट्र र जनताको पक्षमा केहि गर्न नसक्ने दलहरुलाई  जनताले घृणा गरिसकेका छन् । विगतमा जस्तो भ्रम बााढेर अबका दिनमा पनि विद्रोह सफल हुन्छ भन्ने मानसिकतामा वैद्य रुमल्लिएको देखिन्छ । वैचारिक वहसबाट निकास खोज्ने बाटो हुादाहुादै र निर्वाचनमा भाग लिएर जनताको मन जितेर संविधानसभामा आफ्नो मत जाहेर गर्ने पद्दती हुादा हुादै पनि निर्वाचन विथोलेर बाहिरै बस्नु भनेको वैद्यको पराष्त मनस्थिती हो । अबका दल र नेताहरुले हतियार र हिंसाको मानसिकता त्यागेर सबै दल एकजुत भएर अघि बढ्न सकेमात्रै राष्ट्र र जनताको हित हुन सक्छ । हैन भने जो दल संविधान विरोधी र जनताको चाहाना विपरित कार्य गर्न अघिसर्छ भने त्यो इतिहाासमै विलाएर जानेछ । वहुदलिय प्रणालीमा समाहित भएर पनि आफ्नै मात्र अस्तित्व बलियो देख्ने र अन्य दलको अस्तित्व स्विकार्न नसक्ने हो भने कालान्तरमा त्यस्तो राजनीतिक दल पतनको बाटोतिर उन्मुख हुादै गएको इतिहासहरु धेरै छन् । वैद्य पक्षले भनेको छ ‘निर्वाचनको विकल्प छ भनेर त हामीले पनि भनिरहेका छैनौ’ निर्वाचन गराएर नयाा संविधान बनाउने भन्ने कुराभन्दा पनि देशलाई फासीवादतिर लैजाने पक्रिया अगाडि बढाउन राजनीतिक दलहरू अग्रसर भएको आरोप लगाउादै आएको छ । निर्वाचनको विकल्पनै देखेको वैद्य पक्षधर किन निर्वाचन बाट पछि हट्यो त ? इतिहासमै ठूलो पराजय व्योहोर्नु पर्ने डरले पनि वैद्य निर्वाचनमा भाग लिएनन्  भन्ने पनि राजनैतिक विश्लेषकहरुको तर्क पाइन्छ ।  
पछिल्लो समय वैद्य पक्ष्धरले नेपालको आन्तरिक मामलामाथिको विदेशी हस्तक्षेप भएको अभिव्यक्ति दिादै आएको छ । कुटनीतिक मर्यादा विपरीतका अभिव्यक्ति दिएको भन्दैसंयुक्त राष्ट्र संघलाई जस्तो अन्तर्राष्ट्रय संस्था लाई समेत आरोप लगाउादै आएको छ । तर स्वदेश भित्रका राजनैतिक विश्लेषकहरु भने नेपालमा संविधान नचाहने विदेसी तत्वहले वैद्य पक्षधरलाई प्रयोग गरेको तर्क गर्छन् । हुन त विगतमा वैद्यपक्षले राजतन्त्रबादी साग सहकार्य गर्न सक्ने अभिव्यक्ति दिएर पनि जनताको शंकाको घेरामा आफुलई पारिसकेका छन् । जसले गर्दा वैद्य पक्ष जनताको नजरमा दलगत र व्यक्तिगत स्वार्थको लागि मात्र हरकत गर्ने पार्तीको रुपमा बुझ्न थालेका छन् । 
यदि वैद्य पक्षधरले जनताको मन जित्ने हो भने मुलधारमा रहेका दलहरुसाग सहकार्य गरेर देश र जनताको पक्षमा संविधान लेख्न सघाउन आवश्यक छ । सडकमा बसेर खबरदारी गर्नु र  सभाहलमा बसेर खवरदारी गर्नुमा आकास जमिनको अन्तर छ । जनतालाई दु:ख दिएर राजनीति गर्ने बानी अब वैद्यलेमात्रै हैन देशमा रहेका सबै दलहरुले छोड्न जरुर छ । एक युगमा एउटैमात्र त्यस्तो कालखण्ड आउाछ जस्लाई आफुले उचित ढंगसाग समायोजन गर्न सकेन भने र जनताको मन जित्न सकेन भने कालान्तरमा त्यस्ता दलहरु धुलिसात् भएर जान्छ र गएको इतिहाास पनि छ । त्यसैले वैद्य र उनी पक्षधर हिंसात्मक बाटोतिर जान छोडेर शान्तीपूर्ण धारमा आएर सरकारसाग सकिने सहमती गरेर संविधान बनाउने बाटोमा अग्रशर हुनु आवश्यक छ । वैद्यजी आफैले उठाएको संविधान सभाको मुद्दालाई कालान्तरमा आएर आफैले तीर हानेर हत्या गरि जनविरोधी कार्य गर्नुको कुनै औचित्य छैन ।