साहित्यिक पत्रकारिताको डोरो

सचित राईं
‘सुधासागर’ मासिक (विक्रम संवत् १९५५) प्रकाशनपछि पत्रकारिताले करिब एक सय १५ वर्षको अवधिमा निकै फड्को मारेको छ । यसो भनौं कि पत्रकारिताले ‘छलाङ’ नै मारेको छ । ‘गोरखापत्र’ साप्ताहिक (विक्रम संवत् १९५८)सागै सुरु भएको अखबारी पत्रकारिता अब प्रसारणदेखि अनलाइनसम्म आइपुगेको छ । त्यति मात्र कहा हो र ! हिजोआज त सामाजिक सञ्जालमा समेत पत्रकारिताको आभास पाइन थालेको छ । त्यसैले होला ‘न्यु मिडिया’को अवधारणा पनि अघि सारिएको । हुन त सामाजिक सञ्जाल (सोसल नेटवर्क)ले पत्रकारिताको धर्म कति निर्वाह गर्न सकेका छन्, कति सकेका छैनन् त्यो बहसकै विषय हुन आउछ । यस लेखको उद्देश्य त्यसको खोलतखातल होइन, साहित्यिक पत्रकारिताबारे गन्थन/मन्थन गर्नु मात्र हो ।
साहित्यिक पत्रकारिताका भुक्तभोगीहरू यसलाई ‘फलामको चिउरा’ चबाउनुसरह हो भन्छन् । यस्तो पत्रकारिता गर्नेहरूले ‘फलामको चिउरा’ चबाउन सके या सकेनन्, त्यो उनीहरू नै जानून् । कठिनाइचाहि अवश्य नै भोगेको अनुमान लगाउन दिमाग खियाइरहनुपर्दैन । त्यसै त साहित्यलाई अनुत्पादक क्षेत्र भन्छन् मान्छेहरू, त्यहीमाथि पत्रकारिता रे ! अनुत्पादक क्षेत्रको पत्रकारिता पनि अचम्म ? साहित्यिक पत्रकारिता कसरी डोरिदै आउन सक्यो होला ? अब कसरी डोरिदै अघि बढ्छ ? मननीय पक्ष हो । राजनीतिक अस्थिरताले खर्लप्पै निलेको देशमा अन्य प्रकारको पत्रकारिता कसरी फस्टाउला र ! राज्यव्यवस्था सुदृढ हुदा पो राज्यका हरेक निकाय/ फस्टाउछन्, सबल हुन्छन् । व्यावसायिक बनिसकेको भनिएको अखबारी/प्रसारण पत्रकारिता नै अनिश्चयको भुमरीमा परेको बेला साहित्यिक पत्रकारिता त रहरजस्तो मात्र छ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि आमसञ्चारमाध्यममा उल्लेख्य विकास भएको हो । अखबारी पत्रकारिता फस्टाएर गएको पनि हो । पत्रकारिताबाट जीवन गुजाराको मेलोमेसो पनि बसेकै हो । तर, साहित्यिक पत्रकारिता फस्टाउन नसकेको तीतो यथार्थ छ हामीसाग । निजी क्षेत्रका दैनिक पत्रपत्रिकामा साहित्यिक गतिविधि प्राथमिकता सूचीको अन्तिमतिर पर्छ । प्रसारण माध्यममा त सकेसम्म साहित्यलाई ‘कभरेज’ नगर्न पाएजस्तो हुन्छ । एफएमहरूमा केही साहित्यिक कार्यक्रममार्फत चित्त बुझाउनुपरेको छ । उफ् ! साहित्यिक पत्रकारिता । ठूला दैनिक पत्रिकाहरूले ‘कला/मनोरञ्जन’ भनेर ठाउा छुट्टयाए पनि त्यहाा बढीजसो फिल्मी खबरले प्राथमिकता पाउाछ । बरु शनिबार–शनिबार प्रकाशन हुने परिशिष्टांकमा चाहिा साहित्यलाई राम्रै स्थान दिएको पाइन्छ । सरकारी निकाय मातहतबाट प्रकाशित दैनिकले पनि शनिबारीय परिशिष्टांकमा मात्र साहित्यलाई समेटेको छ । हुन त साहित्यिक खबरले प्राथमिकता नपाउनु समाचारको महत्वको हिसाबले पनि हुन सक्छ । यसको अर्थ प्रकाशनगृह तथा प्रसारण संस्थामाथि दोष दिनु भने होइन । साहित्यिक पत्रकारिताको अवस्थाको संक्षिप्त टिप्पणी मात्र हो । साहित्यिक गतिविधि या खबर किन महत्वको बन्न सकेन ? यसको उत्तर खोज्ने अभिप्राय: हो ।
समग्र पत्रकारिता साहित्यिक पत्रकारिताबाट अगाडि बढे पनि (नेपालबाट प्रकाशित पहिलो पत्रिका ‘सुधासागर’मा साहित्य समावेश भएको उल्लेख पाइन्छ तर पत्रिका भने अझै अप्राप्य त्यसैले) साहित्यिकचाहि जहाको तहीं छ भने पनि हुन्छ । खासगरी, साहित्यिक पत्रकारिता रहरमा हुदै आएको छ । केही पत्रपत्रिका सरकारी निकायबाट प्रकाशनमा आए । निरन्तर पनि छन् । २००७ सालको क्रान्तिअघि नाम चलेका ‘शारदा’ मासिक १९९१, ‘उद्योग’ पाक्षिक १९९२, ‘साहित्य स्रोत’ मासिक २००४ लगायत पत्रिका सरकारको आर्थिक सहयोगमा प्रकाशनमा आएका थिए । तर, ती पत्रिकाले राणाशासनकालमा कति स्वतन्त्रता उपभोग गर्न पाए भन्ने त सजिलै अनुमान लगाउन सकिन्छ । त्यसो त भारतीय भूमिबाट १९९१ अघि केही पत्रपत्रिका प्रकाशनमा नआएका भने होइनन् । तर, नेपालमा भने ‘गोरखापत्र’ समाचारपत्र भएका कारण ‘शारदा’ले साहित्यिक पत्रकारिताको जग बसाल्यो भन्नुपर्छ । २००७ सालको राजनीतिक परिवर्तनपछि निजीस्तरबाट साहित्यिक पत्रपत्रिका प्रकाशनमा आएको देखिन्छ । ‘प्रतिभा’ २००९, ‘प्रगति’ २०१०, ‘धरती’ २०१३, ‘साहित्य’ २०१६, ‘रूपरेखा’ २०१७, ‘रचना’ २०१८, ‘भानु’ २०२०, ‘सुस्केरा’ २०२७, ‘वेदना’ (२०३०), ‘उत्साह’ २०३५, ‘बगर’ २०३९ जस्ता पत्रिका प्रकाशनमा आए ।
सरकारी निकायअन्तर्गत ‘मधुपर्क’ मासिक २०२५, ‘गरिमा’ मासिक २०३५ लगायतका केही प्रकाशनमा छन् । त्यस्तै, ‘समकालीन साहित्य’, ‘कविता’लाई पनि साहित्यिक पत्रकारितामा उल्लेख गर्नुपर्ने हुन्छ । बैंकिङ क्षेत्रबाट ‘मिर्मिरे’ र ‘समष्टि’ प्रकाशित छन् । यद्यपि, अधिकांश साहित्यिक पत्रिका व्यक्तिगत प्रयासबाट प्रकाशित देखिन्छन् । त्यस्तो अवस्थाबाट पत्रिका प्रकाशनमार्फत जीवन गुजाराको त कुरै छाडौं बिक्रीमै प्रश्नचिह्न ? अनि दाातबाट पसिना निस्कादैन त ? न राज्यबाट कुनै सुविधा छ न त बजार नै । कसरी धान्नु पत्रिका प्रकाशन ? गोजी तातो भएसम्म गाास काट्यो, ‘पत्रिकाको खेती’ गर्‍यो । या त दुई/चार जना साथीसंगी मिल्यो, केही रकम आफैं जम्मा गर्‍यो । सम्पादक भइटोपल्यो । पत्रिकाको निरन्तरताचाहिा कहिलेकाहीं मात्र । नगरौं भन्दा पनि नहुने । क्षतिपूर्तिको सिद्धान्तले होला सायद । सबै क्षेत्रमा क्षतिपूर्तिको सिद्धान्तले नै काम गरेको छ भन्छन् । कसैलाई लेखक, कसैलाई पत्रकार, कसैलाई सम्पादक, कसैलाई खेलाडी बनेर देखाउनु छ । सुरुवातमा समाज र राष्ट्रका लागि भनेर सायदै सोच्छ व्यक्तिले । क्षतिपूर्तिका लागि गर्दै–भन्दै जाादा योगदान पुग्दै जाने हो । साहित्यिक पत्रकारिता पनि यस्तै–यस्तै होला भन्छु । समग्र पत्रकारिता नै ऊाभो लाग्न नसकिरहेको बेला साहित्यिक पत्रकारिता गर्नु चुनौती मोल्नु सिवाय केही होइन । दैनिक पत्रपत्रिकामा आबद्ध केही साहित्यिक पत्रकारले दुखजिलो गरेका होलान् तर साहित्यिक पत्रिका नै निकालेर जीवन गुजारा गर्छु भन्नु ‘आकाशको तारा झार्छु’ भन्नुजस्तै होला । राज्यले संरक्षण गरेको भाषामा त यस्तो दयनीय अवस्था छ भने अन्य भाषामा कस्तो होला ? पक्कै समस्या चर्को छ । बान्तवा भाषामा एक मात्र ‘बुङ्वाखा’ मासिक नियमित रूपमा प्रकाशनमा छ । अरू खोजीकै विषय हुन आउाछ ।
सायद मैले पनि क्षतिपूर्तिको सिद्धान्तअनुरूप नै साहित्यिक पत्रकारिता थालें हुाला । लेखक बन्ने, नामी बन्ने ‘भूत’ले यतैतिर डोर्‍यायो कि भन्छु । ‘पारुहाङ’ र ‘चियाबारी’ भित्तेपत्रिकासागको आबद्धताले ममा पत्रकारिताको जग बसालेको हो । खासगरी, ‘पारुहाङ’ हस्तलिखित भित्रेपत्रिका बान्तवा भाषासाग सरोकार राख्छ । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा अध्ययनताका देवनागरी लिपिमा पारुहाङ निकालियो । त्यसलाई पछि आएर द्वैभाषिक रूपमा विशेषांक बनाएर पुस्तकाकारमा प्रकाशन गरियो । त्यसपछि ‘जमर्को’लगायत केही पत्रपत्रिकाले यसप्रति आकर्षण बढाइदियो । २०५७ का अन्तिम समयदेखि ६० सालसम्म साथीहरू (याबरा अटल, कृष्ण राई ‘अभागी’, अशोककुमार बान्तवा, राजन राई, नीलम राई, दीपक चापागाईं)साग मिलेर इलामबाट लगातार ‘इशारा’ हवाई मासिक (जसका तीन हजार ग्राहक थिए) निकाल्दाका तीता–मीठा क्षण निक्कै छन् । के भनीसाध्य । बरु एउटा कुराचाहिा हालुा– त्यसबेला निकै समयको दगुराइपछि मात्र ‘इशारा’का लागि हुलाक टिकटमा अखबारी पत्रिकाले जस्तै सुविधा प्राप्त भएको थियो । हुलाक अधिकारीहरू साहित्यिक पत्रिकामा ‘सरकारी सुविधा छैन’ भन्थे । उनीहरू पछि ‘तपाईंहरूलाई सुविधा दिइहालियो अरूलाई दिइन्न’ पनि भन्थे । ‘इशारा’पछि अरू साहित्यिक पत्रिकालाई सुविधा दिए कि दिएनन् उनीहरू नै जानून् । याबरा अटल, कृष्ण राई ‘अभागी’, अशोक बान्तवा र यो पंक्तिकारले हुलाक कार्यालय निकै धाउनुपरेको थियो ।
काठमाडौं आएपछि यहा पनि साथीहरूसागै मिलेर ‘बहुलता, विमर्श र संवाद’का लागि भनेर ‘साइनो’ साहित्यिक पत्रिका प्रकाशनमा ल्याइयो । त्यो पनि दुई/चार अंक । निरन्तरता त उई ! पत्रिकाको आय भनेको ग्राहक शुल्क र विज्ञापन । विज्ञापन र ग्राहक नभएपछि कसरी प्रकाशन होला पत्रिका ? ‘साइनो’ रोकिएको दुई/चार वर्ष बितेछ । ‘नमन’मा अर्का साथीहरूसाग आइपुगेको छु । सिर्जनशील युवा साथीहरूको संगत मिलेको छ । अखबारी पत्रकारितालाई जीवन गुजाराको मेलोमेसो बनाएपछि साहित्यिक पत्रिका प्रकाशनमा मैले रुचि घटाएकै हो । ‘नमन’ प्रकाशन साहित्यिक पत्रकारिता भयो या भएन ? पत्रकारिताको कसीमा पर्‍यो या परेन ? साहित्यिक कर्म गर्ने जमर्कोसम्म गरिएको हो । ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनेजसो पनि होइन । बढी महत्वाकांक्षी भएर बिग्रनु पनि छैन । त्यसैले सानो भए पनि सकारात्मक काम गरौं भन्ने अठोट मात्र हो ।
‘नमन’ साहित्यिक पत्रिकाबाट साभार