Bisal Chautari Logo

जेट विमान प्रयोग गर्ने चर्चित फुटबलरहरू –

- ६ फाल्गुन २०७४, आईतवार ११:२० मा प्रकाशित


The famous footballers used by the jet plane
विशाल चौतारी समाचार 
काठमाडौं, २०७४ फाल्गुन ६ गते आइतबार ।
रोनाल्डिन्हो (ब्राजिल) इम्ब्रेयर फेनोम १००
२६ लाख पाउन्ड
कुनै समयका विश्व फुटबलकै स्टार रोनाल्डिन्होले गत महिना सबैखाले फुटबलबाट सन्न्यास घोषणा गरे । यद्यपि, फुटबलबाट टाढिए पनि रोनाल्डिन्होको लाइफस्टाइल भने वर्तमान कुनै स्टार खेलाडीको भन्दा कम छैन । रोनाल्डिन्हो कुनै लामो यात्रामा निस्किनु परे निजी जेट प्रयोग गर्छन् । २६ लाख पाउन्ड पर्ने इम्ब्रयर फेनोम १०० जेट उनीसँग छ । यो जेट प्रतिघण्टा ४ सय ६६ माइल्सको स्पिडमा उड्न सक्छ । प्रतिदिन यो विमानको रेन्ज भनेकै १ हजार ३ सय ५५ माइल्स हो । ब्राजिलमै बनेको यो जहाज रोनाल्डिन्होले केही वर्षअघि मात्र किनेका थिए ।
काका (ब्राजिल) सेस्ना सिटासन जे ३ प्लस
५७ लाख पाउन्ड
अर्का ब्राजिलियन फुटबलर काका पनि स्वदेशबाट विदेश भ्रमणमा निस्किँदा निजी जेट नै प्रयोग गर्न रुचाउँछन् । ५७ लाख पाउन्ड पाउन्ड खर्चेर उनले सेस्ना सिटासन जे ३ प्लस नामको जेट खरिद गरेका छन् । उनको जेट प्रतिघण्टा ४ सय ७८ माइल्स स्पिडमा उड्न सक्छ । दिनमा यसले २ हजार ४० माइल्स यात्रा गर्न सक्छ । यो जेटलाई पूर्ण रूपले डिजिटल अटोसिस्टमबाट चलाउन सकिन्छ । विश्वकै उत्कृष्टमध्येको यो जेट काकाले दुई वर्षदेखि प्रयोग गरिरहेका छन् ।
८ गेराथ वेल (वेल्स) सेस्ना सिटासन एक्सएल प्लस
८६ लाख पाउन्ड
इंग्लिस प्रिमियर लिगको टोटनह्याममा रहँदासम्म गेराथ वेल औसत स्टार खेलाडी थिए । सन् २०१३ मा जब उनी स्पेनिस महारथी रियल म्याड्रिडसँग आबद्ध भए, तब रातारात स्टार बने । यही स्टार्डमकै कारण वेलको लाइफस्टाइल बदलियो । उनले सेस्ना सिटासन एक्सएल प्लस जेट विमान किनेका छन् । वेलले यसका लागि ८६ लाख पाउन्ड खर्चेका छन् । यो काकाकै जेट विमानजस्तो हो । तर, वेलको केही फरक छ । यो प्रतिघण्टा ५ सय ७ माइल्स स्पिडमा उड्न सक्छ भने दिनमा २१ सय माइल्स उड्ने क्षमता राख्छ । वेल रियल म्याड्रिडबाट वेल्स जाँदा यही जेट प्रयोग गर्छन् ।
नेमार जुनियर (ब्राजिल) इम्ब्राए लेगासी ४५०
१ करोड ८ लाख पाउन्ड
ब्राजिलयन नेमार जुनियर विश्वकै महँगा फुटलबर हुन् । गत सिजनमा नेमार बार्सिलोनाबाट पिएसजीमा १९ करोड ९० लाख पाउन्डमा अनुबन्ध भएका थिए । चुलबुले युवा फुटबलर नेमारसँग पनि सानदार निजी जेट छ । प्रेमिका ब्रुना माक्विजिनलाई साउ पोब्लोमा भेट्न जाँदा उनी बार्सिलोनाबाट इब्राएर लेगासी ४५० नामको जेटमा गएको खबर निकै चर्चामा रह्यो । १ करोड ८ लाख पाउन्ड मूल्यको उनको जेटको स्पिड प्रतिघण्टा ५ सय ३१ किलोमिटर छ । प्रतिदिन यो विमानले २९ सय माइल्स यात्रा गर्न सक्छ । नाइट भिजन क्यामरा र फ्लाइट भिजन सिस्टम जहाजको खास विशेषता हो । नेमारको जहाजमा नौजना यात्रु सहजै बस्न सक्छन् ।
वाइन रुनी (इंग्ल्यान्ड) फाल्कोन ९०० एक्सएल
१ करोड ४० लाख पाउन्ड
इंग्लिस फुटबलर वाइन रुनी गत वर्ष मात्रै म्यानचेस्टर युनाइटेडबाट एभर्टनमा आबद्ध भए । इंग्लिस प्रिमियरका बेलायती फुटबलरमध्ये रुनीसँग महँगो जेट विमान छ । फाल्कोन ९०० एक्सएल नामको विमान किन्न उनले १ करोड ४० लाख पाउन्ड खर्चेका छन् । यो ६६ फिट लामो र २४ फिट अग्लो छ । युनाइटेडबाट एभर्टन जाँदा रुनीले यही विमान प्रयोग गरेका थिए । गत वर्ष दुबईमा बिदा मनाउन जाँदा पनि उनले फाल्कोन ९०० नै प्रयोग गरेका थिए ।
पाउल पोग्वा (फ्रान्स) गल्फस्ट्रिम जी २८०
१ करोड ८० लाख पाउन्ड
फ्रेन्च सुपरस्टार पाउल पोग्बा आफू स्टार गायकझैँ जीवन बिताउन मन पराउने खेलाडी भएको बताउँछन् । पप स्टारका हाउभाउ तथा वेशभूषा उनी दैनिक जीवनमा प्रयोग गर्छन् । म्यानचेस्टर युनाइटेडमा कीर्तिमानी रकममा अनुबन्ध भएका पोग्वासँग गल्फस्ट्रिम जी २८० नामको निजी जेट छ । उनले यो जेटका लागि १ करोड ८० लाख पाउन्ड खर्चेका छन् । प्रतिघण्टा ५ सय ५९ माइल्स स्पिडमा उड्ने गल्फस्ट्रिम जी २८० ले दिनमा ३६ सय माइल्स दूरी तय गर्न सक्छ । लक्जरी क्याबिनको सुविधा भएको जेटमा १० यात्रु सहजै अटाउन सक्छन् । पोग्वाले जेटभित्र बेड पनि राखेका छन् । यात्रा गर्दा त्यही बेडमा बस्छन् ।
डेभिड बेकह्याम (इंग्ल्यान्ड) बोम्ब्राडिएर च्यालेन्जर ३५०
१ करोड ९० लाख पाउन्ड
डेभिड बेकह्यामले फुटबलबाट सन्न्यास धेरै अगाडि लिए पनि उनको लाइफस्टाइल वर्तमान स्टार फुटबलरको भन्दा कम छैन । अहिले पनि बेकह्याम बेलायताबाट अरू राष्ट्रको भ्रमण वा लामो दूरी यात्रा गर्दा निजी सेटमा सवार हुन्छन् । त्यसो त उनीसँग दुई विमान थिए, तर एउटा बेचिसकेका छन् । गएको दशकमा उनले बोम्ब्राडिएर सिरिजकै जेट प्रयोग गरे । हाल उनी बोम्ब्राडिएर च्यालेन्जर ३५० जेट प्रयोग गर्छन् । यसको मूल्य १ करोड ९० लाख पाउन्ड हो । विमानलाई थप आकर्षक बनाउन उनले थप १० लाख पाउन्ड खर्चेका छन् । बेकह्याम परिवार विदेश यात्रा गर्दा च्यालेन्जर ३५० नै प्रयोग हुुन्छ । यो विमान प्रतिघण्टा ५ सय २८ माइल्स र दिनमा ३२ सय माइल्स उड्न सक्छ ।
ज्लाटन इब्राहिमोभिच (स्विडेन) सेस्ना सिटासन लङगिच्युड
२ करोड १० लाख पाउन्ड
म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले सेस्ना सिटासन लङगिच्युड विमान प्रयोग गर्छन् । सिटासनको नयाँ सिरिज २०१६ मा लन्च भएको थियो । सन् २०१७ को लङच्युड सिरिज आउँदा इब्राहिमोभिचले २ करोड १० लाख पाउन्ड खर्चेर आफ्नो बनाए । यसको विंग ६५ फिटको छ । ५ सय ४८ माइल्स प्रतिघण्टाको स्पिडमा उडान भर्न सक्ने यो विमान दिनमा ३५ सय माइल्स यात्रा गर्न सक्छ । १२ यात्रुको क्षमता रहेको यो जेट प्रयोग इब्राहिमोभिच अक्सर लन्डनबाट स्विडेन यात्रा गर्दा गर्छन् ।
लियोनल मेसी (अर्जेन्टिना)
इब्राएर लेगासी ६५०
२ करोड ५० लाख पाउन्ड
वर्तमान समयकै उत्कृष्ट फुटलबर अर्जेन्टिनी लियोनल मेसीसँग दोस्रो सर्वाधिक मूल्यको जेट विमान छ । इब्राएर लेगासी ६५० सिरिजको यो विमान किन्न उनले २ करोड ५० लाख पाउन्ड खर्चेका छन् । प्रतिघण्टा ५ सय २८ माइल्स स्पिडमा उड्ने लेगासी ६५०ले दिनमा ११ सय ३४ किलोमिटर उडान भर्न सक्छ । १४ यात्रु बस्न सक्ने यो विमानले १० वर्षमा १० हजारपटक उडान भर्न सक्ने कम्पनीको दाबी छ । मेसी परिवार जहाँ जाँदा पनि यही विमान प्रयोग गर्छन् ।
क्रिस्टियानो रोनाल्डो
गल्फस्ट्रिम जी ६५०
२ करोड ८० लाख पाउन्ड
फुटबलरमध्ये सबैभन्दा महँगो जेट विमान पोर्चुगी तथा रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोसँग छ । गल्फस्ट्रिम जी ६५० सिरिजको जेट किन्न रोनाल्डोले २ करोड ८० लाख पाउन्ड खर्चेका छन् । दुई इन्जिन जडित जी ६५०ले दिनमा २९ सय ५० किलोमिटर माइल्स दूरी तय गर्न सक्छ । यो विमानको प्रतिघण्टा ६१० माइल्स स्पिड क्षमता छ । १८ व्यक्ति सहजै अटाउन सक्ने जेट विमानलाई रोनाल्डोले सिआर सेभेन नाम दिएका छन् ।

प्रतिक्रिया