Bisal Chautari Logo

‘शुभ लभ’को ‘टुक्रियो एउटा सपना’ गीत सार्वजनिक (भिडियो)

- २८ फाल्गुन २०७५, मंगलवार १७:२१ मा प्रकाशित


SUBHA LOVE Movie Song Harihar Adhikari and Cristin Poudel
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ फाल्गुन २८, मंगलबार ।
युवा ज्योतिष हरिहर अधिकार र कृष्टिन पौडेलको डेव्यु सिनेमा ‘शुभ लभ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको मार्मिक गीतमा प्रेमी र प्रेमीकावीच आउने उतार चढावको कथा पेश गरिएको छ । सार्वजनिक गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ । सार्वजनिक गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चैत्र १५ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।
‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक श्री प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् ।
सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

Tukriyo Euta Sapana – SUBHA LOVE Movie Song || Harihar Adhikari, Cristin Poudel || Bishal Niroula

► Song: Tukiryo Euta Sapana…टुक्रीयो एउटा सपना”
► Movie: Subha Love
► Vocal/Lyrics/Music: Bishal Niroula
► Colorist: Renish Phago
► Editor: Banish Shah, Bhupendra Adhikari
► DOP: Rameshowr Karki
► Producer: Dharma Raj Sharma Subedi
► Presenter: Shree Pradeep Kumar Uday
► Director: Santosh Babu Lohani

प्रतिक्रिया