Bisal Chautari Logo

मन थामेर हेर्नुहोस्: एचआईभी भएको २५ बर्ष भयो, सगरमाथा चढ्दैछन्, राख्दैछन् किर्तिमान

- १५ चैत्र २०७५, शुक्रबार ०४:१० मा प्रकाशित


HIV AIDS GOPAL SHRESTHA MOUNT EVEREST CLIMB

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १५, शुक्रवार।
उमेरले ५० काटिसक्यो तर जोस उही जवानीको जस्तो छ । हेर्दा र सुन्दा पत्यार नै लाग्दैन कि उनी एचआईभी संक्रमित हुन् भनेर । उनको अनुहारमा कुनै लक्षण तथा संकेत नै छैन, सधै हसिँलो अनुसार, तन्दु्रस्त शरिर लिएर हिडेका छन् । हो, उनी हुन् पूर्व राष्ट्रिय फूटबल खेलाडी गोपाल श्रेष्ठ ।

आजभन्दा ११ वर्षअघि ‘म एचआइभी एड्स सँक्रमित हुँ’ भनेर सार्वजनिक हुँदा गोपाल श्रेष्ठले सगरमाथा आरोहण गर्ने संकल्प गरेका थिए । उमेर घर्किदै जाँदा पनि उनमा उत्साह मरेको छैन । २०७२ सालको भूकम्पमा पनि उनी सगरमाथा चढ्छु भनेर झोला बोकेर गएका थिए तर सगरमाथाको आधारशिबिरमा आएको बिपत्तीमा उनी ज्यान जोगाएर फर्किए फेरी यो बर्ष उनी सगरमाथाको चुचुरो चुम्न जादै छन् ।

उनै एचआईभी संक्रमित व्यक्ति तथा सगरमाथा आरोहण सफलतापूर्व गर्ने संकल्प बोकेर हिडेका गोपाल श्रेष्ठसंग गरिएको कुराकानी अब प्रस्तुत गर्दैछौं ।

प्रतिक्रिया