Bisal Chautari Logo

‘विर विक्रम २’को गीत रिलिज || अजरबैजानमा पल र वर्षाले गरे यस्तो वाचा

- ३ बैशाख २०७६, मंगलवार १०:०९ मा प्रकाशित


Paul Shah – Bir Bikram 2 Song released
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ बैशाख ३ मंगलबार ।
अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटी स्टार चलचित्र ‘विर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक भएको छ ।

जेठ ३ गतेलाई प्रदर्शन मिति तोेकेको चलचित्रको यो गीतलाई नरेश भट्टराइले लेखेका हुन् । ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा तारा र दीपा लामाको स्वर छ । यो चलचित्रलाई अजरबैजानको रमणीय लोकेशनमा खिचिएको हो ।

चर्चित निर्देशक मिलन चाम्सले निर्देशन गरको चलचित्र ‘विर विक्रम २’को यो गीतमा पल र वर्षालाई फिचरिङ गरिएको छ । पल र वर्षाको जोडी जमेको छ । गीतको भिडियोलाई कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । चलचित्रमा पल र बर्षाको साथमा नायक नाजिर हुसेनको पनि मुख्य भूमिका छ ।
चलचित्र ‘विर विक्रम २’लाई सुदिप कँडेलले खिचेका हुन् । चलचित्रको यसअगाडि सार्वजनिक ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतले दर्शकको राम्रै मन जितिरहेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया