Bisal Chautari Logo

‘लभ डायरीज’को फस्र्टलूक पोस्टर सार्वजनिक, सुशील र रुबीनाको रोमान्स

- ३१ बैशाख २०७६, मंगलवार १६:०८ मा प्रकाशित


love diaries Nepali Movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ बैशाख ३१ मंगलबार ।
अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री रुबीना थापा फिचर फिल्म ‘लभ डायरीज’को फस्र्टलूक पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ ।


सौरभ चौधरी निर्देशित चलचित्र असोज ३ गते रिलिज हुनेछ । सार्वजनिक गरिएको पोस्टरमा सुशिल र रुबिना रोमान्टिक मुडमा देखिन्छन् । चलचित्रमा सुशीलले विदेशी मोजमस्तीमा रमाएको युवकको भूमिका निर्वाह गरेको बताइएको छ । एक पोस्टरमा सुशिलले आफ्नो सिक्स प्याक शरीर पनि देखाएका छन् । अभिनेता शुशीलले यस फिल्ममा दाह्री र कपाल निकै लामो बनाएका छन् । यसअघि ‘होस्टल रिटन्स’, ‘सायद २’ र ‘कारखाना’ फिल्ममा अभिनय गरिसकेका उनको यो चौथो फिल्म हो । उनले फिल्ममा आफूले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेको बताएका छन् ।

फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय छ । यस फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह–निर्माण छ ।

ADD

प्रतिक्रिया