Bisal Chautari Logo

टिक–टक भाइरल प्रिष्मा र प्रिन्सी चलचित्र ‘लभ डायरिज’को गीतमा

- २५ कार्तिक २०७६, सोमबार १३:१२ मा प्रकाशित


Love Diaries- nepali movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक २५ सोमवार ।
सौरभ चौधरी निर्दे्शित लभस्टोरी चलचित्र ‘लभ डायरिज’को नयाँ रिलिज डेट तय भएको छ ।

चलचित्रको सम्पूर्ण छायाँकन सकाउदै निर्माण पक्षले फागुन २ (भ्यालेन्टाइन डे)लाई रिलिज तोकेको हो । छायाँकन अन्तर्गतको अन्तिम गीत आइतबार हायात होटल परिसरमा खिचियो । अर्जुन पोखरेल शब्द तथा संगीत रहेको ‘छम छम छम’ बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ ।

प्रविण सिंहले कोरियोग्राफी गरेको गीतमा कलाकार सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा र प्रिन्सी खतिवडा र कमला घिमिरे प्रस्तुत भएका छन् । टिक–टक भाइरल हुँदै म्युजिक भिडियोमा व्यस्त प्रिष्मा र प्रिन्सी पहिलो पटक चलचित्रको गीतमा देखिदैछन् ।
यो चलचित्रमा सुशील, रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् । संजय लामाले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । मधु बास्तोलाको कथा र पटकथा रहेको चलचित्रमा सम्पादक साहिल खानले सह–निर्देशकको काम गरेको छन् । विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधरको सह–निर्माण छ ।

प्रतिक्रिया