Bisal Chautari Logo

चलचित्र ‘च च हुई’को चार क्यारेक्टर पोस्टर सार्वजनिक

- २५ कार्तिक २०७६, सोमबार १३:४६ मा प्रकाशित


cha cha hui movie poster release
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक २५ सोमवार ।
साम्तेन भुटियाको निर्देशनमा रहेको चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

यो चलचित्र आउँदो मङ्सिर ६ गतेबाट प्रदर्शनमा आँउदै छ । चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरिसकेपछि अझै यसको क्यारेक्टरलाई थप चिनाउन निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।

चलचित्रका मुख्य चार क्यारेक्टर प्रेम (आर्यन सिग्देल), भोला (भोलाराज सापकोटा), संगीता (मिरुना मगर) र श्यामलाल (माओत्से गुरुङ)को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पछिल्लो समय लभ स्टोरी जनराका चलचित्रमा देखिदै आएका अभिनेता आर्यन सिग्देलको रोमान्टिक कमेडी जनराको चलचित्रमा देखिएका हुन् ।

दुई बेकमिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ । जीवनको पिङ ‘च च हुई’ गरेर मच्चिन खोज्दा आउने अवस्थालाई चलचित्रमा देखाइएको छ । आर्यन र भोला हङकङमा काम गरिरहेका दुई युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् ।

साम्तेन भुटियाको निर्देशन र सम्पादन रहेको चलचित्रमा आर्यन, मिरुना, भोला, माओत्सेसँगै पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ल लगायत कलाकारको पनि अभिनय रहेको छ । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी अमृत घोले यसै चलचित्र मार्फत निर्माणमा आउँदैछन् ।
सुशन प्रजापतिले छायाँकन गरेको चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । चलचित्रका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

प्रतिक्रिया