Bisal Chautari Logo

चलचित्र ‘अन्तरे’मा मुकुन भुषाल अन्तरे बन्दै

- २६ कार्तिक २०७६, मंगलवार ०९:२५ मा प्रकाशित


Antare- nepali movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक २६ मंगलवार ।
चलचित्र ‘बुलबुल’मा चोपेन्द्रको भूमिका निभाएर चर्चा कमाएका अभिनेता मुकुन भुषाल नयाँ चलचित्र ‘अन्तरे’मा देखिने भएका छन् ।

सत्यराज चौलागाईंले निर्देशन गर्ने यस चलचित्रमा उनले अन्तरे अर्थात प्रमूख भूमिकामा देखिदैछन् । यसै साता उक्त चलचित्रमा आवद्ध भएको भुषालले बताए । उनले आफ्नो समय र टीम दुवै मिल्न आएको बताए । ‘चलचित्रको मूख्य पात्र अन्तरे हो र अन्तरेको भूमिका बलियो छ । बुलबुलबाट मैले पाएको माया दर्शकबाट नमरोस् भनेर मैले धेरै स्क्रिप्ट पढिरहेको थिएँ । त्यहि बिचमा यो चलचित्रको स्क्रिप्ट पनि पाएँ ।

मैले जे खोजेको थिएँ त्यहि यसमा पाएँ’ मुकुनले भने, ‘मैले मेरो आफ्नो पात्र मात्र हेरिन, पुरै स्क्रिप्ट पढेँ । स्क्रिप्टमा जे लेखिएको छ पुरै चलचित्रमा देखाउन सकिने गरि लेखिएको छ । समग्रमा ‘अन्तरे’ नेपालमा चाहिएको जस्तै चलचित्र बन्नेछ’ ।
यो चलचित्र चरित्रात्मक भएकोले त्यही किसिमको चरित्र निर्वाह गर्ने अन्य कलाकारहरु छनोटको काम भइरहेको निर्देशक चौलागाईँले बताए । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा राज पण्डित र सुबास राईको लगानी रहनेछ । फागुनको पहिलो साता फ्लोरमा जाने तयारी गरिरहेको निर्माता राज पण्डितले बताए ।

प्रतिक्रिया