Bisal Chautari Logo

चलचित्र ‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर

- २६ कार्तिक २०७६, मंगलवार ०९:३५ मा प्रकाशित


mr. nepali premier america
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक २६ मंगलवार ।
शुक्रबारदेखि नेपालमा रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर गरिएको छ ।

अमेरिकाको टेक्सासमा आयोजना भएको चलचित्रको प्रिमियरमा दर्शकको उल्लेख्य सहभागीता थियो ।
चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले यसलाई उत्कृष्ट भने । चलचित्र हेरेर फर्किएका केही दर्शकले विदेशमा बसेका नेपालीले हेर्नैपर्ने चलचित्र बनेको बताए ।

कतिपयले भने विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो चलचित्र देखाउन आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । केही दर्शकले भने चलचित्रले खुबै हसाँएको पनि बताए ।
चलचित्र हेर्ने अधिकांश दर्शक यसको कथावस्तुबाट सन्तुष्ट देखिएका छन् । उनीहरुले, राष्ट्रियताको कथा उठान गरेकाले पनि चलचित्र विदेशमा बस्ने नेपालीका लागि अझै रोचक हुने प्रतिक्रिया दिएका थिए ।
देव भुषालको निर्देशनमा बनेको यो चलचित्रमा भूवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल लगायतका कलाकारको मुख्य भूमिका छ । प्रेमराज दाहालको निर्माणमा यो चलचित्र बनेको हो ।

प्रतिक्रिया