Bisal Chautari Logo

‘प्रेम गीत ३’ अमेरिका पश्चात यूके र यूरोपमा प्रदर्शन

- ८ फाल्गुन २०७६, बिहीबार १६:०७ मा प्रकाशित


prem geet 3 – pradeep khadka
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ फाल्गुन ८ बिहिवार ।
अमेरिका पश्चात चलचित्र ‘प्रेम गीत–३’को यूके र यूरोपका लागि प्रदर्शन अधिकार बिक्री भएको छ । २३,५०० यूरोमा चलचित्रको प्रदर्शानाधिकार बेचिएको निर्माण पक्षले जानकारी दिएको छ ।

निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार यूके र युरोपका आठ देशका लागि इनाश चलचित्र प्रबद्र्धन समिति ग्लोबलका संयोजक मनिष श्रेष्ठ र इनाश यूरोप कोर्डिनेटर सन्तकुमार थापा मगरले २३,५०० यूरो (करिब ३० लाख रुपैयाँ)मा खरिद गरेका हुन् । चलचित्र नेपालसँगै अब चैत २८ गतेबाट यूके र यूरोपका आठ वटै देशमा रहेका दर्शकहरुमाझ ‘प्रेमगीत–३’ लाग्नेछ ।
निर्माता÷निर्देशक सेनले नेपालमा प्रचार–प्रसारको थलानीसँगै सम्पूर्ण देशमा एकसाथ प्रचार–प्रसारको थालनी गरिने बताएका छन् । केही दिन अगाडी मात्रै पनि ‘प्रेमगीत–३’को उत्तर अमेरिकाको प्रदर्शन अधिकार पनि ४५ हजार डलर (करिब ५० लाख रुपैयाँ) मा बेचिएको थियो ।
चलचित्र ‘प्रेम गीत–३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा क्षेत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, सुजल बस्नेत, राज थापा लगायतको मुख्य भूमिकामा छन् । चलचित्र चैत २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया