Bisal Chautari Logo

प्रताप दासको गीतमा अन्तर्राष्ट्रिय मोडल दीपक र मिनाक्षी (भिडियो सहित)

- १७ भाद्र २०७७, बुधबार १६:१८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र १७ बिहिबार । लोकप्रिय गायक प्रताप दासको स्वरमा नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सरोज पोखरेलद्वारा संगीतबद्ध ‘अञ्जानैमा…’ बोलको गीतको म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधवार साँझ सार्वजनिक गरिएको हो ।
सत्यराज चौलागाईंले उक्त गीत रचना गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् । यो रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।
भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित भैसकेका दीपक घिमिरे फिचर्ड छन् । उनलाई मोडल मिनाक्षी महताराले साथ दिएकी छिन् । भिडियोमा उनीहरुको जोडी पनि आकर्षक देखिएको छ ।

भिडियो हेर्नुहोस् :-

नितिन चन्दले यो म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् । सोफी सुनुवारको श्रृंगार रहेको यो भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने निशा श्रेष्ठले ड्रेस डिजाइन गरेकी छिन् ।

प्रतिक्रिया