Bisal Chautari Logo

वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर सार्वजनिक (भिडियो)

- १९ भाद्र २०७७, शुक्रबार ०७:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र १९ शुक्रबार । लामो समयदेखी कोरोना कहरले गर्दा फिल्म हलहरु प्राय सबै देशहरुमा ठप्प रहेको छ । नेपालमा पनि सबै हलहरु बन्द रहेका छन् । तर फिल्म हेर्ने दर्शकहरुका लागी बिकल्पमा वेव सिरिजहरु बन्दै गइरहेको छ । यस्तैमा नया वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

जेबिआर सनमको निर्देशनमा बनेको ‘इन्टो द ड्रिम्स’ वेव सिरिजमा स्कृनप्ले र डाइलगपनि निर्देशक जेबिआरकै रहेको छ । वेव सिरिजमा नयादेखी चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । मोड्लिङ तथा अभिनय क्षेत्रमा निकै लामो समयदेखी संर्घस गर्दै आइरहेका सञ्जय बि.क, आनन्द सिंह, अमोद भट्ट, किरण चन्द, चर्चित अभिनेता सरोज खनाल, राम बाबु रेग्मी, सरोज बखरेल, प्रवन भुषाल, मनोज भेट्वालको वेव सिरिजमा अभिनय रहेको छ ।

ट्रेलर हेर्नुहोस् :-

वेव सिरिजमा सुनिल बि.क र सरोज बखरेल प्रोड्युसर रहेका छन् । रेशम दर्लामीको सिनेमाटोग्राफी, बि ब्रोज टिमको सम्पादन रहेको छ । यस वेव सिरिजमा दिपेश सिंहको म्युजिक रहेको छ, भने गायक राज गुरुङ रहेको छन् ।
‘इन्टो द ड्रिम्स’ वेव सिरिज एक साङ्गीतक ब्याण्ड भित्रको कथा ट्रेलरमा देख्न सकिन्छ । यो वेव सिरिज ११ सेप्टेम्बरमा ओएसआर डिजिटलबाट सुरु हुनेछ ।

Bisalchautari TV

प्रतिक्रिया