Bisal Chautari Logo

राज खम्बु, मिस्टर आरजे र सुजाता वर्माको ‘मुना’ गीतमा नाजिर, स्वस्तिमा र रियाशा (भिडियो सहित)

- १९ भाद्र २०७७, शुक्रबार १५:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र १९ शुक्रबार । गायक राज खम्बु र गायिका सुजाता वर्माको आवाज र मिस्टर आरजेको ¥याप समावेश रहेको नया गीत ‘मुना’ सार्वजनिक भएको छ । गीतमा नवराज कुलाउनीको शब्द र राजेन्द्र भट्ट मिस्टर आरजेकै संगीत रहेको छ ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा स्वस्तिमा खड्का, नाजिर हुसैन र रियाशा दाहाल फिचर छन् । यी तिन चर्चित कलाकारहरु एकसाथ देखिदा म्युजिक भिडियो हेर्ने दर्शकहरुका लागी केही फरक स्वाद हुन सक्छ । पछिल्लो पुस्ताका रुचाइएका यी तीनै कलाकारको यो पहिलो सहकार्य हो ।

भिडियो हेर्नुहोस् :-

शान थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा कलाकारहरुको मोड्लिङसंगै अभिनयपनि डाइलग सहित हेर्न सकिन्छ । भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने अर्जुन तिवारी र टिमले खिचेका छन् । सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेको छन् ।

Bisalchautari TV

प्रतिक्रिया