Bisal Chautari Logo

जिबी चिरनको दमदार अभिनयमा ‘आमा’ गीत सार्वजनिक ( भिडियो सहित )

- १० आश्विन २०७७, शनिबार १३:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज १० शनिबार । ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ । बलराम विश्वकर्मा र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीतमा गरिबी र बेरोजगारीका कारण विदेशिनु पर्ने युवाहरुको व्यथालाई गायक स्वयम बलरामले नै शब्द तथा संगीत दिएका छन् । संयोग संयोजन तथा मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।
सार्वजनिक गीतको भाव अनुसार नै सिर्जन बरालले निर्देशन गरेको छन् । म्युजिक भिडियोमा पछिल्लो समयका ब्यस्त बन्दै गइरहेका कलाकार जिबी चिरन (चिरञ्जीबी सापकोटा)को दमदार अभिनय देख्न सकिन्छ । सापकोटाले वैदेशिक रोजगारीमा कति सम्मको पिडा भोग्नुपर्छ भन्ने यर्थाथलाई अभिनय मार्फत प्रस्तुत गर्न सफल भएका छन् । म्युजिक भिडियोमा चिरञ्जीबीको साथमा चर्चित कलाकार रश्मी भट्ट, समीक्षा पोखरेल र नेरिस्का स्थापितले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् :-

म्युजिक भिडियोको राजेश घिमिरेले छायांकन गरेका छन्, भने सम्पादन अमृत चापागाईले गरेका छन् ।

Bisalchautari TV

प्रतिक्रिया