Bisal Chautari Logo

बागलुङमा ३८ वटा अबैध बन्दुक बरामद

- १२ मंसिर २०७७, शुक्रबार ०७:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
बागलुङ , २०७७ मंसिर १२ शुक्रवार ।
 जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको विभिन्न स्थानबाट प्रहरीले ३८ थान अवैध भरुवा बन्दुक बरामद गरको छ । कात्तिक अन्तिम सातादेखि अवैद्य बन्दुक खोजी कार्यमा जुटेको प्रहरीले दुई हप्ताको अवधिमा ६ वटा वेसाबुतसहित ३८ बन्दु फेला पारेको पहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

प्रहरीले जिल्लाका विभिन्न इकाईमार्फत कात्र्तिक २८ गतेदेखि मंसिर ११ गतेसम्म अवैद्य बन्दुको खोजी कार्य गरेको थियो । बेसावुत अवस्थाका बन्दुबारे अनुसन्धान सुरु भएको भण्डारीले बताए ।

प्रहरीका अनुसार कात्र्तिक २८ गते बडिगाड–३ सिसाखानीबाट १, मंसिर ४ गते ताराखोला गाउँपालिका–४ नागबेलबिाट ४ नाल, सोही वडाको छेल्लरखोलाबाट ६ नाल र बगाले सिम ओढारबाट २ नाल गरी एक मुष्ट १२ नाल बन्दुक बरामद गरेको थियो ।

मंसिर ५ गते ताराखोला जुल्फे सामुदायिक वनबाट ४ नाल, अर्गल हर्पुखोलामा ४ नाल, मंसिर ११ गते ताराखोला गाउँपालिका–५ सिममा ८, हर्पुखोलामा ९ लाख बन्दुक फेला परेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया