Bisal Chautari Logo

नक्कली प्रहरी बनेर ठगी गर्ने पक्राउ

- १३ मंसिर २०७७, शनिबार ०५:२२ मा प्रकाशित


विशाल चौतारी समाचार
वीरेन्द्रनगर , २०७७ मंसिर १३ शनिवार ।
प्रहरी हुँ भन्दै ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।

वीरेन्द्रनगर-३ तातापानी बस्ने कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ कालीकोटका २८ वर्षीया विलबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली प्रहरी बनेर समुदायका नागरिकबाट रकम अशुल्ने र धम्काउने गरेको गोप्य सूचनाको आधारमा धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

धामीको साथबाट १२ हजार नगदसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका धामीले प्रारम्भिक बयानमा आफू वन रक्षक भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया