Bisal Chautari Logo

जगदम्बा स्टिलको फलाम गलाउने भट्टी बिस्फोट, चारजना मजदुर घाइते

- १३ मंसिर २०७७, शनिबार ०६:२० मा प्रकाशित


विशाल चौतारी समाचार
बारा , २०७७ मंसिर १३ शनिवार ।
 जिल्लामा रहेको जगदम्बा स्टिलको फलाम गलाउने भट्टीमा बिस्फोट हुँदा चारजना मजदुर घाइते भएका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका–२ मा रहेको कारखानाको फलाम गलाउने भट्टी शनिबार बिहान ठूलो आवाजसहित पड्किँदा त्यहाँ कार्यरत चारजना मजदुर घाइते भएको बारा प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था गम्भिर रहेको र विरगञ्ज नेशनल मेडिकल कलेजमा उपचार भईरहेको जनाईएको छ ।

प्रतिक्रिया