Bisal Chautari Logo

‘ब्रह्मास्त्र’ भारतमा बनेको अहिलेसम्मकै ठूलो चलचित्र भएको निर्माताको दाबी

- १४ मंसिर २०७७, आईतवार ०५:२२ मा प्रकाशित


मुम्बई , बलिउड हंगामा । अयान मुखर्जी निर्देशित ‘ब्रह्मास्त्र’ लामोसमयदेखि छायांकनमा छ । अभिनेता अमिताभ बच्चन, रणवीर कपूर र आलिया भट्ट अभिनीत चलचित्र यस वर्षको अन्तिम महिना रिलिज गर्ने घोषणा गरिएको थियो । यद्यपी कोरोना महामारीले यो अझै ढिलो हुने देखिएको छ ।

हालै चलचित्रको बजेटको खबरले यसलाई चर्चामा तानेको छ । खबरका अनुसार चलचित्र निर्माणमा अहिलेसम्म तीनसय करोडभन्दा धेरै खर्च भैसकेको छ । यस अर्थमा ‘ब्रह्मास्त्र’ अहिलेसम्मकै महंगो चलचित्र बनेको दाबी गरिएको छ । स्टार र डिज्नी इण्डियाका अध्यक्ष तथा यस चलचित्रका निर्माता उदय शंकरले चलचित्रको बजेटबारे भनेका छन्, “यो भारतमा बनेको अहिलेसम्मकै ठूलो चलचित्र हो ।” चलचित्रको बजेटमा ठ्याक्कै यति नै खर्च भैसकेको कुरा उल्लेख नगरे पनि उनले बजेट ३०० करोडभन्दा बढि खर्च भैसकेको उल्लेख गरेका छन् ।

यो चलचित्र सन् २०१८ देखि निर्माणमा थियो । यसले रियल लाइफ जोडी आलिया र रणबीरलाई पहिलो पटक पर्दामा ल्याउँदैछ । स्थिती सामान्य भएसँगै चलचित्र हलमा रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । यसका निर्माता उदयका अनुसार ‘ब्रह्मास्त्र’ जस्तो ठूलो बजेटको चलचित्र हलमा हेर्नका लागि नै बनेको हो ।

 

प्रतिक्रिया