Bisal Chautari Logo

कञ्चनपुरमा ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

- १४ मंसिर २०७७, आईतवार ०८:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
कैलाली , २०७७ मंसिर १४ आइतवार ।
  कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

बेदकोट नगरपालिका-१ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ भिमदत्त नगरपालिका अन्तर्गत रहेको झोलुङ्गे प्रहरी चौकीमा कार्यरत २४ वर्षीय राम बहादुर बिष्टको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार ट्रकको ठक्करबाट प्रहरी हवल्दार विष्टको घटना स्थलमै मृत्यु भएको हो ।

विष्टलाई ठक्कर दिन ट्रक र सो ट्रकका चालकलाई नियन्त्रणमा लिइएको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको थापाले बताए ।

प्रतिक्रिया