Bisal Chautari Logo

चिनियाँ रक्षामन्त्री जंगी अड्डामा : दुई एजेन्डामा छलफल हुने

- १४ मंसिर २०७७, आईतवार ०८:३५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १४ आइतवार ।
चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे नेपाली सेनाको हेड्क्वार्टर जङ्गी अड्डामा पुगेका छन् । आइतबार एकदिने औपचारी भ्रमणका लागी काठमाडौँ आएका चिनियाँ रक्षामन्त्री र प्रधान सेनापति पूर्णचन्द थापाबीच शिष्टाचार भेट हुँदैछ ।

वेई फेंग्हेलाई नेपाली सेनाको टुकडीले सम्मानगारत अर्पण गरेको छ । सम्मान गारतपछि प्रधानसेनापति र उनीबीच छोटो शिष्टाचार भेटवार्ता हुने सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।

प्रधानसेनापतिसँगको भेटवार्तासँगै फेंग्हेको डेलिगेशन टिम र नेपाली सेनाको टिमसँग सामुहिक छलफल हुनेछ । नेपाली सेनाले चिनियाँ रक्षामन्त्रीसँग दुईवटा एजेन्डामा छलफल गर्दैछ ।

कोभिड–१९ का कारण प्रभावित सैनिक अफिसरको तालिम कसरी सुचारु गर्ने र यसअघि चीनले घोषणा गरेको दुई अर्ब ४० करोडको सैन्य सहयोगबारे छलफल हुने भएको छ ।

नेपाली सेनाका अफिसरले चीनमा लिने सैन्य तालिम कोभिड–१९ का कारण रोकिएको थियो । ‘अभ्यास सगरमाथा फ्रेन्डसिप’ अन्तर्गत नेपाली र चिनियाँ सेनाले वर्षेनी गर्दै आएको संयुक्त सैन्य अभ्यास पनि स्थगित छ ।

पूर्वरक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा गत अक्टोवर र जुन ०१९ मा चीन भ्रमणमा जाँदा चिनियाँ सरकारले दुई अर्ब ४० करोड नेपाली रुपैयाँ बराबर आर्थिक सहयोगको घोषणा गरेको थियो ।

सेनाको विपद व्यवस्थापन क्षमता अभिवृद्धिको लागि दिने भनेको सो रकम चीनले दिन बाँकी छ । त्यसबारे नेपाली सेनाले छलफलको एजेन्डा बनाएको सैन्य प्रवक्ता पौडेलले रातोपाटीलाई बताए ।

 

प्रतिक्रिया