Bisal Chautari Logo

कोरोनाबाट विदेशमा थप ६ नेपालीको मृत्यु

- १४ मंसिर २०७७, आईतवार ०८:३९ मा प्रकाशित


विशाल चौतारी समाचार
कैलाली , २०७७ मंसिर १४ आइतवार ।
कोभिड–१९ (कोरोनाभाइरस) का कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ जना पुगेको छ ।
हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा १ जना र युकेमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार सााझसम्म  विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितमध्येको ९१  प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । तीमध्ये २ लाख ३० हजार ७ सय २३ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९२ दशमलव ५ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ४ सय ५४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया