Bisal Chautari Logo

कैलाश एयरको हेलिकप्टर चरासँग ठोक्कियो, नुवाकोटमा आकस्मिक अवतरण

- १४ मंसिर २०७७, आईतवार ०९:५९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १४ आइतवार ।
बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । बागमती प्रदेशका प्रहरी प्रमुख बसन्त लामाले हेलिकप्टर  चरासँग ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गरेको जानकारी दिए ।

चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको  लामाले बताए । हेलिकप्टरमा ६ जना सवार रहेपनि सबैजना सकुशल रहेका छन् । एकजनाको घुडामा सामान्य चोट लागेको जानकारी आएको लामाले बताए ।

प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको हो ।

प्रतिक्रिया