Bisal Chautari Logo

हिउँ परेर बाटो बन्द भएपछि ५ महिनाका लागि गाउँ बन्द

- २ माघ २०७७, शुक्रबार ०४:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
गुल्मी,२०७७   माघ २ शुक्रवार ।
हिमपातपछि हुम्लाको एक गाउँ लामो समयका लागि बन्द गरिएको छ ।  हुम्लाको नाम्खा गाउँपालिकाको लिमी गाउँ ५ महिनाका लागि बन्द भएको छ ।

लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपापका कारण बन्द भएको छ । गाउँमा प्रवेश गर्ने अन्य विकल्प नभएपछि पाँच महिनाका लागि बन्द गरिएको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

केही दिन अगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६०० मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको छ । यी दुवै बाटो अब आगामी जेठ महिनामा मात्रै खुल्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया