Bisal Chautari Logo

समिर र अन्जुको ‘झम्के माया’ गीत सार्वजनिक || राहुल र स्वस्तिमाको धमाकेदार नृत्य (भिडियो सहित)

- ९ माघ २०७७, शुक्रबार १३:३६ मा प्रकाशित


गायक समिर आचार्य र गायिका अन्जु पन्तको स्वरमा समावेश ‘झम्के माया’ बोलको रिलिज गरिएको छ । डान्सिङ नम्बरको यो गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत छ ।
गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल राहुल शाहको अभिनय छ । भिडियोमा नायिका स्वस्तिमा खड्काको नृत्य गज्जबको छ । गीत र भिडियोले दर्शकको मन जित्ने अपेक्षा गर्न सकिन्छ । भिडियोलाई राहुल शाहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा मनोज बस्नेतको लगानी छ । भिडियोमा पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया