Bisal Chautari Logo

के भन्दैछ कवीरको मन ? (भिडियो सहित)

- २ चैत्र २०७७, सोमबार १५:१६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ चैत्र २ सोमवार । पछिल्लो समय चलचित्रमा अभिनय गर्ने कलाकारहरु म्युजिक भिडियोमा पनि अत्याधिक देख्न थालिएको छ । यति भिडमा ‘लम्फु’ फेम नायक कवीर खड्का ‘भन्दैछ मन’ बोलको म्युजिक भिडियो मार्फत् दर्शकमाझ आएका छन् । प्रेम विछोडमा तड्पिएको चरित्र निर्वाह गरेका कवीरलाई भिडियोमा मिहारिका आचार्यले साथ दिएकी छन् ।
प्रसिद्ध चुडालको एकल गायन रहेको उक्त गीतको रचना पनि चुडालले विरोध बुर्लाकोटीसँगको सहकार्यमा लेखेका हुन् । नायिका सारा सिरपालीसँग फिल्म ‘गुन्जन’ मार्फत् आउन लागेका कवीरले आफु फिल्म अभिनयमा नै लक्ष्यित भएपनि ‘भन्दैछ मन’ गीत मन परेकोले खेलेको बताए । कवीरले भने, ‘गीतले बोकेको भाव र मर्मले मलाई पनि छोयो । गीतको भावलाई भिडियोमार्फत् अझ सुन्दर कथा भन्न सकिन्छ भन्ने लागेरै खेल्न उत्साहित भएको हुँ ।’
भिडियोलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । ‘अमेरिका ब्वाइज’ फिल्म निर्देशक प्रवेशको ‘भन्दैछ मन’ पहिलो म्युजिक भिडियो निर्देशन हो । चैत दोस्रो सातादेखि फिल्म ‘बिहे पास’ फ्लोरमा लैजान लागेका निर्देशक पौडेलले मेकरका लागि फिल्म निर्देशन गर्नु र भिडियो निर्देशन गर्नु दुवै सिर्जनात्मक अभिव्यक्ति नै भएकोले करिअरमा खासै फरक नपर्ने बताए । उनले म्युजिक भिडियोलाई पनि फगत टे«न्डिंगको लोभले मात्रै भन्दा पनि गीतको भाव अनुसार कथा भन्न सकेमा गीत संगीतप्रति न्याय हुने तर्क गरे ।
काठमाडौं आसपास छायांकन गरिएको भिडियोलाई आलोक शुक्लाले खिचेका हुन् । फिल्म छायांकार आलोकले पनि ‘भन्दैछ मन’ बाटै पहिलो पटक म्युजिक भिडियोमा काम गरेका हुन् । नविन निरौलाको सम्पादन रहेको भन्दैछ मन बोलको भिडियो शुक्रबार ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया