Bisal Chautari Logo

सिडी बिजय र प्रविशाको स्वरमा ‘दुरी मजबुरी २’को गीत रेकर्ड

- १० चैत्र २०७७, मंगलवार १२:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ चैत्र १०, मंगलवार । चर्चित गीत ‘दुरी मजबुरी’को सफल्तापछि ‘दुरी मजबुरी २’ बन्ने भएको छ । चर्चित गायक सिडी बिजय अधिकारी र चर्चित गायिका प्रविशा अधिकारीले गीत रेकर्ड गरिसकेका छन् । केही दिन अगाडी रेकर्ड भएको गीतमा गायक स्वयम सिडीकै शब्द तथा संगीत रहेको छ । यस गीतलाई अबिषेक निरौलाले एरेञ्ज गरेका छन् ।
शिखर फिल्मस्बाट निर्माण भइरहेको यस गीतको भिडियोलाई दुरी मजबुरीकै निर्देशक उत्तम श्रेष्ठ शिशिरले निर्देशन गर्नेछन् । शिखर फिल्मस्का निर्माण नियन्त्रक दिपक गजुरेलका अनुसार गीतको काम भइरहेको र चाडै भिडियोको तयारीमा पनि लाग्ने बताए । ‘दुरी मजबुरी २’मा कलाकार भने फाइनल भइनसकेको निर्देशक उत्तमले बताए । उत्तमले भने ‘हामिले यस गीतमा निकै मेहेनत गरिरहेका छौ, स्टोरीको काम भइरहेको छ ।’ यो गीत शिखर फिल्मस् युट्युव च्यानलबाट आउदैछ ।
एनेक्समक्स म्युजिक नामक म्युजिक प्रोडक्सन टिमद्धरा सिर्जित बिश्वभरीनै चर्चित ट्युनमा बनेको गीत ‘दुरी मजबुरी’ ३२ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द तथा संगीत सिर्जना गरेर गायिका प्रबिशा अधिकारीसंग गाएका थिए ।
‘दुरी मजबुरी’ गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ र नव मोडल अशु न्यौपाने फिचर्ड थिए । फिमेल भर्सनमा गीत पनि आउन बाकि नै छ ।

प्रतिक्रिया