Bisal Chautari Logo

भ्वाइस अफ नेपाल ३ बाट बाहिरिएका गायक इशान राईको ‘यो दिलमा’ गीत सार्वजनिक (भिडियो सहित)

- ८ असार २०७८, मंगलवार १४:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ अषाढ ८, मंगलवार । द भ्वाइस अफ नेपाल सिजन ३को नकआउटबाट बाहिरिएका गायक इशान राई नया गीतहरु ल्याउनमा ब्यास्त छन् । यस्तै क्रममा गायक इशानको ‘यो दिलमा’ बोलको गीत सार्वजनिक भएको छ । विशाल चौतारी टिभी युट्युव च्यालनबाट अफिसियल गीत सार्वजनिक गरिएको छ ।

‘यो दिलमा’ बोलको गीतमा वर्षा राईको शब्द रहेको छ, भने चर्चित एरेञ्जर महाराज थापाको संगीत तथा एरेञ्ज रहेको छ । यस गीतलाई गायक इशानले स्वर दिएका छन् ।
चर्चित गायक राजेश पायल राईले भ्वाइसपछि अफिसियल गीत ल्याइदिएपछि इशानको अझ बढी चर्चा चुलिएको हो । इशान ‘धरानकी सान्ननी’ गीतको सफल्तापछि ‘यो दिलमा’ गीतबाटपनि सफल्ताको खोजीमा रहेका छन् । यो गीतको भिडियोमा सिनेमाटोग्राफी र सम्पादन बिशाल राईले गरेका छन् ।

गीतको अफिसियल भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया