Bisal Chautari Logo

अभिनेता पल शाहकै गृह जिल्ला दाङमा छायांकन भएको थारु गीत ‘ओ सजन’ सार्वजनिक (भिडियो सहित)

- ८ आश्विन २०७८, शुक्रबार ०४:५९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ अशोज, ८ शुक्रबार । चर्चित गायक नरेश जोगी र चर्चित गायिका अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ बोलको गीत सार्वजनिक भएको छ । पिके फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक स्वयम नरेशको शब्द तथा संगीत रहेको छ । यस गीतलाई गनेश चौधरीले एरेञ्ज गरेका छन् ।

भिडियो हेर्नुहोस् :-

यस म्युजिक भिडियोमा रियल हिरो अभिनेता पल शाह र कविता राय फिचर्ड छन् । पल र कवितासंगै कृष्ण जोशीको पनि अभिनय भिडियोमा देख्न सकिन्छ । थारु भाषाको ‘ओ सजन’ गीतको म्युजिक भिडियोमा पलले थारु भाषामा संवादपनि बोलेका छन् । विभिन्न भाषा, भेषभुषाको कामबाट दर्शकलाई म्युजिक भिडियोमा जोडिरहेका पलले फेरी आफ्ना दर्शकलाई फरक टेस्ट दिएका छन् । यस गीतको भिडियोको बारेका बोल्दै पलले भने ‘मलाई नेपालको सबै जातिको भाषा र भेषभुषामा काम गर्ने मन छ ।’
बिक्रम चौहानले निर्देशन तथा कोरियोग्राफ गरेको म्युजिक भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ । म्युजिक भिडियोमा पल र कविताको जोडी पनि जमेको छ । यो म्युजिक भिडियोको छायांकन अभिनेता पल शाहकै गृह जिल्ला दाङमा भएको थियो । यस म्युजिक भिडियोमा अर्जुन तिवारीको टिमको सिनेमाटोग्राफी रहेको छ । सम्पादन र कलर मिलन बिश्वकर्माको रहेको छ ।

प्रतिक्रिया