Bisal Chautari Logo

प्रताप र एलिनाको ‘हानिकारक माया’ मा पुष्प, योगेश र अनु

- २० असार २०७९, सोमबार २०:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ २०, सोमवार ।
अमेरिकामा रहँदै आएका गीतकार, संगीतकार तथा गायक कृष्ण केसीले सार्वजनिक गरेको ‘डाँडाघरे साइली’ बोलको गीतले हंगामा नै मच्चायो । आफ्नो मन युट्युब च्यानलबाट सार्वजनिक यो गीतसँगै ‘लुम्ले काँडामा, जाले रुमाल, पाउडर किरिममा, भिटामिन यू’ लगायतका गीतले दर्शकको मन जितेका छन् ।

उनै, कृष्णले आफ्नै शब्द तथा संगीतमा ‘हानिकारक माया’ सार्वजनिक गरेका छन् । यो गीतमा प्रताप दास र एलिना चौहानको स्वर छ । भिडियोमा प्रताप र एलिनाले पनि अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशक तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा पुष्प खड्का, योगेश काजी, अनु पराजुली, प्रताप दास र एलिना चौहानको अभिनय छ ।
भिडियोमा करण चैसरको छायांकन, प्रविण भट्टको सम्पादन छ । भिडियो र गीतले सार्वजनिक भएको केही दिनमै दर्शकको माया पाइसकेको छ ।

प्रतिक्रिया