Bisal Chautari Logo

‘माइकल अधिकारी’को गीत सार्वजनिक || सौगात र सृष्टिको ‘छुकछुक रेलगाडी’मा डान्स

- २३ श्रावण २०७९, सोमबार २१:४९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन २३, सोमबार ।
ट्रेलर रिलिजपछि मिश्रित प्रतिकृया पाइरहेको चलचित्र ‘माइकल अधिकारी’को नयाँ गीत ‘छुकछुक रेलगाडी’ सार्वजनिक भएको छ । भदौ ३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको यो गीतमा रेवन सिंहको संगीत रहेको छ । गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वर समावेश गीतलाई शैलेश कँडेलले लेखेका हुन् ।

चलचित्रका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ गीतमा फिचर्ड छन् । कमल राईको नृत्य निर्देशन रहेको गीतलाई इलामसहित पूर्वी नेपाली क्षेत्रमा छायांकन गरिएको हो । पैसाका लागि मातृत्व सुम्पने सरोगेसी कथावस्तुमा आधारित फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् । गोपीकृष्ण मुभिजको ब्यानरमा नीरक पौडेलले निर्माण गरेको चलचित्रमा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी लगायतको अभिनय छ ।

प्रतिक्रिया