Bisal Chautari Logo

नेपालमै खिचिएको ‘उचाईले नेपालमा कस्तो व्यापार गर्दैछ ?

- २७ कार्तिक २०७९, आईतवार २३:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ कात्तिक २७ आइतबार ।
बलिउड फिल्म ‘उचाई’ शुक्रबारदेखि नेपालमा रिलिज भयो । बिहिबारसम्म पनि यो फिल्म नेपाल आउँछ या आउँदैन भन्ने दोधार थियो । नेपालमा नाम चलेका वितरण कम्पनीहरुले यो फिल्मप्रति इच्छा जनाएनन् । विशेषगरि, भारतका पाका ४ कलाकारले अभिनय गरेका कारण पनि नेपाली वितरकले यो फिल्म किन्न इच्छा नदेखाएका हुन् । नेपालमा नै खिचिएको र नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने यो फिल्मलाई पनि नेपाली वितरकले घाटा र नाफाको व्यापारमा तुलाना गरे ।

तर, यो फिल्मलाई अन्तिम अवस्थामा ट्राभलर्स क्रिउ फिल्मस्ले नेपालमा वितरण गर्यो । यो फिल्मले शुक्रबारबाट नै नेपालमा आक्रामक व्यापार गरिरहेको छ । मल्टिप्लेक्समा फिल्मको व्यापार सुखद देखिएको छ । आज शनिबार यो फिल्मप्रति दर्शकको आकर्षण झनै बढेको देखिन्छ । आज यो फिल्मका दिउँसो र बेलुकाका शोजहरुमा टिकट पाउन नै मुश्किल देखिएको छ ।

सुरज बड्जात्याको निर्देशनमा तयार भएको यो फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । फिल्म हेर्न दर्शक हलमा आएपछि भोलीका लागि क्यूएफएक्सले शोजमा भारी बृद्धि समेत गरेको छ । यो फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने पक्का छ । सगरमाथालाई शक्ति र उर्जाको रुपमा प्रस्तुत गरेको फिल्मले नेपालीको मन छुन्छ ।

प्रतिक्रिया