Bisal Chautari Logo

‘तिम्रो मेरो साथ’को गीतमा बोल्ड साम्राज्ञीको बबाल डान्स

- २२ मंसिर २०७९, बिहीबार २१:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ मंसिर २२ बिहिबार ।
३ बर्षपछि चलचित्र ‘तिम्रो मेरो साथ’बाट दर्शकमाझ आउन लागेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बोल्ड अवतारमा बबाल डान्स समावेश गीत सार्वजनिक गरिएको छ । यो चलचित्रमा साम्राज्ञीको जोडीको रुपमा नायक पुष्प खड्का र कलाकार सन्दीप क्षेत्रीले अभिनय गरेका छन् ।

चलचित्र ‘तिम्रो मेरो साथ’ पौषको २९ गतेबाट रिलिज हुँदैछ । रिलिजको लागि एक महिना बाँकी रहँदा निर्माणपक्षले प्रचारलाई तिब्रता दिएको छ । यसैबिच, चलचित्रमा समावेश ‘जोश छ जवानीको’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा योगेश काजी र सारिका घिमिरेको स्वर, रमेश एमके पौडेलको शब्द र योगेशकै संगीत छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोलाई शिव ढकालले खिचेका हुन् । सविर श्रेष्ठ कार्यकारी निर्माता तथा लेखक रहेको चलचित्रलाई रमेश एम के पौडेलले निर्माण तथा लेखन गरेका हुन् । चलचित्रमा नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार सन्दिप क्षेत्रीको मुख्य भूमिका छ । सार्वजनिक गीतको भिडियोमा साम्राज्ञीले गज्जबको डान्स गरेकी छिन् । चलचित्रमा पासाङ लामा, आर्यन पौडेल र अर्नव पौडेलको लगानी छ । सविर श्रेष्ठ र बाबुराम निरौलाले मिलेर लेखेको चलचित्रको कथा ट्रेलर सार्वजनिक भएपछि अझै बिस्तारमा खुल्ने अपेक्षा गर्न सकिन्छ । भूपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा सुवास भुषाल र योगेश काजीको संगीत रहेको छ ।

प्रतिक्रिया