Bisal Chautari Logo

अमेजन प्राइमको ‘म्युजिक वेव सिरिज’मा अदिती बुढाथोकी

- १३ जेष्ठ २०८०, शनिबार १२:११ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० जेठ १३, शनिवार ।
अभिनेत्री अदिती बुढाथोकी नेपालसंगै भारतमा आफ्नो अभिनय यात्रामा सकृय रहेकी छिन् । दोस्रो फिल्म ‘बाबरी’पछि अहिले भारतमै रहेकी अदितीले म्युजिक भिडियोसंगै वेव सिरिजहरुमा ब्यस्त भइरहेकी छिन् ।

यस्तैमा म्युजिक वेव सिरिज सिजन १ मा अदिती मुख्य अभिनेत्रीको रुपमा काम गरिरहेकी छिन् । नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेव सिरिज’मा अदितीले सिजन १ देखी सिजन ३ सम्म कामगर्ने भएकी छिन् । अमेजन प्राइमबाट रिलिज हुने वेव सिरिजको सिनेमाटोग्राफर बिनोद प्रधान रहेका छन् । अदिती अहिले यहि वेव सिरिजको सुटिङमा ब्यास्त भइरहेकी छिन् । यति धेरै काममा व्यस्त भइरहेपनि अदिती विभिन्न प्रचारवाजिबाट भने टाढा छिन् ।

यता नेपालमा भने अदितीको होम प्रोडक्सन बाबरी प्रोडक्सनबाट नयाँ फिल्मको निर्माणको तयारी पनि तिव्र रुपमा भइरहेको छ । ‘बाबरी’ रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ अनटाइटल चलचित्रको घोषणा गरेकी थिइन् । सो अनटाइटल चलचित्रमा मुख्य कलाकारको रुपमा ‘बाबरी’कै कलाकारहरु धिरज र अदिति फाइनल भएका थिए । अनटाइटल चलचित्रको घोषणापनि धीरज र अदितीकै क्रेजलाई लिएर गरिएको थियो ।

प्रतिक्रिया