अलाइभ ग्लाइडर : जन्म ,जीबन र सघर्षमय यात्रा अनी ०७२।१।१२ गते १२ बजे को भूकम्प

Alive Glider earthquake article

अलाइभ ग्लाइडर : (सिटिभी मोबाइलका प्रबन्ध निर्देशक )
गन्तब्या काहाँ टुंगिने हो थाहाँ छैन तर बाँचे मात्र पनि यात्रा मा पाईला चाले बाटो मा धेरै चीज़ देख्न पाईने रहेछ।कति नौलो कति अनौठो र धेरै संग भेटीने र छुटीने रहेछ।जीबन यात्रा को क्रम मा दु:ख लाई पन्छाऊदै हाँसो ,खुसी बटुल्दै हिड्नु खोज्छौ ।

Alive Glider earthquake article
तर यात्रा काहा टुंगीन्छ कसैलाई थाहा छैन। तै पनि लोभ ,मोह, अहम् क्रोध या समस्या संगै छट्पतिमा भौतारिदै दौडी रहेको हुदो हरेक मान्छे को जीन्दगी । यात्रा अविरल हुन्छन् प्रयास प्रत्येक पाईलामा हन्छन् रहेछ । तै पनि भेट्नु छुट्नु र जन्मनु मर्नु यो प्रकृति को नियमनै रहेछ । कस्को यात्रा काहा टुंगीन्छ थाहै नहुदो रहेछ ।
आज यो घड़ीमा यो माहाँ भूकम्पले हाम्रो धेरै धन,जन, मठ, मन्दिर र एेतिहसीक सम्पदा ध्वस्त वाँ क्षती भएको छ। आफ्ना र आफन्त गुमाऊनु परेको छ,अहिले देश दु:खद घड़ीमा छ, देश शोक मा छ । नेपाल मातृभूमि माता नै रोई रहेको छ। मानबता भएका सबै आम नेपाली ,बिदेशी हरु सोकमा रोई रहेका छन् । कर्म योगी हात हरुले सहयोग को भिख थापी रहेका छन् ।
मैले कै गर्न नसके पनि
यी आम नेपली को माया ममताको लागी मन,धन ,बचन र सयोगी हात हरू ,संकलन र बितरण गर्ने सबै लाई हृदय देखिनै धन्याबाद दिन चाहान्छु ।
जीबन यात्राको क्रममा
हरेक मृतक ले केहीन केही सपना बोकेर यात्रा गरी रहेको अनि भोलीको आसामा बाँची रहका थिए होलान् ती सपना र अंधुरो अपुरो –
यात्रा मा जीबन संघर्ष भै बैसाष १२ गते ११,५७ सम्मन लाई रहे र त्यही पुगेर टुंगीए ।
मृतक सरीर ले पिडा पाएनि आत्मा ले शान्ती पाऊन आज १३ औं दिन को पुण्या तिथिमा भगवान संग प्रार्थना गर्दै हार्दिक श्रद्धानजली अर्पण गर्दछु ।
हुनत
कति हामी लाई यो अनुभुती भूकम्प को पिंडा बाट भर्खर थाहा हुदैछ होला ।
माफ़ गर्नुस् हामी सबैमा दु:ख दर्द छ ।

यो घडी मा सबै पिडीत आम नेपाली दाजु,भाई आमा,बुबा ,दिदी , बहिनी हरुमा भगवाले सान्त्वना र धैर्या धारण को शक्ति प्रदान गरून ।
सोच्दा दु:ख दर्द छ त्यै पनि थोरै भाग्या मानि पनि ठानौ ।
तपाई हामीले बाचेर राहत,सान्त्वना र positive आश्वासन पाएको छौं।
जे छ जे भयो यो सबै समय र प्रकृति को खेल अनि हाम्रो जन्म को छैतौ को लेखन्त सोचौ ।
न मेट्न सक्छौ न छेक्न सक्छौ । जे हुनु छ त्यो भएरै छाड्छ रहेछ मन सान्तिको लागी मात्र यो ….त्यो ….
हाम्रो बास्तबिक जीबन लाई नियालेर हेर्ने हो भने
याहाँ माहा भूकम्प नै नगई सिंगो बिश्व ,संसारको ७५% मानब हरुले न राहत न सान्तना जीबनमा ९ रेक्टर को भुईकम्प को तनाव भन्दा माथि को तनाव जो कसैले पनि सहेर बाच्नु परेको अबस्था छ ।
सबै मानब हरु मा क़ुनै न कुनै कुरा बाट यो अनु भुति गर्नै पर्छ र हुन्छ केबल माहा भुकम्प बाट मात्र हैन ।
हुनत भर्खरै बितेका १० बर्से जनयुध्द काल मा यो भन्दा धेरै मान्छे टड्पी टड्पी मरेकाछन् र धेरै पीड़ित हरु छन् । जो कसैले त्यो पीड़ा बुझेर बुझ्न सक्दैन ।
लाग्छ १० बर्ष को युध्द कालिन अबस्था मा धेरैले जीबन दान गरेको छ शहीद भएका छन् भौतिक सम्ररचना ध्वस्त भएको थियो।
त्यै पनि पुर्ण निर्माण र नयाँ नेपाल देख्न पाईएन अब लाग्छ देश ले नयाँ अनुहार फेर्ने छ ।
नेपाल सुध्ढ जलस्रोत,जड़ि बुट्टी र प्रकृतिको न्याचुरल सुन्दरता ले धनी मानिने देश अब बिश्व सामु राम्रो र अरु बिकसित देश संग compeer गर्न सकिएला किनकी जुन किसिम को स्वदेश र बिदेसी सहयोग छ त्यो सहि तरीक़ा बाट सदुपयोग भयों भने । भन्नै पर्दा बिश्व सामु नेपाल देश लाई सजिलै चिनाउन सकिएला ।
किनकी अस्ती मलाई एऊटा मेरो साउथ अमेरिकन साथिले chhat मा सोध्यों नेपाल भन्ने देश पनि छ । म एक छिने छक्क परे सोचे र मैले सजिलै संग उत्तर दिन सिके जाहाँ भर्खर 7.8 रेक्टर को भूकम्प गायकों देश ऊस्ले त्यो भन्न साथ बुझे oh nepal ,
हुनत लाग्छ यो भूकम्प त्यति निर्दयी चाही होईन बार ,समय , महिना को हिसाबले जुन हुनु पर्ने क्षति हो त्यस्को २५% मात्र मानब क्षति भएको छ चाड पर्ब वाँ रात बिच भएको थियो भने ३० हज़ार भन्दा माथि मान्छे को ज्यान जान सक्थ्यो ।
आज समस्या र पीड़ा
जाहाँ कोई कसैले त्यो पिडा हेर्नेहो भने हरेक दिन हरेक मान्छे मा आपत्ति बिपत्ती आई परेकै हन्छन् ।
कोही ले खान,लाऊन पाको छैन कसैले बस्नु सुत्नु पाको छैन कसैले अौषधी उपचार नपाई जीबन गुमाऊनु परेको छ ।
कसैले आफ्नो परिवार को खुसी र उज्जवल भबिष्याको सपना को जालों बुनेर बिदेशी भुमिमा रंगत पसिना बगाई रहदा कोही कसैले त ज्यानै गुमाऊनु परेको छ ।
हरेक मानब मात्र नभई जीबीत प्रणी को आ-आफ्नै किसीमको कथा , ब्याथा ,पिडा ,दु:ख र दर्द छ काहाली लाग्दो समस्या हरु छन् ।
मलाई लाग्छ …
तेसै संग लड़ाई गर्दै समस्या,पिडा ,दर्द र छट्पति भित्र बाच्नु सिके यो नै सर्बोउत्कृष्ट ,चेतनशिल प्राणी ,सभ्य ,असल ,सफल ,माहान मानबको जीबन हो ।
किनकी यो महसूस हुनुनै मानब चेतनाको कारण रहेछ ।
र अर्कों कुरा यो भूकम्प ले मानब हरुलाई जन चेतना लागी आएको थियो र हो भन्ने बुझ्नु ज़रूरत छ यो भूकम्प बाट केहि राम्रा कुरा सिकौ र शिक्षा लिऔ ।
“आख़िर के लिएर आयौं र के लिएर नै जान्छौ
खाली हात नै आएका हौं र ख़ाली हात नै जानु पर्ने रहेछ ”
त्येसैले अब हामी लोभ , मोह , क्रोध , अहम्ता ,ईर्ष्या त्यागी आफु बाचौ र अरुलाई बचाअौ सत्रुको पनि भलो सोचौ सेवा गरौं अनुशासित सभ्या मानब भएर बाँचौ । जयनेपल

THIS ARTICLE YOUR COMMENT HERE