logo

नेपालमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु

- २७ असार २०७७, शनिबार १७:०२ मा प्रकाशित

http://v-nep.org/classroom/structure-phd-thesis/04/ https://chanelmovingforward.com/stories/writing-compare-and-contrast-essays/51/ https://zacharyelementary.org/presentation/case-study-format-dled/30/ writing prompts examples source site mountains primary homework help acheter viagra pharmacie quebec master thesis project plan go site pa admission essay go apcalis kamagra oral jelly creative writer for hire how to buy a research paper aqa gcse english language coursework mark scheme source site sample essay for primary school enter order viagra or cialis online essay experiments on animal dissertation writing services mumbai go to site dutch marketing thesis award facebook enter site apa bibliography sample how to write a thesis statement and outline https://chanelmovingforward.com/stories/lpn-resume-help/51/ writing assignment part 3 penn foster enter gandhi jayanti essay compare and contrast essays thesis examples https://nebraskaortho.com/docmed/medical-viagra-tablets/73/ विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ २७ शनिवार । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई जनाको पाटन अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष १६ असारमा पाटन अस्पतालमा भर्ना भएका थिए । मिर्गौला रोगका विरामी उनी फोक्सोमा पानी जमेपछि अस्पताल पुगेका थिए ।
अस्पतालमा भर्ना भएको भोलिपल्ट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा २६ गते निधन भएको छ ।
पाटन अस्पतालमा नै सिन्धुपाल्चोक, पाँचपोखरी-६ का ४५ वर्षीय पुरुषको पनि निधन भएको छ । उनी क्षयरोगको उपचारका लागि १८ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा गरिएको परीक्षणमा २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो र २५ गते उनको निधन भएको छ ।
यस्तै केएमसी अस्पताल, सिनामंगलमा निधन भएका गोकर्णेश्वर(४ का ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मिर्गौला रोगका विरामी उनलाई श्वास प्रश्वासमा समेत समस्या भएपछि १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर आईसीयूमा बेड नभएपछि केएमसी रिफर गरिएको थियो । उनको २१ गते नै स्वाब संकलन गरिएको थियो ।
तर रिपोर्ट नआउँदै २५ गते मृत्यु भयो । त्यसको भोलिपल्ट कोरोना संक्रमण रहेको रिपोर्ट आएको अस्पतालका निर्देशक मुकुन्दराज जोशीले जानकारी दिए ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १६ हजार ७१९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ८ हजार ४४२ जना निको भइसकेका छन् ।

प्रतिक्रिया