logo

शताब्दी पुरुष सत्यमोहनबाट डीपीको पुस्तक ‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिजपारी’ सार्वजनिक (भिडियो सहित)

- २१ फाल्गुन २०७७, शुक्रबार १५:०० मा प्रकाशित

college essays about myself https://academicminute.org/paraphrasing/and-contrast-essay-research-paper/3/ do u have to take propecia after hair transplant https://norfolkspca.com/medservice/how-to-pitch-a-vc-aka-startup-viagra/14/ here grade essay rubrics how to write descriptive essay pdf dissertation project on advertising go here how do you mass delete emails on iphone 7 migliore farmacia online per viagra https://scottsdaleartschool.org/checker/acknowledgements-thesis-god/33/ https://kirstieennisfoundation.com/dysfunction/imetys-ja-flagyl-uses/35/ follow url lifestyle canada head office synthesis paper example leadership and innovation dissertation source site sildenafil base solubility que consecuencias trae el consumo de viagra https://behavior.org/typer/writing-a-good-history-paper/31/ is womens viagra available top college essay proofreading websites ca see url custom essay meister coupon how do i change my printer ip address on my computer introduce of essay https://teamwomenmn.org/formatting/style-analysis-essay-catcher-in-the-rye/23/ here enter site https://plastic-pollution.org/trialrx/health-risks-of-taking-viagra/31/ https://chanelmovingforward.com/stories/cheap-papers/51/ विशाल चौतारी समाचार
काठमाडौं, २०७७ फागुन २१ शुक्रवार । कवि तथा गीतकार डी पी दाहाल परिश्रमीको पुस्तक ‘अन्तर्मनका सुसेली’ र म्युजिक भिडियो ‘क्षितिजपारी’ सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमका बिच पुस्तक र भिडियो एकसाथ सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी, बिशिष्ट अतिथि, वरिष्ट संगीतकार शम्भुजीत बास्कोटा लगायतले २ कृतिलाई सार्वजनिक गरेका थिए ।

२ कृति सार्वजनिक पछि प्रमुख अतिथि सत्यमोहन जोशीले कवि तथा गीतकार दाहाल लगायत भिडियोको टिमलाई बधाई दिए । म्युजिक भिडियोको तारिफ गर्दै जोशीले राम्रो भिडियो निर्देशन र कलाकारहरुको अभिनयले जिवनदान दिने काम भएको बताए । जोशीले पुस्तक ‘अन्तर्मनका सुसेली’को पनि तारिफ गर्दै यस पुस्तकको बारेमा लामो ब्यख्या गरेका थिए ।

त्यस्तै बिशिष्ट अतिथि शम्भुजीत बास्कोटाले पनि २ कृतिका लागी कवी तथा गीतकार डी पी दाहाल परिश्रमीलाई बधाई दिए । क्षितिजपारी गीतको म्युजिक भिडियो राम्रो लागेको बताउदै कलाकार र निर्देशकलाई बधाई दिए । म्युजिक भिडियोमा प्रस्तुत भएको ड्रामाले अझ राम्रो बनेको बास्कोटाले बताए ।

कार्यक्रममा कवि तथा गीतकार डी पी दाहाल परिश्रमीले आफ्नो धेरै पेषा भएपनि गीत, संगीत बिधाले आफुलाई जागाइरने र बचाइरहने काम गरेको बताए । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि लागायतलाई सम्मानपनि गरिएको थियो ।
चर्चित गायक प्रताप दास र चर्चित गायिका रचना रिमालले गाएको ‘क्षितिजपारी’ बोलको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । गीतमा डी पी दाहालको शब्द रहेको छ । यस म्युजिक भिडियो उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेका छन् । चर्चित मोडल सुधिर श्रेष्ठ र मोडल अशु न्यौपानेले अभिनय गरेको म्युजिक भिडियामा कामको तारिफ धेरै पाएका छन् । निकै अब्बल अभिनय र निर्देशनले गीतको म्युजिक भिडियो फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । यस भिडियोलाई चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र हुमागाई शर्माले खिचेका छन्, भने अमृत चापागाईले सम्पादन गरेका छन् । यो गीत डिलाइटेड युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया