Bisal Chautari Logo

‘नाईं नभन्नू ल ५’को ट्रेलर सार्वजनिक || अनुभव र सेड्रिनाको यस्तो देखियो प्रेम (ट्रेलर हेर्नुस्)

- २७ असार २०७५, बुधबार ०७:०४ मा प्रकाशित


Nai Nabhannu La 5 Movie Trailer
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ २७, बुधबार । सुपरहिट सिरिज ‘नाईं नभन्नू ल ५’ को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा विकासराज आचार्यको लेखन, निर्माण तथा निर्देशन रहेको छ । फिल्मको ट्रेलर आकर्षक बनेको प्रतिक्रिया मंगलबार गरिएको प्रेसमिटमा मिल्यो ।
सार्वजनिक ट्रेलरमा बाल अभिनेता अनुभव रेग्मी र डेब्यु बाल अभिनेत्री सेड्रिना शर्माको प्रेमकथालाई प्राथमिकतामा राखिएको छ । सँगै अभिनेत्री प्रियंका कार्की, स्वस्तिामा खड्का, नव नायक अभिषेक नेपाल, अभिनेत्री केकी अधिकारी प्रोमोमा प्रस्तुत छन् । त्यस्तै अभिनेता दीलिप रायामाझी र अभिनेत्री निरुता सिंहको पनि केही झलक प्रोमोमा समावेश छ । अघिल्ला सिरिज जस्तै ‘नाईं नभन्नू ल ५’ को प्रोमोमा पनि माया, प्रेम, हाँसो, आँसु, विछोड र हल्का कमेडी राखिएको छ ।
बसन्त सापकोटाको संगीत रहेको ‘नाईं नभन्नू ल ५’ मा पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ । कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । फिल्म लेखनमा निर्देशक आचार्य र सामिप्यराज तिमल्सेनाले सहकार्य गरेका छन् ।
कार्यकारी निर्माताको रुपमा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल छन् । यस्तै निर्माताको रुपमा हरिवोल गजुरेल अनि गौरी राज जोशी छन् ।
ट्रेलर हेर्नुस् :-

प्रतिक्रिया